संविधान दिवस, भन्नका लागि विवश

मधुसुदन सुवेदी

नेपालको जननिर्मित लोकतान्त्रिक संविधान २०७२ साल आश्विन ३ गते घोषणा भएको थियो । अर्थात् नेपालमा संविधानका हिसाबले हरेक वर्षको आसोज महिनाको १ गतेदेखि असोज महिनाको ७ गतेसम्म संविधान सप्ताह भन्दा हुन्छ । आज असोजको ५ गते भए तापनि यो समय संविधान सप्ताहकै समय हो । त्यसैले पनि यो प्रसंगलाई उठान गरिएको हो । कुनै पनि देशको संविधान लेखनको लागि मात्र हुँदैन ।

घोषणा गर्नको लागि मात्र हुँदैन । देखाउनको लागि मात्र हुँदैन । सुनाउनको लागि मात्र हुँदैन । बालाउनको लागि मात्र पनि हुँदैन । त्यसको व्याख्या–विश्लेषण र विशेषताको भजन गाउनको लागि मात्र हुँदैन र कुनै पनि देशको संविधान वर्षको एकपटक संविधान दिवस मनाउनका लागि मात्र पनि हुँदैन । संवैधानिक मर्म र भावना अनुसार संविधान कार्यान्वयन गर्न, संविधान पालन गर्न, संविधान अनुसार देश र जनता चल्न चलाउन र संविधान अनुरुपको सेवा सुविधा भोग्दा भोगाउन सबै जिम्मेवार व्यक्ति, शक्ति संगठन, दल, मोर्चा पार्टी राज्य, जनता, नेता, मन्त्री तथा कार्यकर्ता लागिपर्नु पर्दछ । संविधान आफैमा साध्य हुँदैन । यो केवल साधन मात्र हो ।

संविधान उत्कृष्ट भएर पनि यदि त्यसलाई हाक्ने व्यक्ति र प्रवृत्ति ठीक छैनन् भने त्यो संविधान सधैँ उत्कृष्ट रहँदैन । संविधान निकृष्ट भए पनि यदि त्यसलाई हाँक्ने व्यक्ति, पात्र र प्रवृत्ति ज्यादै उत्कृष्ट छन् भने त्यो संविधान निकृष्ट नभएर उत्कृष्टतामा परिणत हुने गर्दछ । आज हामीले जे देखिरहेका छौँ, जे सुनिरहेका छौा, जे जानिरहेका छौा र जे भोगिरहेका छौँ, त्यो सबै संविधान कायाृन्वयन गर्ने सिलसिलाको ठूलो त्रुटि, कमी र कमजोरी हो । आज यो देशको संविधान देशको राज्य सत्तामा बस्नेले किन अक्षरसः पालना गर्न सकेनन् ।

देशको संविधान लेखेकै भरमा, देशको संविधान सुनेकै भरमा र देशको संविधान देखेकै भरमा जसरी आफूलाई अब्बल दर्जाको सावित गराउन खोजे तर त्यही संविधानलाई पालना गर्न किन खोजेनन् ? यो देशको भूगोलले खोजेको र रोजेको संविधान थियो भने, यदि यो देशका जनताबाट निर्मित जनसंविधान थियो भने देश र जनताका लागि साध्य बन्न किन सकेन ? आज संविधान संकटमा छ । संविधानको व्याख्या गर्ने उच्चत निकाय सर्वोच्च अदालतको मान मर्यादा स्वयम् राजनीतिक दलले गर्न सकिरहेका छैनन् । सर्वोच्च अदालतजस्तो एक गरिमामय र गौरवशाली निकायलाई प्रश्नै प्रश्नको माला पहिराइदिएका छन् ।

जनतामा भ्रम, आशंका र द्विविधा उत्पन्न गराइदिएका छन् । यो के हो ? यसको रहस्य के हो ? संविधानको व्याख्इा गर्ने अधिकार जसले पाएको छ त्यसलाई स्वतन्त्र व्याख्या गर्न किन नदिने ? आस्था, भरोसा, विश्वास, छविका भरमा न्यायलाई छायाँमा किन पार्ने ? न्यायलयलाई फलानोको समर्थक र विधानको विरोधी भन्न किन सिकाउने ? संविधान मान्ने हो कसले ? संविधान मनाउने हो कसले ? ठूलाका लागि संविधान केही पनि होइन ? सानाका लागि संविधान हाउँगुजी नै हो ? देशको राज्य सत्ता सञ्चालन गर्ने विधिको र विधानको दस्ताबेजलाई स्वार्थमा प्रयोग गर्ने व्यक्तिगत कागजी पोको बनाउने ? पाइन्छ त्यसो गर्न ?

