तीजको नाच हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार

  •   
  •  

दाङ, २६ भदौ । दाङमा तीजको नाच हेर्ने गएकी एक किशोरीमाथी सामूहिक बलात्कार भएको छ । बंगलाचुली गाउँपालीका वडा नम्बर ७ मा तीजको नाच हेर्न गएकी १७ वर्षिया एक किशोरीमाथि सामुहिक बलात्कार भएको हो ।

ती किशोरी २३ गते बुधबार साँझ तीजको नाच हेरेर फर्किने क्रममा सोही गाउँपालिकाको एक्लाबर नजिक जंगलमा तीन जनाको समुहले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा एसपि सुरेशप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

बलात्कार गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीको टोलीले बलात्कार गर्ने तिनै जनालाई नियन्त्रणमा लिएको हो । बलात्कारको आरोपमा पक्राउ पर्नेहरूमा बंगलाचुली गाउँपालिका–७ बिर्खे बस्ने २७ वर्षीय पवन रोका, २० वर्षीय यम बहादुर मास्की र २७ वर्षीय विनाराम मर्साङी रहेका छन् । घटना सम्बन्धि थप अनुसन्धान भाइरहेको दाङ प्रहरीले जानकारी दियको छ ।