शान्तिनगरमा महिला तथा किशोरीहरुलाई आत्मरक्षा तालिम

लक्ष्मण बस्नेत
तुलसीपुर,२० भदौ । महिला तथा किशोरीहरु लाई आत्मरक्षा सम्बन्धी तालिम आज आईतवारदेखि शान्तिनगर गाउँपालिका को जुम्लेकुलामा सुरु भएको छ ।
सामाजमा वातावरणीय शिक्षाको बिकास सिड संस्थाले संचालन गरेको बालबिबाह तथा लैङ्गिक हिंसा अन्त्य अभियान कार्यक्रमको आयोजना एवं आईएम स्विडिस डेभलपमेन्टको आर्थिक सहयोगमा संचालित तालिम दुई दिनसम्म चल्नेछ ।

किशोरीहरुलाई परिआउदा प्रतिकार र आत्मरक्षा गर्न सक्ने तथा हिंसा बारे चेतना जगाउने उदेश्यका साथ आयोजना गरिएको तालिममा संवेदनशिल अंगमा प्रहार गर्दा आफू कसरी वच्न सकिन्छ,आफ्नो क्षमता आफूले कसरी पहिचान गर्ने ? ,हिंसा का किसिमहरु के के हुन ? आत्म अनुशासनमा कसरी बस्ने र परिस्थितिजन्य अबस्थामा आफ्नो बचाउ कसरी गर्न सकिन्छ भन्ने लगाएतका बारेमा प्रशिक्षण दिईनेछ ।

गाउँपालिका स्तरका सबै वडाबाट महिला तथा किशोरी गरि २५ जना को सहभागिता रहेको तालिमको प्रशिक्षकमा पदम बस्नेत र लक्ष्मण बस्नेत रहेका छन् । यसैबिच तालिमको उद्घाटन समाजमा वाताबरणिय शिक्षाको बिकास सिड सस्था अध्यक्ष भागीराम चौधरीको अध्यक्षता तथा शान्तिनगर गाउँपालिका वडा न ४ का अध्यक्ष धनबहादुर केसीको प्रमुख आतिथ्यमा भएको थियो ।

तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी अध्यक्ष केसीले आत्म रक्षा कला महिला तथा किशोरीका लागि मात्र नभएर आम नागरिकको रक्षामा महत्त्वपूर्ण भएको बताएका थिए । आफूसंग भएको सिप,स्रोत र साधनको प्रयोगमा आफ्नो रक्षा आफै गर्न सक्ने कला आत्मरक्षा कला भएको भन्दै उनले सिकेको सीपलाई व्यवहार तहमा लागू गर्न र सबैमा यसको महत्त्व लाई बुझाउन आवश्यक रहेको बताएका थिए । कार्यक्रम संयोजक सीता बिस्टले प्रकाश पारेकी थिइन । समाजमा वातावरणीय शिक्षाको बिकास सिड संस्थाकी सहजकर्ता सिवा कवरको स्वागत रहेको कार्यक्रम को संचालन संस्थाकी सामाजिक परिचालक शारदा बस्नेतले गरेकी थिइन ।