सन्दर्भ अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवस
गोरक्ष समाचारदाता
तुलसीपुर, २३ भदौ । वनमा गिद्ध हराउँदा सिनो व्यवस्थापन चुनौती बन्दै आएको छ । यसले प्राकृतिक सन्तुलन पनि बिगारेको छ । गिद्ध हराउनुको अर्को कारण छ, वन विनास र गिद्धले उपभोग गर्ने सिनोमै समस्या । यस्तै यस्तै विचार मन्थन गर्दै हेमन्तपुरमा तेह्रौ अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवस मनाइएको छ । वन उपभोक्ता, स्थानीय वातावरणप्रेमी नागरिक तथा वन कार्यालयका प्रतिनिधि तथा नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका पदाधिकारीहरुबीच गिद्ध संरक्षणका विषयमा सोमवार दिनभरी अन्तत्र्रिmया कार्यक्रम आयोजना गरियो ।
अन्तत्र्रिmया कार्यक्रमका प्रमुख अतिथि थिए, पूर्व सभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरा । मान्छेले प्रकृतिमाथि अतिक्रमण गरिरहेकाले वातावरणीय सन्तुलन बिग्रिरहेको भन्दै दिगो विकासको अवधारणा ल्याएर प्राकृतिक सन्तुलन यथावत राख्नेगरी काम गर्न सुझाव दिए । गिद्धहरु हराउँदै जानुको प्रमुख कारण पनि वातावरणीय सन्तुलन बिग्रँदै गएकाले प्राकृतिक सन्तुलन नबिगार्न उपभोक्ताहरुलाई सुझाव दिए ।
‘गिद्ध प्राकृतिक सन्तुलनका बाहक हुन्, यदि गिद्ध भैदिएनन् भने सिनो व्यवस्थापनमै ठूलो चुनौती हुनेछ’, महराले भने । गिद्ध संरक्षणमा राज्यले नै विशेष भूमिका निर्वाह गर्नुपर्ने पनि उनको अभिव्यक्ति थियो । विश्वबाटै गिद्ध लोप हुन थालेको अवस्थामा दाङ जिल्लामा यसका विषयमा चिन्ता व्यक्त हुनु नितान्त गम्भीर एवं प्रशंसनीय काम भएको भन्दै यसमा आफूले संघीय सरकार तथा विभिन्न देशी–विदेशी निकायमा विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सचेतना कार्यक्रममा आयोजक संस्था पर्यावरण्ीाय दिगो विकाश तथा अनुसन्धान केन्द्र दाङका अध्यक्ष डिल्लीबहादुर रावतले प्रकृतिका कुचिकारका रुपमा रहेका गिद्धको संरक्षणमा सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताए । गिद्धको आहाराका रुपमा प्रयोग हुने सिनो नै अस्वस्थ भयो भने गिद्धहरु मर्नसक्ने भन्दै यसमा पनि सबै सरोकारवालाहरु गम्भीर बन्नुपर्ने उनको सुझाव थियो । गिद्धले प्रकृतिमा मरेका सिनोलाई मात्रै उपभोग गर्ने उल्लेख गर्दै गिद्धको संरक्षणमा राज्यले नै स्पष्ट नीति ल्याउनुपर्ने सुझाव दिए ।
सो अवसरमा नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका सदस्य जर्मन चौधरीले प्रकृतिको सन्तुलन कायम गर्नका लागि गिद्धहरुको पनि अहम् भूमिका रहेको उल्लेख गर्दै गिद्धका उपयुक्त वासस्थानहरुको संरक्षण गर्न र उनीहरुलाई स्वस्थकर आहारको व्यवस्थापन गर्न सबैको भूमिका अपरिहार्य रहेको बताए । संस्थाका सचिव मेनका शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसी, भुल्के सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नन्दराम रोका, संस्थाका सदस्य क्षितिज रावतलगायतले गिद्ध संरक्षणमा सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
पछिल्लो समयमा गिद्धले खाने जनावरहरु बिरामी परेको अवस्थामा डाइक्लोफेनेक औषधिको सेवन गराउन सरकारले रोक लगाएपछि कहिँकतै पशुहरुलाई यो प्रतिबन्धित औषधि खुवाउने गरेका कारण यस्ता पशुहरु गिद्धले सेवन गरेमा गिद्धको मृगौला फेल भएर निधन हुने पनि बताइएको थियो । कार्यक्रमको सहजीकरण दिपेन्द्र लामिछानेले गरेका थिए ।