कांग्रेस महाधिवेशन : ५० प्रतिशत बढी वडामा सर्वसम्मतिमा नेतृत्व चयन

  •   
  •  

गोरक्ष समाचारदाता

दाङ, २० भदौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत दाङमा वडा अधिवेशन सुरु भएको छ । प्रतिनिधि मनोनयनकै दिन अधिकांश वडाहरूमा निर्विरोध रूपमा प्रतिनिधि चयन भएको निर्वाचन अधिकारीहरूले जनाएका छन् ।

उम्मेद्वारी दर्ता गरेकाहरूमध्ये नयाँ नेतृत्वका लागि अधिकांश वडाहरूमा उम्मेद्वारी दर्ता भए पनि केही वडाहरूमा सर्वसम्मतिमै नेतृत्व चयन भएका छन् । केही वडाहरूमा अझै पनि सम्मतिका लागि प्रयासहरू भइरहेका छन् । सम्भवतः सोमवार बिहानसम्म अरू थप वडाहरूमा निर्विरोध रूपमा प्रतिनिधि चयन हुने अपेक्षा गरिएको छ ।

जिल्लाका १० पालिकाका एक सय वडाहरूमध्ये करिब ५० वडाहरूमा सर्वसम्मतिमै नेतृत्व चयन भएको छ । अन्य केही वडाहरूमा पनि सर्वसम्मतिमा नेतृत्व चयन हुने बताइएको छ । यद्यपि निर्वाचन समितिले आधिकारिक पुष्टि भने गरेका छैनन् । नयाँ नेतृत्व चयनका लागि घोराही उपमहानगरपालिका ९ वटा वडाहरूमा सभापतिलगायतका विभिन्न पदहरूमा सर्वसम्मतिमै नेतृत्व चयन भएको छ ।

जसमा नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं. १ को सभापतिमा महेन्द्र घर्ती, वडा नं. २ को सभापतिमा नारायण थापा, वडा नं. ६ मा धनबहादुर पुन, वडा नं. ७ मा कर्णबहादुर बुढाथोकी, वडा नं. ८ मा कुलप्रसाद रजौरे (श्रवण), वडा नं. १४ मा टेकबहादुर बिसी, वडा नं. १५ मा सुनिलकुमार देवकोटा, वडा नं. १६ मा राजीव पछाई र वडा नं. १९ मा ज्ञानबहादुर रायमाझीसहित वडा कार्यसमिति, क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मतिमै चयन भएका छन् । घोराहीका अन्य वडाहरूमा सर्वसम्मतिमा नेतृत्व चयन हुन नसकेपछि नेतृत्व चयनका लागि मतदान हुने भएको छ ।

यसैगरी तुलसीपुरका विभिन्न ८ वटा वडामा सर्वसम्मतिमा नेतृत्व चयन भएका छन् । तुलसीपुर उपमहानगरपालिकाको वडा नंं १, ४, ६, ७, १२, १०, १८ र १४ मा सहमतिमा सर्वसम्मतिमै नेतृत्व चयन भएका हुन् । जसमा वडा नंं १ मा वडा सभापतिमा निर्मलकुमार आचार्यसहित सबै वडा समिति र क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मतिमा चयन भएका छन् । त्यस्तै वडा नंं ४ मा पनि नन्दलाल पुन सभापति सहित वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू निर्विरोध चयन भएका छन् ।

वडा नं. ६मा प्रताप केसी, वडा नंं १२ मा भरत लामिछाने वडासभापति, वडा नं. १० मा यमराज केसी वडासभापति, वडा नंं १८ मा वीरेन्द्र खड्का र वडा नंं १४ मा शंकर खड्का सभापतिमा निर्विरोध निर्वाचत भएका छन् भने अन्य ईकाई कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू पनि निर्विरोध निर्वाचित भएका छन् । वडा नम्बर ७ मा पनि सभापति ओमबहादुर वलीसहित सबै प्रतिनिधिहरू निर्विरोध निर्वाचित भएको बुझिएको छ । वडाहरूमा निर्विरोध नेतृत्व चयन भए पनि त्यसको आधिकारिक घोषणा भने आज सोमवार हुनेछ ।

