Goraksha

National Daily

नेकपा एकीकृत समाजवादीको दाङ अध्यक्षमा बेलबासे

दाङ,२ असोज । नेकपा एमालेबाट बिभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीको दाङ जिल्ला अध्यक्षमा सुरामणि बेलबासे चयन भएका छन् ।

शुक्रवार सम्पन्न लुम्बिनी प्रदेश समितिको बैठकले बेलबासेलाई अध्यक्षमा मनोनयन गरेको हो ।

यसअघि बेलबासे एमाले दाङको उपसचिव रहेका थिए । संगठनमा निकै मेहनती र स्थापित बेलबासे बौद्धिक नेताको रुपमा चिनिन्छन ।