विकासका नाममा जनता लुट्ने नेताहरू

भूपेन्द्र सुवेदी

आपतमा परेकाछन् दीन–दुःखी अनि घरबारविहीनहरु
बगेर सोत्तर बनिसके विकासे कामका ती मिहिनहरु
सभ्य र भव्य कथा सुनाएर नथाक्ने डोजरे नेताहरु
फुस्किसके सडक, उद्योग अनि विकासे फेटाहरु

तिम्रो विकासको बाटो, घरभित्रै पहिरो पस्ने
भन न ए नेता हो अब जनता कहाँ बस्ने ??
राहत अनि सहयोगको मौलाउँछन् पात पनि
ती नेताहरुलाई हृदयदेखि नै धन्यवाद पनि ।।

नेपालमा हँुदै आएका विकासको कारण बिनास पनि सँगसँगै दौडिएको अवस्था छ । विकास भन्दा बिनास चौगुणाले वृद्धि हुँदैछ । बिगतको विकासको कुरा आज निकाल्दा विकास विरोधी पनि भनिन्छ । तर ठिक छ मत–अभिमत राख्ने नैसर्गिक अधिकार पनि हो पक्कै राख्न पाइन्छ होला ? पछाडि फर्केर हेर्नु हुँदैन भन्नेहरुको संख्या पनि कम छैन होला ? तर पुरानो इतिहास बोकेका अग्रजहरुको जिज्ञासा पनि हामीलाई ठिकै हो भन्नेमा दुईमत छैन होला । किनभने उहाँहरुको बुझाइ र भोगाइमा सत्यता नै देखिन्छ ।

स्व.राजा महेन्द्रले दश वर्षमा खोलेका विकासका महत्वपूर्ण विषयवस्तुहरु र त्यो अवस्थाको आर्थिक अभावका बाबजुत नेपाल भन्ने मात्र काठमाडौंलाई मात्र बुझिन्थ्यो र नेपालबाट नेपाल हुँदै काठमाडौं मात्र नभयर पूर्व मेची र पश्चिम महाकाली पुग्नलाई भारतको १० देखि १२ नाकाको प्रवेसबाट मात्र जाने अवस्थाको अन्या उनै राजा महेन्द्रको कार्यकालमा पूर्व पश्चिम राजमार्गको अवधारणले हामी नेपालदेखि लेपाल हुँदै जान पाएको हामी सामू इतिहास छाडेर गएका छन्, राजा महेन्द्रले । तर त्यही त्यति नै १० वर्षे जनयुद्धले के–के विकास ग¥यो ?

हामी सामू त्यो पनि इतिहास बनेर बसेको छ, जस्मा कति गाविस भवन, कति पुल, कति सरकारी भवन ध्वस्त भए ? कति नागरिकले अनाहकमा ज्यान गुमाए ? कति बालबालिका टुहुरा भए ? कति महिलाहरुको सिन्दुर पुछियो ? कति बलात्कार भए कतिको सम्पत्ति लुटियो ? खाली परिवर्तनको नाममा राम्रो खाली ठूला कहलिएका नेताहरुलाई मात्र भयो अन्य उही सँगै हिड्ने नेताहरुको सुरक्षा दिनेहरुको अवस्था आज दयनीय छ तर केको विकास भयो नेपालमा केवल हिन्दूहरुको अस्तित्व मेटाएर क्रिश्चियनको झोले बनाइएको छ, खाली पश्चिमाहरुको इसारामा आज नेपाल राष्ट्रकै वदनाम हुँदै गएको छ ।

देशमा १० वर्षमा महेन्द्रले खोलेका २५, २६ वटा करकारखाना उद्योगहरुलाई संरक्षण गर्दै राखेको भए नेपाली युवाहरु विदेसीको गुलामी गर्नुपर्ने थिएन कि ? तर ती कलकारखाना, उद्योगहरु कौडीको भाउमा निजीकरण गर्दै विक्री भएर छिमेकी देश भारतमा पुगेका छन । यहाँ उनै उद्योगमा नोकरी गर्नेहरुले स्वयम् भन्छन् भृकुटी कागज कारखाना महेन्द्रको आग्रहमा चीनले निर्माण गरिदियो र त्यहाँ काम गर्नका लागि तालिम समेत चीनले नेपालीलाई झिकाएर तालिम दिएको बताउँछन् ।