यस्तै शान्तिनगर गाउँपालिका वडा नं. ६ को सभापतिमा एकराज वली, बबई गाउँपालिका वडा नं ७ को सभापतिमा महादेव केसी, ३ मा सभापतिमा प्रेम नकबा र दंगीशरण गाउँपालिका वडा नं. ७ मा पनि निर्विरोध नेतृत्व चयन भएको बताइएको छ ।

यस्तै लमही नगरपालिकाका–७ वटा वडाहरूमा सर्वसम्मतिमै नेतृत्व चयन भएको छ । जसअन्तर्गत् वडा नं. २ को ईकाई सभापतिमा कालीचरण चौधरी, वडा नं. ४ को ईकाई सभापतिमा मनिराम चौधरी, वडा नं. ५ को सभापतिमा नेत्रसिंह ठकुरी, वडा नं. ६ को सभापतिमा ज्ञानप्रसाद चौधरी, वडा नं. ७ मा शालिकराम चौधरी, वडा नं. ८ मा यादवनाथ योगी, वडा नं. ९ मा लीलाधर खड्का सभापतिलगायतका कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मतिमै चयन भएका छन् ।

केही वडामा सहमति भए पनि कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरूमा हुनसकेको छैन । वडा नं. १ र ३ मा सहमति हुन नसकेपछि नयाँ नेतृत्व चयनका लागि आज सोमवार मतदान हुनेभएको छ ।
यसैगरी देउखुरीको गढवा गाउँपालिकाका ५ वडाहरूमा पनि सर्वसम्मतिमै नेतृत्व चयन भएका छन् । प्राप्त जानकारी अनुसार गढवा गाउँपालिका–१ को ईकाई सभापतिमा दीपेन्द्र श्रेष्ठ, वडा नं. २ मा जनकमान चौधरी, वडा नं. ३ मा शिवकुमार चौधरी, वडा नं. ५ मा देवराज कुवँर, वडा नं. ६ मा हुकुमराज यादवलगायत कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मतिमै चयन भएका छन् । अन्य वडाहरूमा सर्वसम्मति हुनसकेको छैन ।

यसैगरी राप्ती गाउँपालिका वडा नं. ३ मा श्रीधर खत्रीलगायतका कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मति ईकाई सभापतिमा निर्वाचित भएका छन् । अन्य वडाहरूमा हुनसकेको छैन । यसैगरी राजपुर गाउँपालिका वडा नं. ७ को ईकाई सभापतिमा खिमसिंह रानालगायतको कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मतिमै चयन भएको छ भने अन्य १,२,४,५,६,वडाहरूमा पनि सर्वसहमतिमै नेतृत्व चयन भएको छ ।

सर्वसम्मतिमा नेतृत्व चयन हुन नसकेका वडाहरूमा आज सोमवार मतदान हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नयाँ नेतृत्व चयनका लागि आज मतदान बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ ।

यसैबीच नेपाली कांग्रेसले बंगलाचुलीका ८ वटै वडाहरूमा सर्वसम्मतिमै नेतृत्व चयन गरेको छ । १४औँ महाधिवेशनअन्तर्गत् हुनलागेको अधिवेशनमा गाउँपालिकाका ८ वटै वडाका ईकाई सभपातिलगायतका कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरूमा सर्वसम्मतिमै नेतृत्व चयन गरेको हो ।
जसअन्तर्गत वडा नं. १ को सभापतिमा विनोद गौतम, वडा नं. २ को सभापतिमा मैते पुन, वडा नं. ३ को सभापतिमा गिरिराज डाँगी, वडा नं. ४ को सभापतिमा शिवराज परियार, वडा नं. ५ को सभापतिमा केशव जिसी, वडा नं. ६ को सभापतिमा हिरालाल घर्ती, वडा नं. ७ को सभापतिमा तेजबहादुर केसी र वडा नं. ८ को सभापतिमा ज्ञानबहादुर वली सर्वसम्मतिमै ईकाई सभापतिमा चयन भएको नेपाली कांग्रेस बंगलाचुलीका ईकाई सचिव बलदेव मल्लले जानकारी दिएका छन् ।

उनका अनुसार सम्पूर्ण वडाका ईकाई सभापतिसँगै कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मतिमै चयन भएका छन् । सर्वसहमति रुपमा नेतृत्व चयन हुन नसकेका जिल्लाहमा आज मतदान हुदैछ ।