एमालेले भदौ १९गते दोघरेमा क्षेत्रीय भेला गर्ने

  •   
  •  

दाङ,१७ भदौ । नेकपा एमाले दाङ ३ नम्बर निर्वाचन क्षेत्रको वैठक विहिवार तुलसीपुरमा सम्पन्न भएको छ ।

बैठकले भदौ १९ गते शनिवार तुलसीपुरमा दोघरे सभाहलमा हुने विशेष भेलालाई सफल बनाउनका लागि उपस्थीति हुन सबै पार्टी सदस्यहरुलाई अपिल गरेको छ । क्षेत्रीय संयोजक भिम योगीको अध्यक्षता एवम् प्रदेश कमिटिका सदस्य रामजी चौधरी मिलनको प्रमुख आतिथ्यता तथा पार्टी जिल्ला सचिव मनोहर बुढाथोकीको विशेष उपस्थितिमा भएको बैठकले कार्यक्रम सम्पन्न गर्न विभिन्न समितिहरु गठन गरेको छ ।

जस अन्तर्गत संगीत बस्यालको संयोजकत्वमा प्रचार प्रसार समिति, श्याम डाँगीको संयोजकत्वमा मञ्च ब्यबस्थापन समिति , टेकबहादुर वलीको संयोजकत्वमा बंबई विशेष समिति, विष्णु केसीको संयोजकत्वमा शान्तिनगर विशेष समिति ,एमएन शाहको संयोजकत्वमा दंगीशरण विशेष समिति, तुलसा केसीको संयोजकत्वमा महिला परिचालन समिति, गोपाल रेग्मीको संयोजकत्वमा अनेरास्ववियु परिचालन समिति , लिला वली र देवु केसीको संयोजकत्वमा युवा परिचालन समिति , मानबहादुर रावतको संयोजकत्वमा आर्थिक समिति र मनोहर बुढाथोकीको संयोजकत्वमा अतिथि परिचालन समिति गठन गरिएको छ ।

बैठकमा जिल्ला सचिव मनोहर बुढाथोकी, नेताहरु श्याम डागी, रेखा शर्मा, मान बहादुर रावत, विष्णु केसी, केशब सापकोटा, धन बहनदुर केसी, भरत अधिकारी,
युवा करारा, माधव वलीलगायतले बोेलेका थिए । बैठकको सहजीकरण सचिव टेकबहादुर केसीले गरेका थिए ।