लक्ष्मण बस्नेत
तुलसीपुर, १६ असोज । दाङ तुलसीपुरको टरिगाउँमा जारी जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको खुला फुटबल प्रतियोगिता २०७८को उपाधी ईनोभेटिभ ज्ञानज्योति तुलसीपुरले जितेको छ ।
टरिगाउ युवा क्लब तुलसीपुर १२ को आयोजनामा संचालित प्रतियोगिताको शनिवार सम्पन्न फाईनल खेलमा युनाईटेड युथ क्लब तुलसीपुरलाई सुन्यका विरुद्ध ५ गोलको फराकिलो अन्तरले पराजित गर्दै ज्ञानज्योतीले उपाधी जितेको हो ।
उपाधीसंगै उसले नगद एक लाख पन्ध्र हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्यो । फाईनलमा पराजय ब्यहोरेको युनाईटेड उपबिजेतामा सिमित रहदै नगद ५० हजारमा चित्त बुझाउन बाध्य भयो ।उल्लेख्य दर्शक भरिएको टरिगाउ खेल मैदानमा भएको खेलमा जर्सी न १९ का बिनोद केसीले दुई गोल गरे ।
त्यस्तै जर्सी न १० का निशान डागी र किरण योगीले एक र एक गोल गरे । स्थानीयस्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीको पहिचान तथा बिकासमा टेवा पुर्याउने उदेश्यकासाथ आयोजना गरिएको प्रतियोगिताको आयोजना गरिएको थियो ।
प्रतियोगिताको समापन समारोह क्लबका अध्यक्ष अबिन रजौरेको अध्यक्षता तथा दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो ।
त्यसअबसरमा बिजेता, उपबिजेता र सेमिफाइनल खेलबाट बहिरिएका टिम तथा उत्कृष्ट खेल प्रदर्शन गर्ने, ज्ञानज्योती क्लबका निशान डागी बेस्ट प्लेयर खेलाडी, बेस्ट स्कोरर बिनोद केसी, बेस्ट किप्पर प्रतीक रसाईली, बेस्ट डिफेन्स बिजयसिंह ठकुरीलाई कार्यक्रमका प्रमुख अतिथी, अतिथीलगाएतले नगद सात हजार पाँच सय पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए । प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो ।