कोरोना भाइरस भगाउने कसले ?

युवराज शर्मा
कोभिड-१९ ले फैलाएको नोभेल कोरोना भाइरस महामारी सरुवा रोग भयो । यो रोगले नेपालभरका जिल्लाहरुमा भएका नागरिकलाई सतायो । नेपालमा यस्तो रोग हवाइजहाज चढेर आउने व्यक्तिले भिœयाए र फैलाए पनि । त्यस समयमा नेपाली डाक्टरहरुलाई यो रोगको राम्रो ज्ञान थिए । पछिल्लो पटक भारतमा यो रोगले धेरैलाई पकड्यो । भारतीय सरकार आत्तियो । त्यहाँका कलकारखानाहरु सरकारले बन्द गर्नुपर्यो ।
त्यहाँ काम गर्न नेपाली मजदुरहरु घर फर्कन थाले । उनीहरुसँग कोरोना भाइरस पनि नेपाल भित्रियो । नेपाली डाँडाकाँडाहरुमा बसेका नेपालीमा केरोना भाइरस फैलियो । यसरी फैलनुको कारण नेपाल भारत सीमा खुला भएर हो भने आवतजावत गर्नेहरुको सीमा क्षेत्रहरुमा स्वास्थ्य परीक्षण गरिएन । रोगीहरुको समयमा उपचार भएन, किनकि नेपाल शिक्षा, स्वास्थ्य र कृषि व्यवसायमा १९९७ सालदेखि कमजोर बन्दै आयो । राजनीति गर्नेहरुले व्यक्तिगत स्वार्थमा रमाउँथे । निर्वाचन समयमा गाउँलेहरु घरघरमा पुग्थे । आफूलाई भोट माग्थे । तर चुनाव जितेपछि मतदातालाई बिर्सन्थे ।
आफूले गरेको वाचालाई झुठो बोली बोलेको देखाउँथे । यस्ता नेताहरुले कोरोना रोकथाम गर्ने नीति बनाएनन् । कोरोना भाइरस भगाउने सजिलो तरिका प्रमुख जिल्ला अधिकारी र प्रहरीहरु देखिए । उनले लकडाउन र निषेधाज्ञा लागू गरेर नागरिकलाई हिड्डुल गर्न, यातायात चलाउन र व्यापार गर्न बन्द गरेर आर्थिक, सामाजिक र मानसिक समस्या बढाएका थिए । नेपालमा फैलिरहेको कोरोना भाइरस नियन्त्रण गर्ने प्रजिअ र प्रहरीहरु भएपछि राजनीति गर्ने राजनीतिक दलहरुले जुलुस, नारा, सभासम्मेल गर्न छुट भयो । उनीहरुको राजनीतिक अन्तरकलह बढ्दै गयो । उनीहरु कुर्सी र पदका लागि संघर्षमा थिए ।
प्रधानमन्त्री पदको कुर्सीले कलह बढ्यो । तर कोरोना नियन्त्रणमा ध्यान गएन । नेताहरु स्वार्थी र लालची हुन्छन् भन्ने सन्देश दिइरहेका थिए । कोरोनाको भयावह रुपले नागरिक मरिरहेको अवस्था थियो । अक्सिजन नपाएर धेरै नागरिक क्वारिन्टाइन बसेकै बेला अस्पतालमा मृत्यु वरण गरे । यसतर्फ राजनीतिज्ञहरुको ध्यान गएको थिएन । सरकारमा भएकाहरुले कुर्सी बचाउको खेलमा समय बिताउँथे । नागरिकको स्वास्थ्य रक्षा गर्ने जिम्मेवारी देखाउन सकेका थिएनन् । उनीहरुको अभिभावकत्वलाई स्वीकायर्नसकेका थिएनन् ।
सबेले कोरोना भगाउने प्रजिअ र प्रहरीहरुको दायित्व भन्थे । रोगको डरभन्दा भोकको समस्या नागरिकमा बढ्दो भयो । साँझबिहानको छाक टार्नका लागि काम गर्न नपाएर श्रमिकवर्गमा पीडित थिए । तर नेताहरुले चार-पाँचतारे होटेलहरुमा मोजमस्तीमा रमाउँथे । ठूलाबडा व्यक्तिका गाडीहरु रुकेनन् । खाद्य व्यापारीहरुले मनखुसी मूल्य कायम गर्थे । कमाउ खाउ भन्ने वातावरण बनेको थियो । सबैले भन्थे कोरोना भगाउने प्रजिअ र प्रहरीहरु मात्र देखिएका थिए । सत्ता परिवर्तनको महत्व दर्शाउने नेताहरुले नागरिकको जीवन रक्षा गर्न पछि परेका थिए । विभिन्न देशहरुले ोपको विकास गरेर नागरिकको रक्षामा थिए । त्यस्ता देशहरुबाट खोपको भीक्षा माग्न पनि नसक्ने नेता नेपालमा देखिए ।
