शान्तिनगरमा किशोरी समुहको संयोजकमा सुनार

लक्ष्मण बस्नेत
दाङ,२१ भदौ । दाङको शान्तिनगरमा महिला तथा किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी दुईदिने तालिम आज सोमबार जुम्लेकुला मा सम्पन्न भएको छ ।

सामाजमा वातावरणीय शिक्षाको बिकास सिड संस्थाले संचालन गरेको बालबिबाह तथा लैङ्गिक हिंसा अन्त्य अभियान कार्यक्रमको आयोजना एवं आईएम स्विडिस डेभलपमेन्टको आर्थिक सहयोगमा किशोरीहरुलाई परिआउदा प्रतिकार र आत्मरक्षा गर्न सक्ने तथा हिंसा बारे चेतना जगाउने उदेश्यका साथ तालिमको आयोजना गरिएको हो ।

संवेदनशिल अंगमा प्रहार गर्दा आफू कसरी वच्न सकिन्छ,आफ्नो क्षमता आफूले कसरी पहिचान गर्ने, हिंसाका किसिमहरु के के हुन,आत्म अनुशासनमा कसरी बस्ने र परिस्थितिजन्य अबस्थामा आफ्नो बचाउ कसरी गर्न सकिन्छ भन्ने लगाएतका बारेमा प्रशिक्षण दिईएको थियो ।

गाउँपालिका स्तरका सबै वडाबाट महिला तथा किशोरी गरि ३० जना को सहभागिता रहेको तालिमको प्रशिक्षकमा पदम बस्नेत र लक्ष्मण बस्नेत रहनु भएको थियो ।

यसैबिच तालिमको समापन समरोह समाजमा वाताबरणिय शिक्षाको बिकास सिड सस्थाका कार्यक्रम संयोजक सीता बिष्टको अध्यक्षता तथा शान्तिनगर गाउँपालिका वडा न ४ का अध्यक्ष धनबहादुर केसीको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी अध्यक्ष केसीले आत्मरक्षा कला महिला तथा किशोरीका लागि मात्र नभएर आम नागरिकको रक्षामा महत्त्वपूर्ण भएको बताएका थिए ।

त्यस अबसरमा प्रशिक्षक लक्ष्मण बस्नेत,सहभागी सुष्मा सुनार, सिर्जना बोहरा,ईश्वरी घर्ती शुभकामना मन्तब्य ब्यक्त राखेका थिए । यसैबिच सोही अबसरमा सुस्मा सुनार संयोजक रहेको शान्तिनगर गाउँपालिका स्तरिय २१ सदस्यीय किशोरी समूह समेत गठन गरिएको छ ।
कार्यक्रमको संचालन समाजमा वातावरणीय शिक्षाको बिकास सिड संस्थाका सामाजिक परिचालक शारदा बस्नेतले गरेकी थिइन ।