५० वडाहरुमा मतदान, आजै मतगणना हुने

  •   
  •  

दाङ,२१ भदौ । नेपाली काग्रेसको १४ औ महाधिबेशन अन्र्तगत आज २१ गते दाङका ५० भन्दा बढी वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयनका लागी निर्वाचन भएको छ । विहान १० बजेदेखी दिउसो ४ बजेसम्म मतदानको समय तोकिएको थियो ।

तर कतिपय स्थानमा अहिले पनि मतदान भैरहेको र मतदान सकिएपछि मतगणना हुने दाङका मुख्य निर्वाचन अधिकृत प्रहलाद वहादुर कार्कीले जानकारी दिएका छन । दाङका करिब ५० वडामा सर्वसहमतीमा वडा अधिबेशन सम्पन्न भएको नेपाली काग्रेसको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अहिले पनि केहि वडामा सहमतीबाटै नेतृत्व र प्रतिनिधि चयन गर्ने प्रयास भैरहेको छ । हिजो साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेका स्थानहरुमा विहान १० बजेदेखी नै मतदान सुरु भएको हो ।

क्षेत्रिय प्रतिनिधि र वडा समिति सर्वसहमत भएका वडाका निर्वाचन अधिकृतले घोराही स्थित नेपाली काग्रेसका निर्वाचनको कार्यालयमा मत परिणाम बुझाउने क्रम सुरु भएको छ । वडा भन्दा माथिल्ला तहको निर्वाचनमा मतदाता हुनका लागी वडा तहबाट प्रतिनिधिको रुपमा निर्वाचित भएको हुनुपर्ने भएकाले वडा तहको अधिबेशनलाई निकै महत्वपूर्ण मानिन्छ ।