राजनीति स्वच्छ कसले बनाउने ?

विनोद पोख्रेल
२००७ साउन १४ गते

हिजोको समाचारले पनि सन्तुष्टि दिन सकेन । सत्तासिन पार्टी फुट्यो । दुईवटा अध्यक्षमध्ये एउटाले स्थायी समितिको बैठक स्थगित गरे । अर्कोले आफ्नो अध्यक्षतामा बैठक बसाले । स्थगित गर्ने अध्यक्षलाई बोलाउन जाँदा पनि उनले आफू नजाने प्रष्ट उत्तर दिए । अझै घोषणा त भएको छैन । घोषणा नहुँदासम्म मिल्नसक्ने कुनै न कुनै सम्भावना रहन्छ तर जसरी गतिविधिहरु अघि बढेका छन् ती सकारात्मक भएजस्तो देखिँदैनन् । झट्ट हेर्दा कतिलाार्य सत्ताको हतारजस्तो पनि देखिन्छ ।

तर यो सत्ताको हतारमात्र होयन जस्तो लाग्छ । इतिहास दोहो¥याउने प्रयास हुन लागेको जस्तो छ । फेरि सत्ता या त जनताको हातबाट खोसेर कुनै व्यक्तिको परिवारको जिम्मा लगाउने या त सधैँ कमजोर बनाएर आफ्नो प्रभाव पार्ने रणनीति अनुसार कामहरु भइरहेको जस्तो लाग्छ । यति बलियो सरकारले व्यक्तिलाई चित्त बुझाउन नसके पनि केही अलि गम्भीर र सकारात्मक कामहरु गर्ला भन्ने सोच बनाएको बेला पाँच वर्षको समयावधि समेत पूरा गर्ने नगर्नेमा सीमित हुनुपर्नु चिन्ताकै विषय हो ।

प्रतिपक्ष यति कमजोर र भएको बेला आफै बलियो प्रतिपक्ष बनेर वा बनाएर पनि सत्ता यति कमजोर हुनसक्छ भन्ने एउटा उदाहरण भएको छ, अहिलेको यो गतिविधि । मैले राजनीतिक दलहरुमा हुने यस्ता हलचललाार्य सामान्य रुपमै लिने गरेको छु । सत्तालाई लक्ष्य बनाएर मिलेको दलहरु अथवा समूहहरुको स्वार्थ धेरै कुरामा मिल्दैन । स्वयम् सत्तामै पनि मिल्दैन । त्यहाँ पनि व्यक्तिको संख्याको कार्यशैलीको र व्यावहारिक रुपमा । त्यस्तै गुटको अस्तित्व कहिल्यै सकिँदैन । जुन प्रक्रियाबाट स्थापित भए पनि नेतृत्व सर्वमान्य हुन सक्दैन । नेतृत्वले विश्वास पाउन पनि सक्दैन र खास केही गरेर विश्वास जित्न पनि सक्दैन । यस्तो दलहरु अराजकहरुको समूह मात्रै रहन्छन् । त्यहाँ अनुशासन पनि हुँदैन ।

अनुशासन नै नभएको समूहबाट न त जिम्मेवारीको अपेक्षा गर्न सकिन्छ न त इमानदारीको । सत्ता प्राप्तिलाई लक्ष्य बनाएकाहरुमा सत्ता संघर्ष स्वाभाविक हो । त्यहाँ अरु कुरालाई फुर्सद पनि हुँदैन, ध्यान पनि हुँदैन । संगठनलाई बलियो बनाउन अनुशासन र जिम्मेवारी बढी चाहिन्छ । त्यसका लागि आपसी विश्वास र आपसी सद्भाव आवश्यक पर्छ । राजनीतिक संगठनहरुमा यी कुराहरुको आधार भनेको स्पष्ट विचार र स्पष्ट लक्ष्य हो । यहाँको राजनीतिको न त केही स्पष्ट लक्ष्य नै छ न त कुनै स्पष्ट र ठोस विचार नै छ ।

