दाङ,९ चैत । घोराहीमा रहेको नमूना टिउ्सन सेन्टरले लोकसेवा आयोगले लिएको सवओभरसियर परिक्षामा नाम निकाल्न सफल विद्यार्थीहरुलाई विदाई गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १५ काठेकोहलमा रहेको टिउ्सन सेन्टरले आइतवार एक कार्यक्रमको आयोजना पास भएका विद्यार्थीहरुलाई बधाई ज्ञापनसँगै विदाई गरेको हो ।
लोकसेवा आयोगको लिखित तथा मौखिम परिक्षामा नाम निकाल्न सफल टिउ्सन सेन्टरमा अध्ययनरत एकै व्याजका आठ जना विद्यार्थीहरुलाई सञ्चालक युवराज पौडेलले अविर टिकासँगै खादा लगाएर सम्मान गर्नुभएको थियो । पौडेलले सम्मानसँगै उज्जल भविष्यको कामना गर्नुभएको थियो ।

टिउ्सन सेन्टरले लोकसेवा आयोगको तयारी कक्षासँगै विभिन्न टिउ्सन समेत पढाउदै आएको छ ।