जनकपुर टु जयनगर रेल नेताको केटाकेटी खेल

भूपेन्द्र सुवेदी

नेपालको राज्य ब्यबस्था, राजनीतिको चक्रब्युह, देशको लोभलाग्दो खानीहरुको उद्गमथलो नेपालको तराईदेखि हिमाल, हिमालदेखि पहाड, र हिमालको सम्पदा, मध्यमा पहाडमा पाईने सम्पदा, र तराईले प्राप्त गरेको हिमालको पानीले सिञ्चिएका तराईका फाँट, तराईको कृषिबाट बाँचेको हिमाल, पहाड सबै एकअर्काका परिपूरक, सम्पदाका धनी हामी आफै छौँ तर हामै्र सम्पदाको पहिचान गर्नै र ब्यबस्थापन गर्न सक्ने दक्ष जनशक्तिको अभाब हो या राजनेताहरुको दुर्दशिताको अभाव हो ?

नेपाल आफै सुनको कचौरा लिएर छिमेकीसँग देश चलाउन सकिएन आर्थिक अभावको कारण देखाउँदै कहिले कसको कमारो पहिले कसको कमारो (ऋणी) बन्नेमा हामेड बाजी चलेको स्थिति छ नेपालमा । बिगतका राणहरुकै अवस्थामा निर्मित भब्य भवनहरु देशमा आएका कयौपटक भूकम्पको चपेटामा पर्दासमेत कतै नढलेका भवनहरुका स्वयम् आजका नेताहरुले राज गरेकै छन्, किन त्यस्ता भवन कतै–कतै बाहेक किन ढलेनन् होला ? नेताहरुलाई प्रश्न जनताहरुको जिज्ञासा ?

त्यसपछिका राजासहितका प्रजातान्त्रिक दलहरुको नेतृत्वमा निर्माण हुँदै आएका पूर्वाधार बिकासको नामले चिनिने बिभिन्न क्षेत्रहरुमा निर्मित भबन, सिचाईका, संरचना, सडक, पुलहरुलाई नियाल्दा पूर्व–पश्चिम, राजमार्गहरुमा निर्माण भएका पक्की पुल, पक्की सडक, सरकारी भबननहरुको अबस्था पूर्ब–पश्चिम राजमार्गका केही पुलहरु दशबर्ष द्वन्द्वको नाममा बमबाट क्षति गरिएका केही पुलहरुको निर्माणाधीन अबस्थाको समय र आजसम्मको टिकाउको मजबुती अबस्था त्यपछिको ०४७ देखि ०५१।५२ यताको सरकारले निर्माण गरेका सडक, पुल, भबनहरुको निर्माणको क्वालिटी, हेर्दा हामी आफैलाई न्यास्रो र लज्जित हुनैपर्ने हो तर त्यसपछिको दशबर्ष देश परिवर्तनको नाममा गरिएका ध्वंसात्मक गतिविधिले देशको आर्थिक अवस्थालाई ५०औ बर्षपछि धकेलिएको अबस्था छ ।

नेपालमा पूर्ब राणा सरकारको पालाका नेपालमा निर्माण भएको बिभिन्न क्षेत्रका भबनदेखि अन्य बिकास निर्माणका कामहरुको आजको पुस्तासमेतले मूल्यांकन गर्दैछन् भने आजको राज्य सञ्चालनको जिम्मा लिएका नेतृत्वहरुले किन मूल्यांकन गर्दैनन् हो त्यसपछिको राजाहरुको नेतत्वमा निर्माण भएका नेपाल देशैभरीका बिभिन्न संरचनाहरु काठमाडौँभित्र बाहिर निर्माण भएका संरचनाहरु कयौँपटकका भूकम्पले किन छुनै सकेनन् एक आधा संरचना बाहेक ?

तिनै भबनमा बसेर आजको नेतृत्वले देशको राज्य सञ्चालन गर्दै आएका छन् तर त्यतातिरको अध्ययन नै छैन, जस्तै पूर्ब–पश्चिम राजमार्ग राजाहरुकै पालामा निर्माण भएका छन् र ती राजमार्गहरु केही स्थानमा रहेका पक्की पुल र सडक तत्कालको कथित दशबर्षे जनआन्दोलनकारीहरुले बम बिष्फोटन गराएर क्षतबिक्षत भएका छन् तर अन्य क्षेत्र अझै मजबुतीको साथ सञ्चालन भएका छन् केही क्षेत्रजस्तै काठमाडौँदेखि बाहिरिने सडकहरुको अबस्था धेरै स्थानमा मर्मत सम्भार हुँदै पनि आएको छ ।

तर २०४७ देखि २०५१।५२ को अवधिमा निर्माण हुँदै आएका सडक, नयाँपुलमध्ये पहाडी राजमार्गहरुको सुरुवातमा निकै दु्रतगतिमा सञ्चालन हँुदै आएका थिए र त्यसैको जगको आधारमा नेतृत्व परिवर्तन हुँदै जाँदा कहीँ कतै भनेजस्तो हुन सकेको छैन । दाङकै हकमा भन्ने हो भने खुमबहादुर खड्काले नेतृत्व गरेको यातायात मन्त्रालयले त्योबेलामा तयार पारेको सडक, पुल, बिभिन्न भबनहरुको संरचना अनुसार गाउँ–गाउँमा पहिला कच्ची सडक, पहिला निर्माण भए भनी धेरै स्थानमा पक्की पुलहरुको निर्माण भएका हुन्भन्दा फरक नपर्ला ?