एकपछि अर्को गल्ती गर्दै जाने अनी त्यसको परिणामको मतलव समेत नराख्ने, आफू जसरी हुन्छ सत्तामा पुग्ने सोच र आफूले जे सोच्यो वा जे ग¥यो त्यही मात्र ठिक भन्ने सोच राजनीतिका लागि घातक हुने गर्दछ । त्यसमा पनि आफ्नै सोच मात्रै लाद्ने हठी प्रवृत्तिको शिकार भएकाहरुको हातमा नेतृत्व गयो भने संगठनहरु पनि डुब्छन् र देशले पनि यसको दुष्परिणाम भोग्न वाध्य हुनुपर्छ । म त कतिसम्म प्रष्ट छुँ भने सत्तामोहमा नेतृत्व केन्द्रित नहुने हो भने वाह्य प्रभाव वा विदेशी चलखेल वा हस्तक्षेप भन्ने शब्दहरु पनि हराएर जान सक्दछन् ।

आफ्नो व्यक्तिगत वा वैचारिक कमजोरी स्वीकार गर्नै नमान्ने जनताको निर्णयसँग सहमत हुन नसक्ने जसता चरित्रले संगठन बलिया हुन पटक्कै हुन सक्दैनन् । आजको नेपालको भोगाइ यही हो । यो रोगको विकल्प देखिएको छैन । किनभने केन्द्रीय सत्तामा पुगेका सबै दलको गतिविधि योभन्दा बाहिर जस्तो लाग्दैन । केही शक्तिहरु यिनको विकल्पको रुपमा आउने प्रयास गरे पनि जनताले उनीहरुलाई विश्वास गर्ने वातावरण बनाउन सकेका छैनन् । उनीहरुले यिनको कमजोरी जनता सामू राख्न त सकेका छन् तर विकल्प बन्नसकेका छैनन् ।

विकल्प बन्न जनताको विश्वास जित्नुपर्छ । यिनीप्रति नकारात्मक सोच भएका मनले पुग्छ भन्ने सोच गलत हो । त्योभन्दा पनि आफू मतदान गर्दा स्वतन्त्र नहुने नेपाली चरित्र नै बनेको छ । यहाँ मतदान वाध्यता वा नकारात्मक प्रतिक्रियाको भरमा गरिन्छ । राजनीतिलाई स्वच्छ बनाउने प्रयास गर्ने कोही भएन ।

२०७७ साउन १५ गते

आजभोलि कांग्रेस पनि केन्द्रीय तहमा अलि सक्रिय छ । कुनै न कुनै ठाउँमा धेरै कांग्रेसीहरुको नाम आइरहेको छ । विभाग पूरा गर्ने नाममा देखि ज्येष्ठ नागरिक छुट्याउने नाममा केन्द्रीय तहले धेरैलाई सम्झेको जस्तो गरेको छ । पूरै अवधि सकेर थपिएको अवधिमा यो काम भइरहेको छ, त्यो पनि महाधिवेशनको तिथि तोकिसकेपछि ।

यही विषयलाई लिएर आजभोलि बढी प्रयोग हुने शब्द प्रयोग गर्ने हो भने संस्थापन इतर समूहले आफ्नो असहमति पनि राख्दै आएको छ । हिजो त लिखित रुपमा नै विरोध जनाउने निर्णय पनि भएको समाचार आएको छ । यता जसको नाम जुनकुनै विभागमा राखिएको छ उनीहरुलाई बधाई दिनेको पनि कमी छैन । त्यस्तै ठाउँ पाएकाहरुमध्ये मैले जति भेटेको वा बुझेको छु उनीहरु पनि खुसी नै छन् । तोकिएको समयमा महाधिवेशन गर्ने हो भने फागुनमा हुनुपर्ने हो । अवधि त पहिले नै सकिएको हो तर कांग्रेसमा एउटा गलत परम्परा स्थापित भएको छ । एक वर्ष त सामान्य रुपमा पर सार्ने, अहिले त कोरोना पनि निहुँ बन्यो ।

