कमिसनको नाममा विदेसिएकाहरु

भूपेन्द्र सुवेदी

नेपालमा राज्य सञ्चालकहरुको अज्ञानता र शिक्षाको कमी र देशमा भएको बिज्ञताको अवमूल्यन र अस्थिर राजनीतिको मौका छोपेर नेपालमा यस्ता बिज्ञहरुको जमात सरकार बाहिर रहेको र बाहिरै राख्नुपर्ने अबस्था सिर्जना गराईदिएर सधै नेपालमा अन्योलता सिर्जना गर्दै आफ्नो अधिनमा राखेर नेपालको प्रगति नचाहने छिमेकी देश भारतले आफ्नो अधिनमा राख्दै आएको छ र नेपालमा आफ्नो बुद्धि विवेकले राज्य सञ्चालन गर्न र स्वतन्त्र रहेर सरकार चलाउन सकेको स्थिति आजसम्म हुन सकेको छैन ।

जब जब नेपालका पार्टीहरुको निर्बाचनको मिति तोकिन्छ तब–तब छिमेकीसँग निर्बाचन खर्चको भिख माग्न पुग्ने नेपालका सबै दलहरुको लगभग चलनै छभन्दा अर्को अर्थ नलाग्ला । यसैको परिणाम पहिले नै हाम्रा नेताहरुले छिमेकीसँग लिएको निर्बाचन खर्चबाफत के–के दिने सहयोगीहरुलाई ? यो पहिलेनै कबुलियत गरिसकेको हुन्छन् र त्यसैले हाम्रा मिडियाहरुसमेतले भारतको कम्फरटेबल सरकार बनाउने प्रतिबद्धता गरिसकेको कुरा सञ्चारमा आइसकेको हुन्छ । आफ्नो घरको गाई पालेर आफै दूध दुहुन नसकेर अर्काको गाईको दूध माग्न जाने हुतिहाराको गोठको कसले राख्छ महत्व ? आफ्नै गोठको गठाई दुहुन नसकेर मेरो गाईको दूध दुहुन आएको छ भन्छ कि भन्दैन होला छिमेकीहरुले ?

पटक–पटक उत्तरी छिमेकीले भन्दै आएको छ नेपाल सुनको कचौरा लिएर अन्यत्रसँग भिख माग्दै हिनेको छ तर यो बास्तवमा सही कुरा हामीलाई औलाएको हो । किनभने हाम्रो देशमा के–को कमी छ ? नेपालमा भएको हिमालय श्रृंखलामा उत्पन्न भएको अमूल्य अमृत जडिबुटीको नामले पहिचान नेपालको बनस्पति हरियालीले दिएको औषधि अमृत हाम्रो ठूलो देश विकासको लागि मात्र नभएर छिमेकीको बिकाससमेतलाई पुग्ने सम्पदा छ तर खै यसको अनुसन्धान तथा ब्यबस्थापन र प्रसोधन ?

तर यतिले मात्र कहाँ पुग्ला र नेपालमा भएका अमभुल्या युरिनियमको खानी, त्यसभित्रका, सुन–चाँदी–हिरा, पथ्थ्, टुरमिनल, क्वार्ज, नेपानलको सम्पूर्ण क्षेत्रमा आ–आफ्नो हावापानी अनुसारको स्थानीय सम्पदा समेतले भरीपूर्ण छ । यहाँ पेट्रोल, डिजेल, ग्यास, मट्टीतेलको खानी, फलाम, तामा, नूनदेखी सुनसम्मको भण्डार हाम्रो घरभित्र देखेर नै होला पश्चिमाहरुले दुनियाँको सामुने आँखा गाडेर आज रात–दिन नेपालको सम्पूर्ण सम्पदा कब्जा गर्नको लागि एमसीसीको हौवा भित्राउन जोड–जुलुम गर्दैछ । नेपालको सम्पदाका लागि पश्चिमा पादरीहरुले होली वाइनको जालोमा बल्झाएका छन् र नेताहरुले उनीहरुको बचन काट्न सक्दैनन् किन कि सबै पादरी भैसकेको अबस्था छ ।

नेपालका राजनेताहरुको हबिगत यस्तो छ । आफ्नै दाजुभाइस“गको मेलमिलाप गरेर देशको विकासकोे माध्यम केछ सम्भाबना भनेर एउटा यस बिषयमा छलफल गरेको र कुनै निकासा निकालेको हामीले देख्न र सुन्न पाएका छैनौँ किनभने बरु उही हाम्रा देश लुट्न तम्सिएका छिमेकीहरुसँग मिलोमतो गरेर कमिसनको लागि र आफ्नो सरकारमा एकलौटी सधै मलाई बसिरहने ब्यबस्था मिलाई दिऔ । हामी तिमीहरुको सहजताको लागि जे पनि गर्न तयार छौँ भन्ने नेपालका नेताहरुको मनसाय छ र खाली बिदेशीको इसारामा चल्दा सधै आफ्नो घरको मालिक आफै बन्न नसकेर अर्काको दासी बन्दैछन् नेपालका नेताहरु हाम्रो देशको बिकास गर्नमा केबल मात्र निम्न सम्पदाको संरक्षण र ब्यबस्थापन, प्रशोधनको खाँचो छ ।