नेपालमा कति पटक संविधान लेखियो ? जति जति पटक नेपालका संविधान लेखिए, त्यति–त्यति पटक विश्वकै नमुना संविधान भनियो कि भनिएन ? आजको संविधान २०७२ भन्दा पहिला नेपालको संविधान २०४७ पनि विश्वकै नमुना नै थियो । आजको पछिललो संविधान त झन के कुरा यो त सर्वोत्कृष्ट संविधान नै भनियो । तर ती सबै शब्दक केका लागि ? गायत्री जप्नका लागि कि भजन गाउनका लागि ? अलिकति अस्वाभाविक लाग्दैन ? पटक–पटक कैयौा पटक देशको संविधानलाई असफल बनाउँदा ? संविधान नै नभएका वा लिखित संविधान नभएका राष्ट्रले विश्वसामू विकास र समृद्धिको फड्को मार्दा नेपालजस्तो स्वर्ग समानको मोतीको टुक्रामाथि ताण्डव नृत्य गर्न लाज मान्ने कि नमान्ने ?

यहाँ दोषी यो छ कि ते छ कि, उ छ कि ? म छु कि ? भन्दाभन्दै कोही पनि गतिला र खाइलाग्दा देखिएनन् र भेटिएनन् । यदि कोही कतै भए पनि त्यस्तालाई अगाडि आउनै दिएका छैनन् । देशका होनहार र असल नेताको आकस्मिक दुर्घटनामा किन भएको छ ? देशको सच्चा सपूत बच्न किन पाउँदैन ? देशको राम्रो मान्छे बच्न किन पाउँदैन ? किनभने यहाँ राम्रा भन्दा नराम्रोको हाबी छ । अधिक छ, वर्चस्व छ र शासन छ । भन्छन् आफूलाई सर्वहारा तर सर्वमारा भएको स्वयम् चाल पाउँदैनन् । व्यक्तिगत जीवन हाहा र होहोमा बिताउन बानी परेका लागि सुन्दर, शान्त र विशाल किन मन पर्छ र ? यही संविधानले चप्पल लगाउनेलार्य हवाइजहाज चढ्ने र घुम्ने बनायो । यही संविधानले हवाइजहाजमा उड्नेलाई खाली खुला सडकमा भैतारिने बनायो ? यो संविधानलाई के भन्ने ? जनसंविधान भन्ने के हो ? ज

न भन्ने को हो ? कुर्सीमा बस्ने मात्र जनन हो ? पदमा बस्ने मात्र जन हो ? सुकिलोमुकिलो मात्र जन हो ? खाइलाग्दो ज्यान लाग्दो मात्र जन हो ? सत्ताधारी मात्र जन हो ? सांसद, मन्त्री मात्र जन हो ? यो देशका सेता हात्ती मात्रै जन हुन् ? के हो जन भनेको ? जनता नभेटेको, जनता नदेखेको, जनता नचिनेको, जनता नदेखेको, जनता नसुनेको, जनता नभोगेको, जनता नबुझेको, जनता नचाखेको, जनता नमानेको, जनता नठानेको संविधान कसरी जन संविधान ? जनसंविधान पुष्टि र प्रमाणित गर्ने हिम्मत कसको छ ? मैदानमा आउन सकिन्छ ? संवैधानिक जनताको इजलासमा बहस गर्न सकिन्छ ? देशमा संविधान सप्ताह मनाइरहँदा र जनाइरहँदा सबैलाई हेक्का रहोस – “संविधान बाध्यता विवशताले र कहरले संविधान भन्ने होइन । यो त यसैमा शृंगारिएर, ठाँटिएर, सजिएर, भाग्यको रेखा ठानेर सर्वस्वीकार्य, पुजनीय दस्ताबेज बनाउने अभियान हो ।