कांग्रेस महाधिवेशन : घोराहीमा मतदान सम्पन्न

दाङ,९ असोज । नेपाली कांग्रेस घोराही उपमहानगरपालिकामा मतदान सम्पन्न भएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत घोराही उपमहानगरपालिकामा कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा कुल ४६७ मतदाता मध्य ४६२ मत खसेको छ ।

विहान दश बजेदेखि नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको थियो । घोराहीमा नयाँ नेतृत्व चयनका लागि सभापतिमा निरज गिरी र तिलक रावतको उम्मेदवारी परेको छ ।

अवको केही छिनमा मतगणना हुने निर्वाचन समितिले जानकारी दिएको छ । मतगणनाका लागि आचार सहिता बनाउने काम भैरहेको छ ।