२राधेश्याम उपाध्याय
दानहरुमा श्रेष्ठ दान केलाई मानिन्छ र दान कसलाई दिन उत्तम हुन्छ ? युधिष्ठिरको यस्तो प्रश्न सुनेर भीष्म भन्नुहुन्छ ‘हे राजन ! दःखी, दीन दरिद्र, हीन, सत्पात्र ब्राह्मणलाई दिने दान उत्तम मानिन्छ र दानहरुमा श्रेष्ठ दान कपिला गाई मानिन्छ । कपिला गाई दान गर्ने प्राणी यस लोकमा सुखपूर्वक रही स्वर्गमा समेत आनन्दले बस्दछन् । एक दिनको कुरा हो लक्ष्मी सुन्दर गाईको रुपमा गाई गोठमा गएर बसिन् ।
आफ्नो स्थानमा एक अलभ्य रुपकी अर्की गाईलाई देखेर गाईहरुले सोधे हे देवी ! तिमीलाई देखेर अचम्म लाग्यो, यस्ती सुन्दर रुप, शील र गुणकी खानी छ्यौ । हे सती तिमी को हौ ? किन याहाँ आयौ र अब कहाँ जाने सोचमा छ्यौ । यो सुनेर लक्ष्मीले भन्दछिन् हे गाईहरु हो मलाई सबैले लक्ष्मी र रमा भन्दछन् । मेरो दैत्य मनुष्य र देवगणले पूजा गर्दछन् । जसले सिद्धि प्राप्त गर्दछु भनि मलाई आराधना गर्दछन् ।
त्यस्तालाई म धर्म अर्थ मनको भागादिका कामना पूरा गर्दछु । त्यस्तालाई अझ श्रीसम्पन्न गराउन मनमा इच्छा भएकाले तिमीहरुसँग बस्न आएकी हुँ । यो सुनेर गाईहरु खिन्न भएर भन्न लागे देवी तिमी चञ्चल छौं । एकै स्थानमा बस्न सक्दिनौ । घरघरै डुल्नु र चाहार्नु पर्दछ । हे कल्याणी त्यसैले तिमीलाई हामीसँग राख्न डर मान्दछौँ र ऐले तिमीलाई हामीसँग नराखी नहुने केही खाँचो पनि छैन । तिम्रो दर्शन गरेर हम्रो मनोरथ पूर्ण भयो । अब शंका नमानी जाऊ या जे मनमा छ त्यही गर । गाईहरुले यसरी आफूलाई हेला गरेको सुनेर खिन्न भई लक्ष्मीले म नबोलाएर आफै आएँ भनेर किन मेरो त्याग गर्दछौ ।
देव, दानव, मनुष्यहरुले मेरो कृपा पाऊन ठूलो तप गर्दछन् । अहिले मलाई सित्तैमा पाएर सँगै राख्न किन गाह््रो मान्दछौ । म कुनै किसिमले दोषी छैन मलाई शरणमा लेऊ । म तिम्रो पाऊ पर्दछु । मलाई तिम्रो कुनै अङ्गमा खुसी साथ बस्न देऊ । लक्ष्मीको यस्तो कुरा सुनेर गाईहरुले भने हे सुमुखी गोमुत्र गोबर लोकहरुले पवित्र मान्दछन् । त्यसैले तिमी पनि खुसी साथ आनन्दले त्यही स्थानमा बस । गाईहरुको यो कुरा सुनेर लक्ष्मी पनि खुसी साथ त्यही स्थानमा बस्न लागिन । त्यसैले गाईहरुको महिमा अपार छ ।
जसले लक्ष्मी यिनै हुन् भनी गाईको पूजा गर्दछ त्यसको ईच्छा पूरा हुनेछ । तिमीले बन्धुवान्धवहरुको बधको पाप लाग्यो भनेर जुन चिन्ता गरिरहेका छौ त्यो वृथा छ । प्राणी आयु पूरा नभई कहिल्यै पनि मर्दैन । समय पुगेमा प्राणीहरु कालका वशमा छन् । आफ्नो पुण्य वा पापको शुभाशुभ भोग गरेर कालद्वारा नै मर्दछन् । सोही काल स्वरुप श्रीकृष्ण योगेश्वर हुन् । तिमी किन चिन्दैनौ जो सदैव तिम्रो रक्षाका लागि तत्पर छन् । जसले श्रीकृष्णलाई दण्डधारी कालरुप यम हुन भनि चिन्दछ, त्यसलाई सुख–दुःख वा मर्ने मार्नेको भय हुँदैन ।
यिनकै अंश स्वरुप तेत्तीसकोटी देवताहरु हुन् । यिनले नै कल्पको अन्तमा सबैको पालन, लाश र पुनः सेष्टि गर्दछन् । त्यसैले यिनको सल्लाह र आशीर्वाद लिई सुयोग्य रीतले राज्य सञ्चालन गरी राजा भई बस । सदैव प्रजा सज्जन, ज्ञानी, गुणी र विप्रको रक्षा गर । सत्धर्मको पालन गरी सुवर्ण अन्न पृथ्वी दान गर्नु । यस्ता सुयोग्य रक्षक पाएर सन्ताप नमान । चारै भाइलाई साथमा लिई साम्राज्यको शासन गर । धर्म प्रधान मानेर प्रजाको पालन गर ।
नीतिपूर्वक शासन गर । सुयोग्य ब्राह्मण बोलाएर आनन्दले यज्ञ गर भनि युधिष्ठिरको चिन्ता हटाई अन्ठाउन्न दिनसम्म वाण श®यामा आफ्नो शरीरलाई राखेर अन्त्यमा श्रीकृष्ण गोविन्द योग्यश्वर बासुदेव दामोदर म हजुरलाई अन्तिम प्रणाम गर्दछु । मलाई प्रशन्न मनले आशीर्वाद दिई मेरो कल्याण गर्नुहोस् । म हजुरका अगाडि मुक्तिको कामना राख्दै यो देह त्याग्दछु भने । भीष्मको यस्तो विन्ति सुनेर श्रीकृष्णले भन्नुभयो ‘हे भीष्म ! आनन्दले यो देह त्यागेर वशुलोकमा जानुहोस् ।
जहाँ हजुरका लागि पहिला नै लोक तयार छ । पैला हजुरले गर्नुभएको कठोर प्रण र सत्धर्मको पालनले गर्दा सबैलाई जित्नुभयो । हजुरलाई लिन हजुरको प्रभावले काल पनि अलि पर नै खडा छन् । श्रीकृष्णको यस्तो आज्ञा सुनेर प्रणायाम गरी भीष्मले यो शरीर त्याग्दछु भनी प्राणलाई योगबलले मास्तिर तान्दै ब्रह्माण्डमा राख्दै सबै शरीरका वाणहरु आफै खसे घाउ निर्मल भए । शरीर कञ्चन देखियो । प्राण व्रह्माण्ड फोरेर निस्कियो । देवगणले लावा, पुष्प, अवीर वर्षा गरे । जोजो त्यहाँ दर्शक थिए छक्क परेर हेरे । धृतराष्ट्र दुःखी भए । युधिष्ठिरले भीष्मको दाह संस्कार कृयादि गरिदिए । दान दिएर विप्रहरुलाई खुसी बनाए र सबै बन्धुहरुलाई लिएर पाण्डुका छोरा पाण्डवहरु हस्तिनापुर फर्किए ।