माओवादी केन्द्रले कृष्णानगरमा वडा कमिटी गठनमा तिव्रता

अजय मिश्र
कृष्णनगर, १७ भदौ । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वडा कमिटी गठन गरेको छ।

नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष जावेद आलम खां, सचिव गणेशप्रसाद बन्जाडे, केशर वली, लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीको नेतृत्वमा बुधवार वडा नं. ४ र १२ मा वडा कमिटी गठन गरेको हो ।

नेकपा माओवादी केन्द्रले कृष्णनगर नपाको १२ वटा वडामा शीघ्र वडा कमिटी गठन गर्ने तयारीमा रहेको नगर अध्यक्ष जावेद आलम खांले बताएका छन।

वडा नं.४ को सिर्सिहवा गाउमा लगभग ४०० बन्दा बढ़ी मान्छेको भेलाले सर्वसहमतिमा वडा अध्यक्ष गीता देवी सुनार र सचिव वसीम फकीरको .नेतृत्वमा १६ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

त्यसैगरी वडा नं.१२ को मानपुर गाउँमा ३०० भन्दा बढ़ी मान्छेको भेलाले सर्वसहमतिबाट वडा अध्यक्षमा मुजम्मिल मुसलमान र सचिव कमलाप्रसाद यादवको नेतृत्वमा १६ सदस्यीय वडा कमिटी गठन गरिएको नगरसचिव गणेशप्रसाद बन्जाडेले दिएका छन।

नवनियुक्त पदाधिकारीहरुलाई नगर अध्यक्ष जावेद आलम खां तथा केशर वलीले टिका लगाई स्वागत गर्दै आआफ्नो पदमा वसी पार्टीको हकहितमा काम गर्नपर्नेमा जोड दिएका थिए ।