०५१।०५२ देखि यताको बिकास निर्माण हेर्ने हो भने खाली मिलीजुलीको सरकार बन्न थालेको हुँदा खासंै विकास निर्माणको कार्यमा ध्यान दिइयन र भएको बजेट खाली सहमतिको नाममा सर्बदलीयको हालीमुहाली भयो, बाँडीचुडी खाने किस्तामा परिणत हुँदा बिकासको काम ० हुन पुगेको थियो ।अब पूर्बाधार निर्माण कार्य किन कमजोर हुन गयो ? राणाहरुको पालामा निर्माण भएका भबन, पुलपुलेसाहरु किन मजबुत रहिरहे ? कि भूकम्पले पनि भत्काउन सकेन ?

र अझै राज्यको नेतृत्वहरु उनै राणशासनको पालामा निर्माण भएका भबनमा रहेर आजको सरकार सञ्चालन गर्दै हुनुहुन्छ किन यो यति पक्का छ र आज हामीले निर्माण गराउँदै आएका संरचना, पुल, सडक, भबन, सिचाईका संरचना, जलबिद्युत क्षेत्रको अबस्था मानी ल्याउ मेलम्चीको खानेपानीको संरचनाबाट भएको मानवदेखि आर्थिक क्षति भएको किन भनेर आजको नेतत्वले किन मनन् गर्नै चाहदैन ? कारण कमिसन स्वयम् आफै सरकारका सम्बन्धित नेतृत्वले लिएका कारण निर्माण कम्पनीहरुले कमिसनको हिस्सा कटाएर कमजोर माल मटेरियलबाट निर्माण भएको संरचनाको हबिगत आज हाम्रो देशका जनताले भोग्न बाध्य भएका छौँ ।

नेपालका राजनीतिक दलहरुको आजको अबस्था खाली बिदेशीहरुसँगको साँठगाँठमा सरकार बनाउने बिदेशी ,भारतलाई कम्र्फटेबल हुने सरकार हामी बनाईदिन्छौ भन्ने र उनीहरुको पाउमा लम्पसार पर्ने बिदेशीहरुसँगको ऋण ल्याएर सरकार चलाउने निउमा आज प्रत्येक नेपाली जन्मदा बित्तिकै ६० हजार ऋण बोकेर जन्मनुपरेको ईतिहास यही समयका यिनै दलका नेताहरुले निर्माण गरेका छन् । अझै थाक्दैनन् नेपाली जनताका लागि र नेपाल राष्ट्रका लागि हामीले गरेको आन्दोलन ले घरघरमा सिंहदरबार र समृद्ध नेपाल र सुखी नेपालीको नारा ककस्को घरमा पुग्यो सिंदरबार कति नेपाली सुखी भएका छन् र कती नेपाली दुखी नै छन् ?

यसको हरहिसाब कस्ले गर्ला ? भन्ने जन जनमा भएको गुनासोलाई कस्ले सम्बोधन गर्ला ? देशको अवस्था ९० प्रतिशतले अमेरिकाले लादेको एमसिसीको बिरुद्धमा उत्रेका छन्, जनता अमेरिकाका बफादार सिपाही बनेका छन् नेपालका राजनेता हरु जसरी पनि एमसिसी ल्याउनुपर्छ भन्दैछन् अझ देशका होनहार नेताले आम जनताको आबाज लाई दबाउँदै गवाँडहरु बुद्धि नभएका भेडाहरुले नेपाल सरकारको बिकासको लागि आएको अमेरिकी सहयोगको बिरोध गर्नुमा केही यौचित्य छैन भेडाको मुखमा कुभिन्डो नअटाएझै भएको छ । भन्छन् अझ डा. बाबुराम त नेपाललाई सिंगापुर बनाउनुछ भने एमसिसीको बिरोध गर्नु हँुदैन एमसिसी ल्याउनुपर्छ भन्दैछन । आफू प्रधानमन्त्री भएकै हुन र प्रचण्ड पनि प्रधानमन्त्री भएकै हुन किन बनाएनन् नेपाललाई सिंगापुर खै ?

बिगतको बहुमतको सरकारले नेपालमा करीब ६० देखि ६५ बिकास योजनाको उद्घाटन गर्दै हिँडे तत्कालका प्रधानमन्त्री केपी वली सडक, पुल, नहर सिचाई, जलविद्युत परियोजना उच्च पहाडी सडक मार्ग तराईका सडकहरु र त्यसमा अझ जनकपुर जयनगर मार्गको उद्घाटन सँसँगै रेल सञ्चालन गने जनशक्तिबिनै रेल खरिद गरेको बर्ष दिन नाग्यो त्यो रेल रेलकै लिकमा पहेलो त्रिपाल उडेर कुदेको बहानामा खिया लागेर बसेको छ । देशको आर्थिकमा उच्च नेतृत्वबाटै यसरी खेलवाड हुँदैछ ? त्यसैले मैले उल्लेख गरेको बिषय हो जनकपुर जयनगर रेल नेताहरुको केटाकेटी खेल भन्ने मेरो जिज्ञासा हो हुनै नसक्ने कामको पहिले नै झुठ्ठा बयान गर्दा कोको सफल हुन्छन् होला ?