‘प्रतिबिम्बित भावनाहरु’ को समीक्षा

  •   
  •  

दाङ,२६ भदौ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १८० औं श्रींङ्खलामा गजलकार बलबहादुर जिएम ‘विवश’द्धारा लिखित प्रतिबिम्बित भावनाहरु गजल सङ्ग्रहको समीक्षा एवं १५६ औं मोती जयन्तीको अवसरमा गजल वाचन कार्यक्रम गरिएको छ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरूषोत्तम खनालको प्रमुख आतिथ्यता तथा प्रगतिशील लेखक संघका केन्द्रिय सल्लाहकार पदमप्रसाद शर्माको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।

साहित्यकार छविलाल कोपिलाले ‘प्रतिबिम्बित भावनाहरु’ गजल सङ्ग्रहको समीक्षा गरेका थिए । पुस्तकका लेखक गजलकार बलबहादुर जिएम विवशले पुस्तक लेखनका बारेमा आफ्ना धारणा राखेका थिए । कार्यक्रममा वरिष्ठ साहित्यकार डा कृष्णराज डिसी, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका सल्लाहकारहरू डा लोकराज पराजुली, कमलमणि देवकोटा, नगेन्द्र गुरु, साहित्यकारहरू डा हिमलाल पन्थी , प्रदीपराज श्रेष्ठ पृथक, प्रबल बिष्ट, क्षितिज मगर, सरिता देवकोटा, बिमला डाँगी विकलता, रितु गिरी, भुमि क्षेत्री, बिक्रम वली, मनोज थापा, श्रवण नेपाली लगायतले रचना वाचन गरेका थिए ।

कार्यक्रममा साहित्यकारहरु देवेन्द्र रिजाल, गिरीराज पन्थी, खेम गाउले, बोम जी अवतारलगाएतको उपस्थिति रहेको थियो । उक्त समीक्षा कार्यक्रममा प्रतिबिम्बित भावनाहरु गजल सङ्ग्रहको समीक्षा गर्ने अवसर प्रदान गरेकोमा परिषद् जिल्ला शाखा दाङले गजलकार बलबहादुर जिएम विवशलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजना तथा गजल अभियान दाङको सक्रियतामा गजल वाचन कार्यक्रम भएको हो । परिषद् जिल्ला शाखा दाङका सहसचिव प्रबल बिष्टको स्वागत मन्तव्यबाट सुभारम्भ भएको कार्यक्रमको सहजीकरण सचीव प्रकाश केसीले गरेका थिए ।