दाङ,२२ भदौ । बंगलाचुली गाउपालिका–१ मा नेपाली कांग्रेसका नयाँ कार्यसमिति बनेको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगर्त भएको अधिवेशनमा सर्वसहमतमा बिनो गौतमको सभापतित्वमा नयाँ नेतृत्व चयन भएको हो ।
अधिवेशनले उपसभपतिमा नाखरीम पुन र तोताराम पाण्डेय, सचिवमा भेषराज खानाल, गणेश बिश्वकर्मा, सहसचिवमा भेषराज घर्ती, इंद्रकली बिक, कोषाध्यक्ष नेत्र बहादुर घर्ति निर्वाचन भएका हुन ।
त्यसैगरी वडा सदस्यहरूमा सीतादेवी खनाल, सर्जम टमाटा, पार्बता पंन्त, विष्णु चुदरा, मधुसदन पौडेल, बिधिकादेवी गौतम, दामोदर दमाई लगायत २२ सदस्य कार्यसमिति निर्वाचित भएको हो ।
