नेपाली किसानहरूको दोषी को ?

युवराज शर्मा

नेपालीहरु अधिकांशले कृषि व्यवसायमा समय बिताउँछन् । यस्ता व्यक्तिहरु गाउँघरमा बस्छन् । उनीहरुले हिउँदे र वर्षे बालीको खेतीपाती गर्छन् । उनीहरुको जीवन कृषि व्यवसायमा बितेको हुन्छ । वंशगत परम्परालाई त्याग्न सक्दैनन् । तर वर्तमन समयमा आधुनिक खेतीपाती गर्ने गरिकाहरुप्रति झुकाव छैन । त्यसका लागि आधुनिक उपकरणहरु चाहिन्छ । त्यस्ता उपकरणहरु आफूसँग हुन्न ।

धनपैसा खर्चनुपर्छ । खर्च गर्ने धनपैसा पनि किसानहरुसँग हुँदैन । यस्तो आर्थिक विपन्नताका किसानहरुको जीवनस्तर माथि उठ्नसकेको छैन । किसानहरुको समूह बनाएर खेती गर्ने वातावरण बन्न सक्दैन । सबैमा स्वार्थी भावना छ । त्यसैले होला नेपालमा गोरु पालेर परम्परागत खेतीपाती गर्ने चलन हट्न वा परिमार्जन गरेर आधुनिक तरिकाहरु अपनाउन सकेका छैनन् ।

नेपाली अधिकांश किसानहरुको आफ्नो जमिन छैन । धेरैजसो तराई भूभागमा जग्गा पाइन्छ भन्दै वनजंगल फडाणी गरेर बसेकाहरुको बस्तीहरु धेरै छन् ।तर कर्तव्य पालन गरेका छैन् । गणतन्त्रमा छाडातन्त्र बढेको वातावरण छ । सार्वजनिक जमिन, व्यक्ति वा संस्थाको जमिन माओवादी द्वन्द्वकालमा कब्जा गरेर बसेकाहरुको हुकुमवादी प्रवृत्ति घटेको छैन । गाउँघरमा डर र त्रास मात्र छ । यस्तो परिस्थितिमा दोषी को ? सरकारमा बस्नेहरु कि माओवादी द्वन्द्वकालमा नागरिकलाई उस्काएर तराईमा जग्गा कब्जा गरेर बस भन्ने व्यक्तिहरु नै दोषी मानिन्छन् ।

नेपालको भूभाग चार प्रकारको प्रकृतिमा पर्छ । कुनै पनि तहको माटो एउटै प्रकृतिमा पर्छ । कुने पनि तहको माटो एउटै प्रकृतिको छैन । हिमाली भूभागको माटोलाई हिउँले फोप्रो नबनाएसमम उब्जनी हुन्न । पहाडी भूभागको माटोलाई मलिलो बनाउन पशुचौपायाहरु पाल्नुपर्छ । त्यस माटोमा रासायनिक मलको प्रयोग गर्नु हुन्न । माटो सुक्छ । त्यसमा नरमपन हुन्न । मध्यभागको माटोमा उर्वरा शक्ति छ । यसमा मनसुनको प्रभावले खेतीपाती सप्रिन्छ । यहाँ पनि पशुचौपायाहरुको मलमुत्र चाहिन्छ । अन्यथा माटो उर्वर बन्दैन । तराई भूभागमा बलौटे माटो र पाँङो माटो धेरै हुन्छ । यस्तो माटोमा उर्वराशक्ति धेरै हुन्छ । यहाँको जमिन धानखेती र गहूँ खेतीका लागि उत्तम छ ।

रासायनिक मलको प्रयागले जमिनलाई गहिरो प्रभाव पार्दैन । त्यसकारण नेपालको तराई भूभागलााई अन्नको भण्डार भन्छन् । जहाँको जमिनमा सुकुम्बसीका नामबाट हुकुमबासीहरुको चलखेल हुन्छ । यो भूभाग छिमेकी देश भारतसँग जोडिएको छ । यहाँका अधिकांश व्यक्तिहरु भारतीय मूलका बासिन्दाहरु छन् ।उनीहरु पनि कृषि कर्ममा हुन्छन् । तर आफूहरुलाई भारतीय नागरिक ठान्छन् र भारतीय संस्कार र संस्कृति अपनाउँछन् । उनीहरुमा नेपालीपन प्रायः पाइन्न । पहाडी भूभागबाट बसाइसरेर आएका बस्तीहरुमा कतैकतै नेपालीपन झल्के पनि भारतीय स्वभाव देखाउने चलन छ ।

