अर्जुन र बृषकेतुको पुन : जीवन

राधेश्याम उपाध्याय

उता हस्तिनापुरमा कुन्तीले नराम्रो सपना देख्दछिन् । अश्वमेध यज्ञका लागि अश्वको संरक्षण गर्न गएका अर्जुन तथा भीमको कुनै खवर नआउनु र समाचार लिन गएका बृषकेतु पनि नफर्कनुले कुन्ती विचलित हुन्छिन् । कुन्तीले तत्काल युधिष्ठिरलाई बोलाउँछिन् र मलाई छिटै मणिपुर साज्यको सिमानामा अर्जुन र भीम भएका स्थानमा लैजाउ भन्दछिन् । युधिष्ठिरले भोलि विहान जाउला भन्दछन् तर कुन्तीले तत्काल हिंडन आग्रह गर्दछिन् ।

कुन्तीको आदेशमा तत्काल सेनाको सानो टुकडीका साथ युधिष्ठिर र कुन्ती अर्जुन भए तर्फ हिँड्दछन् । युद्ध भूमिमा त्यस्तो अवस्था देखेर सवै रुन विलाप गर्न लाग्दछन् । चित्राङ्गदा सासु तथा जेडाजु भएसामु आई यो अपाधको कारक म हुँ म नै अपाधि हुँ भनी विलाप गर्न लाग्छीन । तेही समयमा द्वारीका बाट श्रीकष्ण आउनु हुन्छ र सबैलाई सम्झाउनु हुन्छ । सबैले श्रीकृष्णको प्रार्थना गर्दछन । अर्जुनको जिवन दानका लागि भिक्षा माग्दछन् । श्रीकृष्णले यो भीष्मको हत्या गरेकाले आमा गंगा रीसाई अर्जुनलाई श्राप दिएका कारणले भएको हो ।

गंगाले यस्को उपाए पनि बताएकी छिन् । नागलोकमा गएर नागमणी ल्याई अर्जुनका ऋदयमा स्पर्स गराएका होस आउने कुरा अवगत गराई दिन्छन् । यो सुने खुसि हुदै पिताजीको हत्यारा आफू भएकाले नागमणी लिन नागलोक आफू जान पाउनु पर्ने बवु्रवाहनले अनुरोध गर्दछन् । श्रीकृष्ण ले पनि जाउ भनी आशीर्वाद दिई नागमणि लिन पठाउँछन् । उलुपी नागलोकमा नै रहेको र आफुले भनेको उलुपीले मान्ने भएकाले म पनि जान्छु भनी चित्राङ्गदा छोरासँग सँगै जान्छिन् । दुवै आमा छोरा नागलोकमा जान्छन् र टाह््रैबाट विलाप गर्दै उलुपिलाई बोलाउँदै नागलोक दरवारमा पुगी सबै बेली–विस्तार सुनाउँछन् । नागराज तथा नागरानी र उलुपीले समेत नागमणी लगि तुरुन्त अर्जुनलाई जीवन दान दिन अनुरोध गर्दछन् ।

सबै जना नागमणि राखेको स्थान गर्भगृहमा नागमणी लिन जान्छन । तर त्यहाँ नाग मणि भेटिँदैन । नागमणि रक्षागर्न बसेका रक्षकहरुको लास र चान्डककी पत्नी दाभल घायल अवस्थामा भेटिन्छ । चान्डक पत्नी दाभलले चान्डकले मणी चोरेर लिई भागेको कुरा नागदन्या उलुपीलाई भन्छिन्, सबै चान्डकको खोजी गर्न लाग्दछन् । चाण्डकले अर्जुनलाई जीवनदान दिन नागमणि लिन आउँदैछन् भन्ने थाहा पाएपछि सबै रक्षाकको हत्या गरी नाग मणी लिई भाग्दै गर्दा उसकी पत्नी दाभल यसो नगर अनुचित काम गर्नु हुँदैन तिम्रो जीवन रक्षा अर्जुनले गरेका हुन् भन्दा पनि अर्जुन मेरो सत्रु हो । उसको गइसकेको प्राण पुनः नागमणिद्वारा बचाउन म दिन्न ।

अर्जुन मरेकौ बेस मेरो काममा व्यवधान खडा नगर भन्दा पनि नमनी व्यवधान खडा गरी मणी लिई भाग्न नदिएकाले पत्नीलाई समेत घाईते बननाई मणी लिई भाग्दछ । बवु्रवाहन मणिको खोजी गर्न दौडन्छन् र खोज्दै जाँदा मणि लिई भाग्दै गरेको अवस्थामा चान्डक लाई भेटाउँदछन् । दुवैको आपसमा युद्ध हुन्छ । अन्तमा बवु्रवाहनले मणि खोस्दछन् र चान्डक ज्यान जोगाई भाग्दछ । बवु्रवाहन , चित्राङ्गदा, उलुपीहरु नागराज वासुकी र नागमातासँग विदा भै कुन्तीहरु भएको स्थानमा आउँछन् । जहाँ कुन्तीहरु उनीहरुको बाटो हेरेर बसिरहेका थिए । नागमणि लिएर सबै अर्जुनको लास भएको स्थानमा जन्छन् तर अचम्मको कुरा त्यहाँ अर्जुनको शिर हुँदैन । सबै अचम्म मान्छन् र विलाप गर्न लाग्छन् ।