अन्त्यमा राष्ट्रपतिबाट माग गरेका खोपहरु नेपाल भित्रिए पनि वितरण गरिएका कतिपय वडाहरुका वडाध्यक्षहरुले लक्षितवर्गलाई खोपबाट वञ्चित गराएको खबरहरु समाचारमा आएका थिए । यस्ता लाजको मर्दो काम गर्न पनि पछि परेनन्, जनप्रतिनिधिहरु । के यही हो समाजवाद ? सबैका जनजिभ्रोमा बोलिरहन्छन् । यस्तो वातावरण भएपछि गणतन्त्र ल्यायौँ भन्नेहरुले देशमा मनपरीतन्त्र फैलायौँ भन्नुपर्छ । तर नेपाली नेताहरु कुर्सी र पदका लागि अन्तरकलह गरिरहन्छन् । कोरोना रोकथाममा ध्यान दिँदैनन् । यसले नागरिकमा राजनीतिक व्यक्तिहरुप्रति वितृष्णा फैलायो । नागरिक कोरोना भाइरसका कारण तर्सिएका छन् । मानसिक यातनामा छन् । रोजगारी गुमाएका युवाहरु छन् ।
उनीहरु गाउँ, समाजमा उपेक्षित बनेका छन् । गाउँ समाजमा मादक पदार्थ प्रयोगकर्ताहरु बढिरहेका छन् । पानीभन्दा मादक पदार्थ सेवनकर्ताहरु बढिरहेका छन् । पानी पिउनेहरुको संख्या घट्दैछ । कोरोना महामारी रोगभन्दा जटिल प्रकृतिका रोगहरु समाजमा बढ्ने सम्भावना छ । यसतर्फ सरकारी ध्यान पुगेको छैन । कोरोनालाई समाजबाट भगाउन प्रजिअ र प्रहरीहरु भएपछि मादकपदार्थ सेवन गराउने र तास खेलाउनेवर्गलाई नियन्त्रण गर्ने को ? गाउँघरमा हिंसाको कारण यिनै हुन् । कोरोनाले व्यक्तिलाई सिध्याउँछ भने मादकपदार्थ सेवनकर्ता र तास खेल्नेहरुले समाजलाई कुरुप पार्छ । यस्तो अवस्थामा नेपालको राजनीति, व्यापार र उद्योगहरुका मालिकहरु कमाउ धन्दामा व्यस्त छन् ।
कोरोना भाइरस नेपालबाट भाग्दैन । यसलाई भगाउन दातृ देशहरुबाट खोपको भीक्षा मागेर नागरिकलाई खोप लगाउन राजनीतिज्ञहरु जुट्नेबेला भयो । अन्यथा नागरिक जोमिमा रहनेछन् । नेपाल सोमालिया देशको नमुना बन्नेछ । नेपालमा परिवर्तन ल्याउँछौँ भन्ने नेताहरुले आफ्नो आर्थिक, सामाजिक र पारिवारिक परिवर्तन गरेको देखाए । अब नेताहरुलाई बुझ्नुपर्छ तर जनताले बुझेनन् । गरिबका छोरानातिहरु खाडी मुलुकमा मृत्यु वरण गर्छन् । उनीहरु हवाइजहाज चढेर जान्छन् तर उनका लाशहरु बन्द बाकसमा हवाइजहाजबाट फर्कन्छन् ।
कोरोनाका कारण ओखती नपाएर मृत्यु वरण गरेको लासलार्य नेपाली सेनाले इज्जतका साथ दाहसंस्कार गरेको पाउँछौँ । तर नेताले सान्त्व्ना, समवेदना र श्रद्धाञ्जली व्यक्त गरेको वातावरण पाइन्न । यो नै परिवारका लागि दुःखको अवस्था हो । नोवेल कोरोना भाइरस भगाउने, धपाउने र लखेट्ने को ? प्रश्नको एउटै उत्तर छ – प्रजिअ र प्रहरीहरु । जननिर्वाचित सरकारका जनप्रतिनिधिहरुलाई जनताले सरकारमा पठाउनु सुधारका लागि हो तर उनीहरु कर्तव्यहीन भएकोले कोरोना भाइरस जनमानसमा बढ्दै गएको छ । यसले रुप बदलेर डेल्टा कोरोना भाइरस देखियो ।
यसको प्रभाव पनि बालबालिकामा पर्ने सम्भावना बढेको भनाई स्वास्थ्यकर्मीहरुको छ । सरकारले भने बालबालिका संक्रमित भएमा घरमा उपचार गर्न भन्छन् । यो भनाइ जनप्रतिनिधिहरुको कर्तव्यहीन भनाइ हो । सरकार परिवर्तन भए पनि कोरोना भाइरस भगाउने नयाँ प्रयासहरु भएनन् । पुरानैले स्थान पाएका छन् । नयाँ प्रबन्ध स्वास्थ्य राज्यमन्त्रीको नियुक्ति र पाँच अर्बको चेक काटिएको मात्र खबर आयो । कोरोना भाइरसलाई भगाउने नयाँ प्रविधि देखाउनुपर्छ ।