दाङ,१६ असोज । घोराहीको गुलरिया क्रिकेट मैदानमा भैरहेको अन्तर विद्यालय टी–२० कप क्रिकेट प्रतियोगितामा शनिवार भएका खेलहरुमा गोर्खा पव्लिक स्कुल घोराही र माउन्ट भ्यू बोर्डिङ स्कुल घोराही बिजयी छन ।
दंगाली स्पोर्टस एकेडेमीको आयोजनामा भएको क्रिकेट प्रतियोगितामा शनिवारको पहिलो खेलमा माउन्ट भ्यू बोर्डिङ स्कुलले नेपाल प्रहरी बोर्डिङ घोराहीलाई र दोश्रो खेलमा गोर्खा पब्लिक स्कुल घोराहीले पर्ल एकेडेमीलाई हराएका हुन । पहिलो खेलमा माउन्ट भ्यू १४ रनले बिजयी भएको हो । पहिले व्याटिङ गरेको माउन्ट भ्यूको जितको प्रभाकर चन्द ठकुरीले ६८ रन,सिदार्थ पोख्रेलले १८ रनको योगदान दिए ।
बलिङतर्फ नेपाल पुलिङ बोर्डिङ स्कुलको तर्फबाट सैलेश शाहीले ४ ओभरमा ६ रन दिदै ३ विकेट लिए भने एन्जल चन्दले ४ ओभरमा २४ रनदिएर ३ विकेट दिए । ११८ रनको बिजयी लक्ष्य पच्छाउने प्रयास गरेको पुलिस स्कुल १०५ रनमा समेटिएको थियो ।
पुलिसको तर्फबाट व्याटिङमा आयुष वलीले ३९ रन र एन्जल चन्दले १७ रनको योगदान दिएका थिए । उक्त खेलमा म्यान अफ द म्याच प्रभाकर चन्द ठकुरी बनेका थिए ।
त्यसैगरी दोश्रो खेलमा ३५ रनले गोर्खा स्कुल घोराही बिजयी भएको हो । टस हारेर व्याटिङ गरेको गोर्खाले ९ विकेट खर्चेर २० ओभरमा ११५ जोड्यो । गोर्खाको तर्फबाट सुभम पाण्डेले ६२ रन र प्रवेश डिसीले १८ रन बनाए । बलिङ तर्फ पर्ल एकेडेमीका मनिस बिसीले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिएका थिए भने गणेश धितालले ४ ओभरमा २१ रन दिएर २ विकेट लिएका थिए ।
बिजयीका लागि ११६ रन पच्छाउने क्रममा पर्ल एकेडेमी सवै विकेट गुमाउँदै ८१ रनमा समेटिन पुग्यो । जसमा मोहन यादवले १७ रन, सुलभ आचार्यले १५ रन र गणेश धितालले १४ रनको योगदान दिएका थिए । बलिङतर्फ गोर्खाका नवीन मोतिखर्केले ४ ओभरमा १६ रन दिएर ३ विकेट,हिमाल बुढाले ४ ओभरको खेलमा २३ रन दिएर ४ विकेट लिएका थिए ।
यस खेलमा सुभम पाण्डे म्यान अफ द म्याच घोषित भएका थिए । प्रतियोगिताको सम्पूर्ण जानकारी दंगाली स्पोर्ट एकेडेमीको फेसवुक पेजमार्फत हेर्न सकिने आयोजकले जानकारी गराएको छ ।