मोबाइलमा दिन बिताउनेहरू

युवराज शर्मा

कोभिड–१९ का कारण कोरोना भाइरस महामारीका रुपमा फैलिएको थियो । सरकारले प्रशासनमार्फत् लकडाउन र निषेधाज्ञा लाग्ू गरेको थियो । आवागमन बन्द भयो । यातायातका साधनहरु पनि चलेनन् । सहर, बजारका बासिन्दालाईभन्दा गाउँघरका बासिन्दामा कष्टपूर्ण अवस्था थियो । उनीहरसँग रोगको डरभन्दा भोकको डर थियो । खाद्य समस्या बढेको थियो, गाउँले बासिन्दाहरुसँग भरपेट खाने अनाजको अभाव बढ्दै थियो ।

खेतीपातीको समय भएको, समूहमा नबस्न सकसको अवस्था थियो । सबैको समय बिताउने थलो नै पिपलचौतारी थियो । भारतबाट कोरोनाका कारण रोजगारी गुमाएर घरमा आएका युवायुवतीहरु पनि गाउँघरमा थिए । सबैको जमघटको थलो बन्यो, पिपलचौतारी । प्रहरकिो गस्ती चल्थ्यो । उनीहरले भन्थे– जमघट गर्नु हुन्न । कोरोना भाइरस महामारी रोगबाट बच्नु पर्छ । एकान्तबास नै उपयुक्त हो भन्थे । त्यहाँ जमघट भएका गाउँलेहरुले भन्थे – खेतीपाती गर्नुप¥यो । कुला, झारा छ । भरालीहरुको जमघट हो ।

गाउँलेहरुका भनाइ सुनेर प्रहरहिरु फर्कन्थे । उनीहरुले भन्थे – मकै खेर्त गर्ने, धानको ब्याड राख्ने, रोपाइ गर्ने, कुला झारा गर्ने यी गाउँलेहरुलाई कोराना भाइरसले छुन्न । यी गरिबहरु हुन् । गरिबलाई सबैले माया गर्नुपर्छ भन्दै प्रहरीहरु गएका थिए । त्यहाँ जमघट नभएकाहरुमध्ये करिब सत्तरी प्रतिशत युवायुवतीहरुमा स्क्रिन–टच मोवाइल थिए ।उनीहरुले मोबाइल हातमा लिएर कसैले गेम, कसैले युट्युब र फेसबुकमा रमाउने गर्थे । अधिकांश बृद्धबृद्धाहरु खेतीपातीका काम गराइको अनुभव सुनाउँथे । उनीहरुका अनुभवहरु सुन्ने फुर्सद युवायुवतीहरुलाई थिएन । उनीहरु मोबाइलमा रमाइरहेका थिए । बुढापाकाको ज्ञान र सीपको सिको गर्न युवायुवतीहरुले रुचाउन्नथे । उनीहरको रुचिको विषय मोबाइल बनेको थियो । उनीहरले मोबाइलमा दिन बिताएको पत्तो पाइननथे ।

बरपिपलको शीतल छहारीमा बसेर बैशाखको गमीमा आराम लिनुभन्दा मोबाइलमा समय बिताउनु फेशन बनेको थियो । अत्यधिक मोबाइलको प्रयोगले मानिसहरुमा भेषभुष, बोली, वचन, शिष्टता र मर्यादा पालन गर्न बिर्सिसकेका थिए । सांस्कारिक गुण देखिन्नथ्यो । घरपरिवारमा आत्मअनुशासन थिएन भने सामाजिक व्यवहार थिए । गाउँघरको जीवन सहरिया बासिन्दाहरसँग तुलना गर्दा फरक थिए । राजनीतिक प्रभाव गाउँघरमा बैमनसयताको वातावरण थियो । काँधमा कोदाली बोक्ने र हलो जुवा नारेर गोरु जोतेर खेतीपाती गर्नेहरु पनि मोबाइलमा दिन बिताउँथे । उनीहरले भन्थे – गणतन्त्र देशमा आए पनि हलो जोतेर खेती गर्नेहरुका दिनमा घाम लागेन ।

नेताहरुका घर बजार सहरमा ठडिएका थिए । यस्तो गणतन्त्रले गरिबका घरमा चुलो बल्दैन । अन्त्यमा भारतीयहरुको काम गर्न भारत पस्नुको विकल्प छैन । घरमा ६ महिना पनि खान नपाउने नेपालीको अवस्था छ । त्यसमा कोरोना भाइरसले सखाप पार्ने अवस्था बढ्दै छ । पहिले बूढाबूढीहरुलाई भयो, त्यसपछि युवायुवती र अधवैसेहरुमा गयो । अब बालबालिकामा जोखिम बढ्ने सम्भावना स्वास्थ्य विज्ञहरुको भनाइ छ । सरकारले समस्याको समाधान गर्ने छैन । भारत र तेस्रो मुलुकमा रोजगारी नगरेर घरको आर्थिक जोहो टर्दैन । यसतो जनजीवन नेपालीको अवस्था छ ।

