मोती जयन्तीका अवसरमा वृद्धवद्धाहरुलाई फलफूल

दाङ,२२ भदौ । नेपाली साहित्यको उन्नयनका लागि पृथक साहित्य गतिविधि गर्दै आइरहेको सल्यान कला साहित्य परिषद्ले २५६औं मोती जयन्तीको अवसरमा मंगलवार वृद्धआश्रममा रहेका वृद्धवद्धाहरुलाई फलफुल वितरण गरि मनाएको छ ।

घोराही उपमहानगरपालिका १६ तेरौटे दाङमा रहेको जेष्ठ नागरिक सरोकार केन्द्रमा रहेका एक्काइस जना जेष्ठ नागरिकहरुलाई आश्रमकै सभाहलमा फलफुल वितरण गरि मोती जयन्ती मनाएको हो ।
परिषद्का अध्यक्ष भरत रोकाय ’एक्सन’को सभाध्यक्षता आश्रम संचालक समिति अध्यक्ष भुपाल गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा आश्रम समितिका उपाध्यक्ष पार्वती लोहनी,व्यवस्थापक हिरा शाही, सदस्य कुल बहादुर घर्तीलगायतको सहभागिता रहेको थियो ।

सल्यान कला साहित्य परिषद् साहित्यिक गतिविधिसँगै सामाजिक कार्यहरु गर्दै आएको अध्यक्ष भरत रोकायले बताए । उनका अनुसार परिषद्ले साहित्य संस्था साहित्यिक गतिविधि मात्रै नभएर सामाजिक कार्यमा पनि योगदान दिनुपर्छ भन्ने मान्यताका साथ मोती जयन्तीका अवसरमा वृद्धआश्रममा रहेका वृद्धवद्धाहरुलाई फलपूmल वितरण गरेको हो ।

दुई जिल्लाको आत्मियता थप सुमधुर बनाएको र सल्यान कला साहित्य परिषद् जस्तै अन्य साहित्य संस्थाहरु पनि सेवामूलक हुनुपर्ने बताउदै निश्चल हृदयले आश्रममा फलफूल वितरण कार्यक्रम आयोजना गरिदिनु भएकोमा सल्यान कला साहित्य परिषद्का पदाधिकारी ज्युहरुमा र उपस्थित सम्पुर्णमा प्रमुख अथिति भुपाल गिरिले धन्यवाद ब्यक्त गरेका थिए ।