प्रजनन् स्वास्थ सम्बन्धी अभिमुखीकरण

गोरक्ष समाचारदाता

दाङ, १५ असोज । ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजनामा लमही नगरपालिका वडा नम्बर ३ मजगाउँमा प्रजनन् स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आशमानी चौधरीको अध्यक्षतामा भएको प्रजनन् स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रजनन् अधिकारसम्बन्धी महिलाहरूलाई जानकारी गराइएको थियो ।

ग्रामीण क्षेत्रका महिलाहरू प्रजनन् अधिकारका जानकारी दिने उद्देश्यले मगजगाउँमा कार्यक्रम गरिएको संस्थाले जनाएको छ । अभिमुखीकरण कार्यक्रममा मजगाउँलगायतका विभिन्न गाउँका ४५ बढी चौधरी समुदायका महिलाहरूको सहभागिता रहेको कार्यक्रमको प्रशिक्षकमा जिल्ला स्वास्थ्य कार्यालयका खिमा भुसाल र सहप्रशिक्षकमा स्टाफ नर्स शीला आर्चाय रहेका थिए ।

उनीहरूले महिलाहरूलाई प्रजनन् अधिकारलगायतका बारेमा जानकारी गराएका थिए । टुकमान राम्जालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पार्बती बस्नेतले गरेकी थिइन् ।