यत्ति गर्न सके नेपाल आफै सक्षम हुन्छ र नेपाली आफ्नै देशमा रहेर कसैको गुलामी हुनुपर्दैन । यसको बारेमा हामीले धेरैपटक पाठक सामु पस्की सकेका छौ तर के गर्ने मात्र (१)मा नेपालको जल भण्डारको उचित र ईमान्दारिता बिनाकमीसन काम गर्नै आँट हुनुपर्छ (२) नेपालको युरीयमसँग सम्बन्धित सम्पदाको हामी आफै ब्यबस्थापन गर्नुपर्छ (३) नेपालमा उब्जियका बतन सम्पदाभित्र पर्ने जडीबुटी, अन्य औषधिजन्य बस्तु, (४) बिभिन्न प्रकारका खानीहरुमा रहेका सम्पदाहरु (५) नेपालको माटो, हावापानीको सश्लेषण गरेर कृषिमा आधारित कृषि उद्योग, (६) स्वदेशी माध्यमबाट तयार हुने कच्चा पदार्थबाट हुने काष्ठजन्य उद्योग (७) नेपाली युवाशक्तिलाई बिदेशी भूमिमा जान नपर्ने खाले नेपालमै सम्भाबित उद्योगहरुले मात्र नेपालको समृद्धि र सुख नेपाली हुन सक्लान् ।

देशको समस्या समाधानको लागि आफै सक्षम हुनको लागि बिदेसीसँग होइन स्वयं आफ्नै घरका आफ्नै देशका अग्रज र दाजुभाइ तथा बाबुआमा दिनी–बैनीहरुसँगको राय–सुझाबले मात्र आफनो देशको बिकासको खाका राम्रो बन्न सक्छ नत्र हामीलाई अर्काको बुद्धिले हुने भय हाम्रोजस्तो धेरै पछाडी परेको देशहरु कसरी प्रगति गरे ? यो सिक्नु हाम्रो शिक्षा होजस्तो लाग्छ । नेपालको युरेनियममा अमेरिकाले आँखा गाडेको परिणाम आजको एमसिसीको पासो हो । जब नेपालको युरेनियम सकिएपछी अमेरिकाले अफगानिस्तानलाई लथालिंग भताभुंग पारेर छाड्ने हो । जब नेपालमा अमेरीकाले बहुमूल्य खनिज पदार्थको खानी छ भन्ने थाहा पायो तब नेपालमा धार्मिक, क्षत्रीय र जातीयतालाई उचालेर नेपालमा राजनीति अस्थिरता ल्याएको छ ।

नेपालीहरुलाई हक र अधिकारको कुरा गर्छ र लडाउँछ र देशमा गृहयुद्ध मचाईदिन्छ । हाम्रो देश तहस–नहस जलेर राख हुन्छ । तब शान्ति स्थापना गर्ने भन्दै बिभिन्न सहयोगको नाममा आउने नाममा सबै देशको बहुमूल्य खनिज पदार्थहरु लुटेर आफ्नो देशमा लैजाने उसको उद्देश्य आजको एमसीसीको बहाना हो । यस्तै गर्दै आएको छ अफ्रिकी मुलुक नाईजेरीया, रुवान्डा, युगान्डा, शोमालिया, सुडानजस्ता अफ्रिकी मुलुकहरु आज उदाहरण बनेका छन् । जुन देशमा रेडीयम तेल ग्यास, सुनचा“दी, जस्ता बहुमूल्य खानी हुन्छ उक्त देशमा पश्चिमा अमेरिकाले अधिकार जमाउन खोज्छ । यदि नेपालका जनताले बिरोध गरे आफ्नै देशमा आतंकबादी आक्रमण गराएर उक्त देशको अवस्था तहस–नहस बनाई छाडेका ईतिहास आजको समयमा दैनिकरुपमा सार्बजनिक भएकै छन् ।

अब पनि नेपालका नेताहरुले जनताले यतिसम्म बुझिसके भनी किन बुझ्दैनन् होला ? र सधै त्यही ५५ डलरको सपना देखिरहन्छन् होला ? ईमान्दारीका साथ राजनीति गर्ने राजनीतिकर्मीको अभाब र अज्ञानताका नेताको जवर्जस्तीले गर्दा नेपालले र नेपाली नागरिकले दुख भोग्न बाध्य छन् । त्यसैले अब बिगतका नेताहरुलाई बिदाई गरौँ र देशको बिकासको खाका तयार पार्ने बिज्ञ, शिक्षित, बिभिन्न बिषयमा अनुभब र ज्ञान भयको युवा जमातको खोजी गरौँ । तबमात्र नेपालको बिकास हुन्छ नत्र उही हाम्रो योग्यता भनेको जनताले दिएको भोट हो भन्नेबाट प्रगति हुन सक्दैन । नेताको पैसाले बिक्ने होइन र इमान–जमान र सीप खुबी भएकाहरुको खोजी गरौँ, देश बिगारेर सक्ने धर्म कर्म, संस्कार–संस्कृति सबै देशै धरौटीमा राख्न पछि नपर्नेहरुलाई छिट्टै बिदाई गरौँ ।