त्यस्तै गलैँचा उद्योग, बाँसबारी छाला जुत्ता, कारखाना, साझा बस, गोरखकाली टायर, उद्योग, हेटौडाको कपडा उद्योग, चिनी कारखाना जस्ता ठूला उद्योगको हालत कसले किन यस्तो गरायो होला ? दाङकै कोही मित्रहरु हुनुन्थ्यो चीनी मिलको जियम बनेर नोकरी गर्ने त्यस्तै अन्य धेरै व्यवत्तित्वले काम पाउनुभयो थियो भने देशको विकासमा धेरै आर्थिक लाभ भएको थियो भन्छन् हाम्रा पुराना अग्रजहरुले ।

यसैमा आज जोड्दै थिए, नयाँ परिवर्तनले ल्याएको विकासले नरसम्भारका रुपमा हिमाल, पहाड, तराई, समेतमा हुन गइरहेको पहिरो बाढी, डुबानबाट मध्यपहाडमा रहेका केही जिल्लाको बस्तीको पहिरोले विनास हुनुमा मात्र सीमित रहेन कतिदेखि गरिब जनताले आफ्नै घरमा सुतिरहेको अवस्थामा ज्यान गुमाएका छन् । तराई क्षेत्रमा पहाडबाट आएको भिषण बाढीपहिरोको भल तराईमा प्रवेश गर्दा नदी छेउछाउमा बसेको बस्ती नै सखाप पारेको अवस्था छ ।

त्यहाँ कति नागरिकको ज्यान गयो कति पशुचौपायाको मृत्यु भयो, कति खेतीयोग्या जमिन नदीमा परिवर्तन भएका छन् ? नयाँ परिवर्तनको कोसेली यही हो त ? यसको संरक्षणको पाटोको खोजी नगरी हँचुवाको भरमा गाउँगाउँमा सडक पु¥याउने चुनाबी घोषणाको सर्तनाममा सबै स्थानीय सरकारमा आसिन हुने धरैजसो नेताहरुकै डोजरको आतंकबाट बिना वायोइन्जिनियरिङ सडक खन्ने, ढुङ्गा निकाल्ने, माटो विक्री गर्ने, ढुङ्गा विक्री गर्नेजस्ता उद्योकको कारण नेपालको अधिकांश भागमा आएको बाढीपहिरो डुबानले ग्रस्त जनताले पाएका छन्, नेताहरुले गरेको चुनावी घोषणापत्रमा सडक, बत्ती, खानेपानी, घर–घरमा पु¥यााउने सर्तनामको परिणाम आफै भोग्नुपरेको छ ।

सरकारले पहाडको टुप्पोमा बसेका २÷४ घरको नाममा वनजंगल, विनाश हुने गरी डोजर लगाएर त्यहाँ २÷४ घरमा सडक पु¥याउनुभन्दा ती २÷४ घर जनतालाई त्यहाँबाट स्थानान्तरण गरेको भए यस्तो जोखिमबाट जोगाउन सकिन्थ्यो होला ।अब पनि यसैगरी जथाभाबी डोजर लगाएर सडक, ढुङ्गा गिट्टी, बालुवाको खेती गरेका देसैभरिका वडाध्यक्षहरुको क्रियाकपलापले नेपालमा बाढी पहिरोको कारण आजको अवस्था आएको हो । यस्तै गर्दै जाने हो भने आगामी वर्षको वर्षातमा अझ बाढी पहिरोको स्थिति आपतकालीन अवस्था आउनेछ ।

देशको वातावरण सुरक्षाको कारण देशविदेशबाट भित्रिने पर्यटक, आन्तरिक पर्याटकहरुको आगमनबाट देशको विकास गर्ने एकातिरको सरकारको सोच छ भने अर्कोतिर ठिक उल्टो बाटा भू तथा पर्यावरण संरक्षणको साटो वातावरण विनाश र जैविक विविधताको ह्रास हुने योजनाबद्ध तरिकाले स्खलन हुँदैछ । पर्यावरणको विकास हुनलाई वातावरण सुधारको माध्यमबाट मात्र देशको विकास हुन्छ होला ? आजको व्यवस्था कहालीलाग्दो देखिन्छ ।

अनुशासन, इमानदारी, मानमर्यादा, संस्कार, संस्कृति, धर्म, कर्म भन्ने शिक्षा विज्ञहरुले नै बिर्सिए जस्तो छ । आजको शिक्षामा भएका आएका विकृतिको परिणाम हामी भोग्दै छौँ । अझ नेपालमा भित्रन लागेको भन्ने क्रिश्चियन पादरीहरुको एमसीसी भित्रिने हो भने नेपालको संविधान नै नमान्ने र अमेरिकाले ल्याएको विकासको नाममा आएको योजनामा नेपाली कानुन लागू गर्न नपाउने उसले आफै नै देशको कर्मचारी परिचालन गर्ने जस्ता विरोधाभासको एमसीसी किन चाहिएको होला हाम्रा नेताहरुलाई ?