सर्वोत्कृष्ट फोटोग्राफरमा दाङका जोशी

हिमाल महरा
घोराही, १६ असोज । दाङ निवासी बसन्त जोशी सर्वोत्कृष्ट फोटोग्राफर घोषित भएका छन ।नेपालभरका २ सय ६६ जना फोटोग्राफर सहभागी प्रतियोगितामा दाङका ४६ जना फोटोग्राफर सहभागी भएको प्रतियोगितामा जोशी उत्कृष्ठ भएका हुन । प्रतियोगितामा नेपालभरबाट १५ जना फोटोग्राफरलाई सर्वोत्कृषट घोषित गरिएको थियो । त्यसमध्य दाङबाट जोशीसहित विष्णु न्यौपाने र झग्गु चौधरी सर्वोत्कृष्ट भएका छन ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान उपाध्यक्ष समेत रहेका जोशी २०५३ सालदेखि फोटोग्राफी गर्दै आएका छन् । नेपाल फोटोग्राफर महासंघका केन्द्रीय उपाध्यक्ष, लुम्बिनी प्रदेश संयोजक तथा दाङ जिल्लाका पूर्व अध्यक्ष हुन । प्रतियोगिता फोटो पसल प्रा लि काठमाण्डौले आयोजना गरेको थियो ।