भारत हिडेका खत्री १८ दिनदेखि सम्पर्कबिहिन

  •   
  •  

दाङ २२ भदौ । बबई गाउँपालिका ७ का कमानबहादुर खत्री भदौ ४ गतदेखि सम्पर्कविहिन भएका छन् । भारतको गोहा जाने भनेर निस्केका खत्री अझैसम्म पनि परिवारको सम्पर्कमा आएका छैनन् । घरपरिवारको सल्लाहमा उनि भारतको गोहा निस्केकका थिए ।

विगत ८ वर्षदेखि उनि गोहामै होटलको शुरक्षा गार्डमा काम गर्दै आएका थिए । लकडाउन भएपछि उनि घर आएका थिए । भारतमा कोरोना संक्रमण दर घटेसँगै रोजगारीको लागि उनी पुन भारत जान भनेर निस्केको खत्रीकी श्रीमति लालमती खत्रीले बताइन । ‘होटल साहुले बोलाएपछि उहाँ घरबाट जानु भएको हो । तर गएको धेरै समय भैसक्दा पनि उहाँ काम गर्ने ठाउँमा पनि जानु भएको छैन । घर परिवारको सम्पर्कमा पनि आउनु भएको छैन’ श्रीमति खत्रीले भनिन ।

घरबाट निस्केपछि उनि आफनो दाइको घर दंगीशरण गाउँपालिकाको पोटली गएर दाजुका सम्पर्क नम्बर लिएर निस्केका थिए । उनका दाजु तिर्थबहादुर खत्री विगत वर्षदेखि भारतको चण्डीगढमा बस्दै आएका छन् । सम्पर्कविहिन खत्रीका दुई छोरा, एक छोरी र एक श्रीमति छन् । यसैविच खत्री परिवारले अपिलजारी गरेर आफना श्रीमान खोजिदिन अनुरोध गरेको छ । खत्री परिवारले भदौ १२ गतेनै ईलाका प्रहरी कार्यालय खिलतपुरमा खोजी कार्य गरिदिन प्रहरीमा निवेदन दिएका थिए । ‘

परिवारले प्रहरीमा निवेदन दिएको एक हप्ता धेरै भैसकेको छ । तर अझैसम्म सम्पर्क भएको छैन’स्थानीय तथा जिल्ला समन्वय समितिका सदस्य जक्तबहादुर बस्नेतले भने ‘प्रहरीले खोजि कार्य भैराखेको जनाएको छ ।’ घरको मुली सम्पर्क विहिन भएपछि परिवारपनि विचल्लीमा छ । सामान्य परिवारका खत्री घर व्यवहार चलाउनको लागि भारतमा रोजगारी गर्दै आएका थिए । परिवारले कतै फेला परे वा देखेमा ९८४७९४६७९८ र ९८०९७६२५३८ वा नजिकको प्रहरी कार्यालयमा सम्कर्प गरिदिन अनुरोध समेत गरेको छ ।