पूरा अवधि र थपेको आधा समयमा नभएका कामहरु धमाधम हुन थालेका छन् । यिनै काम समयमा गर्न कांग्रेस नेतृत्वलाई केले छेक्छ त्यो मैले बुझन् नसकेको विषय हो । असहमत हुनेहरुको दाबी महाधिवेशनको मिति तोकिसकेपछि आचारसंहिता लागू हुन्छ र त्यस अवधिमा महाधिवेशनलाई प्रभाव पार्ने सायद गलत प्रभाव पार्ने काम गर्नु हुँदैन भन्ने हो । यो दाबी पनि आफैमा उचित नै जस्तो लाग्छ । अहिले गरेको नियुक्तिको अवधि ६÷७ महिनाकै लागि मात्रै हो । साच्चै विभागहरु पूरा गर्ने नियत भए यस्तो समयमा आफ्नो मत बढाउने प्रयासको रुपमा गर्नुपर्ने नै थिएन ।

अहिले मनोनित भएकाहरुको मत आफूलाई स्थान दिनेप्रति आभार व्यक्त गर्न पनि त्यसतर्फ आकर्षित हुनसक्छन् । मेरो आफ्नो विचार राख्ने हो भने महाधिवेशनजस्तो एक प्रकारले संगठनको सबैभन्दा ठूलो काम विधानले तोकेकै समयमा हुनुपर्ने हो । समयमा महाधिवेशन समेत गराउन नसक्ने नेतृत्वलाई कसरी सफल र सक्षम मान्ने भन्ने प्रश्न मेरो मनमा सधैँ रहन्छ । संकटकालमा पनि निर्वाचन आयोगले तोकेको समयभित्र महाधिवेशन भएको हो । पार्टी प्रतिबन्धित हुँदा मात्रै र नेतृत्व समेत या त विदेशमा या त जेलमा हुँदा यो नियम लागू नभएको हो ।

त्यस्तो समयलाई नजीर बनाएर समयमा महाधिवेशन नगराउनु अक्षमता, बद्नियत, कुर्सीलोभ जे भने पनि हुन्छ । अहिले आएर सम्पूर्ण ध्यान महाधिवेशन गर्नलाई लगाउनुपर्ने हो । यसका लागि सक्रिय सदस्यको अपडेटदेखि स्थानीय तहमा अधिवेशनहरु गर्दै जानुपर्ने हो । यसलाई प्रशस्त समय लाग्छ । यस पटकको अधिवेशन संघीय धारणा अनुसार हुने भएकोले केही फरकको अवश्य हुन्छ । त्यसलाई पनि केही समय दिनैपर्ने हुन्छ । यता कोरोना बढ्ने लक्षण देखिएको चर्चा छ । त्यसकारण पनि अहिले फिल्डकाले अलि बढी गर्नसके मात्रै समयमा अधिवेशन गर्न सजिलो हुने हो ।

अहिले आएर चार या पाँच वर्ष पहिले गरिनुपर्ने काम ५ महिनाको लागि भए पनि यति महत्व दिएर गर्नुको केही मतलव भए जस्तो लाग्दैन । पार्टीलाई विभाग चाहिने हो भने विभागले काम गर्ने समय त हुनुपर्ने हो । पार्टी नेतृत्वले विधानमा जे लेखे पनि विभागको आवश्यकता कहिल्यै महसुस गरेन । भ्रातृसंगठनलाई समेत कमजोर मात्रै होइन यति सुसुप्त बनाएर राखेको छ कि यिनी केन्द्रीय नेतृत्वको दया र निर्देशनमा मात्र अस्तित्व प्रदर्शन गर्न सक्ने भएका छन् । यस्तोमा भर्ती केन्द्रजस्तो मानिसलाई आकर्षणका लागि नाम राखिदिन आफैमा तीतो भाषामा नौटड्ढी बाहेक केही हुन स्क्देन । कतिको त महत्वाकांक्षा बढाइदिने काम समेत हुनसक्छ । यस्ता गतिविधिले संगठनलाई अझ बढी कमजोर गराउने निश्चित छ ।