नागमणि चोरेर भाग्दै गरेको चान्डकलाई बवु्रवाहनले परास्त गरी मणि खोसेर लग्दछन् चान्डक त्यहाँबाट भाग्दछ । चान्डकको मनमा ईस्र्याको भाबना हुन्छ र उसले त्यहाँबाट आई अर्जुनको शरीर र शिर भएको स्थानबाट अर्जुनको शिर चोरी अग्निमा हाली जलाई दिने उद्देश्यले चोरी गरी त्यहाँबाट भाग्दछ । यो सबै अन्तरयामी श्रीकृष्णलाई थाहा हुन्छ । श्रीकृष्ण भाग्दै गरेको चान्डकसँग गै सम्झाउँदै अर्जुनको शिर माग्दछन् तर चान्डकले आफ्नो वैरीत्व साध्नका लागि शिर नदिई अग्नमा दाह गरी भष्म गरी दिने कुरा बताउँछ । श्रीकृष्णले निकै सम्झाउँदा पनि नमानेपछि हेर चान्डक तँलाई अर्जुनले खाण्डव वन दाह गर्दा ज्यान बचाएका हुन्, अहिले अर्जुनलाई नै तैले मार्न लागिस् । तँलाई उलुपीले बचाएकी हुन् तैले उलुपीको जीबनमा अहिले विष घोल्दै छस् ।

आफ्नी पतिव्रता स्त्री दाभलको हत्या गरिस् । तँ पापी होस् अब तँ बाच्न पनि योग्य छैनस् भनी सुदर्शन चक्र प्रहार गरी चान्डलाई मारी अर्जुनको शिर लिई कुन्तीहरु विलाप गरि रहेका स्थानमा आई अर्जुनको शिर शरीरमा जोडी दिन्छन् । बवु्रवाहनले नागमणि श्रीकृष्णलाई दिन्छन् र श्रीकृष्णले मृत्युन्जयनागमण अर्जुनको ह्दयमा राखी दिन्छन् । मृत्युञ्जय नागमणिको प्रभावले अर्जुन निद्राबाट ब्युझिएझै ब्यँुतन्छन् । अर्जुनले भीष्मपिताम्महलाई मारेको हत्याको दोषबाट मुक्ति, गंगाले अर्जुनलाई दिएको श्राप र गंगाले उलुपीलाई दिएको वरदान सवै पूरा हुन्छ । यसरी अर्जुन ब्युतेपछी सबै खुसी हुन्छन् ।

अर्जुनले सबैसँग यथोचित ढोग भेट गर्दछन् । सबैले श्रीकृष्णको स्तुति गर्दछन् । अर्जुनले दुवै पत्नी चित्राङ्गदा र उलुपीलाई देखेर खुसी हुन्छन् । चित्राङ्गदालाई मैले तिमीमाथि त्याग गरे अन्याय गरेकोमा मलाई माफ गर म तिमीसँग माफी माग्दछु भन्दछन् । यो सुनेर उलुपीले यो सबै मेरो दोष हो स्वामी मैले चित्राङ्गदाको बारेमा सुहागरातमा कामदेव र देवी रतीलाई धन्यवाद दिन गएको कुरालाई परपुरुषसँग भेट गर्न गएको र चित्राङ्गदा व्यविचारिणी भएको भनी आफूले झुट बोलेको कुरा लागाएकाले यो सबै भएको भनि माफी मागिन् । सबैसँग भलाकुसारी हुन्छ । अर्जुनले बव्रुवाहनलाई देखेर रिसाउँछन् । तैले घोर अपराध गरेको छस् । बालक तँ को होस् र तेरा माता–मिता को हुन ? तँ अबश्य पनि कोही वीर पुरुषको पुत्र हुन पर्दछ ।

यो सुनेर श्रीकृष्णले बवु्रवाहन तिम्रो पुत्र हो भनी परिचय गराई दिनु हुन्छ । बवु्रवाहन पिताको चरणमा पर्दछन् । एउटा पुत्र गएर अर्को पुत्र प्राप्त गरेर के लाभ हुन्छर भनेर कर्णपुत्र बृषकेतुको मृत्युको कारणले अर्जुनले शोक गर्न लाग्दछन् । यो देखे श्रीकृष्णले बृषकेतुलाई पनि आफ्ना योग बलले जीवनदान दिई व्यूँताइदिन्छन् । सबै पाण्डवहरु खुसी हुन्छन् र श्रीकृष्णको स्तुति गर्दछन् । सबैलाई सम्झाई पाण्डवहरुलाई लिई श्रीकृष्ण हस्तिनापुर फर्कन्छन् भने घोडा मगधतर्फ लाग्दछ र अर्जुन सैन्यहरु घोडाको सुरक्षाका लागि लाग्दछन् ।