नागरकको आर्थिक अवस्थामा सुधार नभएसम्म नेपाल सम्पन्न मुलुकको दाँजोमा पुग्दैन । सदैव गरिबीको रेखामुनि भूमरी खेलेको अवस्था रहनेछ । नेताहरुका गगनचुम्बी दरबारले देशमा विकास भयो भन्नु मूर्ख नेताहरुका भनाइ हुन् । नेपाली स्वतन्त्र छन् । परापूर्वकालदेखि स्वतन्त्र रहँदै आएका थिए । अहिले पनि उनीहरु स्वतन्त्रै छन् । परतन्त्रमा बाँधिएका यहाँ दलगत भावना र विचारका नेताहरु मात्र छन् । उनीहरु भावना र विचारका महान् व्यक्तिहरु होइनन्, भरियाहरु मात्र हुन्, भन्छन् गाउँघरमा मोबाइलमा दिन बिताउने युवायुवतीहरु ।

घरमा पशुहरु पालेर खेतबारीमा मल हालेर खेतीपाती गर्नेहरुका अधिकांश परिवारहरु वनजंगलमा घाँस, दाउरा गर्न जन्छन् । घाँस पशुहरुका लागि आहारा हो भने इन्धनका लागि दाउरा आवश्यक हो । त्यसता वयक्तिहरुका हातमा स्क्रिन टच मोबाइलहरु देखिन्छन् । उनीहरु छोरी अथवा बुहारीहर हुन सक्छन् । परापूर्वमा वनजंगलमा घाँस, दाउरा गर्नेहरुले गति गाएर, गतिका भाका फेरेर वनमा गुञ्जन गराउँथे । अहिले वनमा मोबाइलबाट गीत गुञ्जन हुन्छ । यसले संस्कृति हराउँदै छ भने अरुहरुले गाएको रचनालाई स्वर बन्धन गर्ने चलन मोबाइलले युवावर्गमा भिœयाएको छ ।

यसले सांस्कारिक गुणहरु मेट्दै छ भने संस्कृति लोप भएर पश्चिमी संस्कार र संस्कृति अनुकरण गर्ने बानीको विकास गराएको छ । बुबाआमाले छोराछोरीप्रति गर्ने व्यवहारमा नौलापन ल्याएन । मोबाइल धेरै प्रयोग गर्ने व्यक्तिहरुमा रिसाहा प्रवृत्ति बढ्दै गएको छ । यसले आपराधिक गतिविधि बढाएको छ । हिंसात्मक कार्यमा संलग्नता र अन्य गतिविधिमा विश्वासिलो वातावरण बन्न सकेन । भावि पुस्ताका लागि समस्या बढ्दै छ ।

कोभिड–१९ ले महामारी अवस्था सिर्जना गरेपछि स्कूलहरु बन्द भए । बालबालिका पठन–पाठनबाट विमुख भए । घरमा बसेर समय बिताउँदा नियास्रो लाग्यो । उनीहहरुको गाउँले जीवनमा नौलोपन आएन । परम्परागत खेतीपातीमा रमाएको जीवन थियो । गाउँले स्कूलमा पढ्थे । सार्वजनिक शिक्षण संस्थाहरुले अनलाइन कक्षा चलाउन सकेनन् । उनीहरुलाई उपकरणहरु भएन । दूरदराजका स्कूलहरु आजसम्म बन्द छन् । संस्थागत स्कूलहरुले विद्यार्थीहरुका अभिभावकहरुसँग शुल्क लिने भएपछि अनलाइन कक्षाहरु सञ्चालन गरे ।

तर प्रविधि अपनाउन नियमित भएन । त्यसको मूलकारण थियो– विद्युत प्राधिकरणको बिजुली बत्ती नियमित नहुनु हो । झ्याप्प–झ्याप्प बत्ती निभाउने काम प्राधिकरणको थियो । यस्तो वातावरणमा अनलाइन कक्षा कसरी नियमित हुन सक्छ ? यसको समाधान सरकार चलाउने व्यक्तिहरुसँग छैन भन्छन् पढ्ने बालबालिका ।

नेपालका गाउँघरमा सबै ठाउँहरुमा इन्टरनेटको पहुँच छैन । यस्तो सुविधा सहरबजारमा मात्र छ । गाउँमा मोबाइल नै समपर्कको आधार हो । घरबाट विदेश गएको छोराको अवस्था थाहा पाउन, पत्नीले लोग्नेसँग कुरा गर्न, एक्लोपनमा मोबाइलमा रमाउन गाउँघर र सहरबजारमा मोबाइल प्रयोग गरी दिन बिताउँछन् । उनीहरुलाई समाज मन नपर्ने अवस्था आउन थाल्यो । तर मोबाइलमा दिन बिताउँदा आँखा कमजोर हुनु, एकोहोरोपन बढ्नु, स्मरण शक्ति कमजोर बन्नु, मुटुको धडकन बढ्नु र शरीरमा आलस्यता आउनुजस्ता प्रकृतिहरु देखिन्छन् ।

यसमा धेरै युवायुवतीहरु र बालबालिकाले ध्यान पु¥याउनु पर्छ । अन्यथा अमूल्य जीवन मोबाइल दिनभर प्रयोगका कारण शारीरिक कुरुपता हुनेछ । मोबाइलमा दिनभर रमाउनेहरुले आफूलाई धैर्यवान्, कर्मठ, कामप्रति लगनशील बनाउनुपर्छ ।