गोरक्ष समाचारदाता
दाङ, ५ असोज । दाङ प्रहरीले लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई करिब चार वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ मा बस्दै आएका ४१ वर्षीय राजन भनिने सुनिल पुरी रहेको प्रहरीले बताएको छ । पुरीलाई लागूऔषध मुद्दामा सर्वोच्च अदालतको २०७४ मंसिर १९ गतेको निर्णयले ३ बर्ष ९ महिना ३ दिन कैद सजाय तोकेको थियो । अदालतको फैसलापछि फरार रहेका उनलाई गएको असोज १ गते बेलुका ५ बजे तुलसीपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । पुरीलाई पक्राउ गरी सोमबार दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको प्रहरीले बताएको छ ।