नेपाल राष्ट्रलाई खोक्रो बनाउने, नेपालमा राजनीतिक परिवर्तन भएको छ । यहाँ नेताहरु छैनन् । दिल्लीको इसारामा चल्दै आएका र अन्य मुलुकहरुका नेताहरुको निर्देशनमा हुर्केका नेताहरु छन् । जसले आफ्नो प्रशंसा आफै गर्छन् । निर्वाचनबाट हारे पनि, जिते पनि आफूलाई जिउँदो नेताका रुपमा सम्झन्छन् । निर्वाचनमा गाउँ पस्छन् । जिते पनि वा हारे पनि गाउँ फर्कंदैन् । यो नेपाली नेताको महत्वपूर्ण विशेषता हो ।

सैले होला उनीहरुले गाउँलेहरुको भलो हुने काम गर्न रुचाउँदैनन् । गाउँलेहरुमा चेतना गराएर जागृत बनाइ कृषि व्यवसायलाई जीवनोपयोगी बनाएको पाइन्न । उनीहरुले भाषण गर्दा भन्छन् – नेपाल कृषिप्रधान देश हो । तर उनीहरुको व्यवहार र कार्यशैली किसानमुखी बनेको पाइन्न । समयमा पैसा तिर्दा पनि बीउ, मल पाउँदैनन् ।

नेपाल संसारको स्वतन्त्र र सार्वभौम देश भए पनि गरिब र अविकसित देशहरुको सूचीमा पर्छ । जनसंख्या तीन करो भने पनि आयातीत जनसंख्या धेरै छ भने वास्तविक नेपालीको संख्या साठी लाख पनि नाघ्नसकेको छैन । सरकार आयातीत जनसंख्यामा चलेको छ । त्यस्ता आयातीतहरुले अंगीकृत, जन्मसिद्ध र वंशजका आधारमा नागरिकता पाउँदै आएका छन् र थिए, यद्यपि त्योक्रम छैँदैछ । त्यसमा पनि नेपाली चेलीले भारतीय नागरिसँग विवाह गरिन भने सात वर्षपछि मात्र नागरिकता पाउने व्यवस्था छ ।

तर नेपाली केटाले भारतीय नारीलाई विवाह गरी घर भिœयाएमा विवाहदर्ता एउटा हातमा, अर्को हातमा नेपाली नागरिकता पाउने व्यवस्था नेपाली नेताहरुबाट भएको हो । यसरी नेपालीको आयातीत संख्या बढ्यो भने चनाभुजा बेच्न आएकोले नेपाली नागरिकता पाउने सरल व्यवस्था भएपछि भारतीयहरु धेरै नेपाल पसे र बसे । अहिले दुई करोड चालिस लाख पुगे । अबको सत्ता उनीहरुकै हातमा भएपछि कृषि व्यवसायमा सुधार हुँदैन । आयातीत खाद्यमा नेपाली बाँच्नुपरेको छ । सदैव दास र भिखारी बन्नुपर्छ ।

नेपाली नेताहरुले राष्ट्र र राष्ट्रियतासम्बन्धी हितमा काम गरेको भए सीमारेखाहरु मिचिँदै जाने थिएनन् । हाम्रा सीमाको जिम्मा नेपाली सेनालाई भएन, नापी महाशाखालाई दिइयो । तर भारतले सीमानाकाको रक्षक सेनालाई बनायो । उनीहरुबाट सीमा सारिँदै गए । नेपाली जमिन भारतीय कब्जामा गयो । किसानहरुको चिन्ता बढ्यो । हातमा जग्गाधनी पुर्जा भए पनि खेतीपातीको जग्गा भारतीय सेनाको अधिनमा छ । यस्तो वातावरणमा कृषि व्यवसाय कसरी अगाडि बढ्ने हो, किसानहरु चिन्तित छन् । आफ्नो जमिनको हकभोगमा समेत भारतीय सेनाहरुको हस्तक्षेप छ । नेताहरुले यस्ता समस्याहरुको समाधान गर्नसकेका छैनन् । नेपाली किसानहरुको दोष्ी नेपाली नेताहरु नै हुन् ।