पिपुल्स् भोलेन्टियरको लुम्विनी प्रदेश अध्यक्षमा बुढा

  •   
  •  

दाङ,२७ भदौ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत (समाजवादी) निकट युवा संघ नेपाल लुम्बिनी प्रदेशले पिपुल्स भोलेन्टियर (पीभी) घोषणा गरेको छ ।

बाँकेको नेपालगञ्जमा भएको भेलाले युवा संघ दाङका संयोजक समेत रहेका प्रेम बुढाको अध्यक्षतामा पिपुल्स भोलेन्टियर लुम्विनी प्रदेश कमिटी गठन गरेको हो । नेकपा एमाले रुकुम जिल्ला कमिटी सदस्यका रुपमा समेत काम गरेका बुढा राजनीतिसँगै खेलकुद तथा व्यवसायमा समेत संलग्न रहेका छन् ।

उनी आईटिएफ तेक्वान्दो संघ दाङ जिल्लाका सस्थापक अध्यक्ष हुन । त्यसैगरी उनी युवा किसान संघको केन्द्रिय सदस्य तथा रुकुम रोल्पा को इन्चार्ज समेत रहेर काम गरेका थिए । जसको सचिवमा सार्दुल मायुर कसौधन बनेका छन् ।

दाङको अध्यक्षमा थापा
त्यस्तै पिपुल्स भोलेन्टियर (पीभी) दाङको अध्यक्षमा भीमबहादुर थापा चयन भएका छन् । आईटिएफ तेक्वान्दो संघ दाङ जिल्ला अध्यक्ष रहेका थापा पीभीको जिल्ला अध्यक्ष भएका हुन । पीभीको सचिबमा कमल नेपाली रहेका छन् ।