कला, आकर्षण र सीमाका कुरा

विनोद पोख्रेल

२०७७ साउन १२ गते

आजभोलि कला पनि अलि विकृष्ट बन्दै गएको अनुभव हुन्छ । सबै मनुवा धेरै विषयलाई समेट्ने प्रयास गरेकोले पनि यस्तो भएको हुनसक्छ । आजभोलि सामान्यतया सीप जति सबैलाई कलाकै रुपमा व्याख्या गरिन्छ । अथवा मैले यसलाई यसरी व्याख्या गर्ने प्रयास गरेको पनि हुनसक्छ । सधैँ कला यसरी नै धेरै विषयलाई समेट्ने गरिन्थ्यो भने पनि म त्यसमा पनि सहमत छु ।

यदि यस्तो हो भने मेरो प्रशंगमा भन्दा सबै कलाले व्यक्तिलाई आकर्षित गर्न सक्दैन् । केहीले त विकर्षणको स्थितिसम्म पनि ल्याउने गर्दछन् । तर पनि कला भनेको कला हो । धेरै जसो कलाहरुले मलाई आकर्षित नै गर्दछन् । अलि मुख्य कुरा त आफू कला नजान्ने भएकोले म यो मानसिकतामा पुगेको हुन पनि सक्छु । आफूले नजाने पनि केही कलाहरुले मलाई आकर्षित गर्न सक्छन् भन्ने मेरो अनुभव हो । कुनै पनि कलामा मेरो पूर्वाधारणा छैन । यो पनि सायद आफूमा ज्ञान नभएर हो । केही कलाहरुबारे टिप्पणीसम्म गर्न सक्छु ।

केही कलाहरुले मलाई धेरै आकर्षित गर्न सक्छन् । यहाँसम्म कि कला जीवनलाई शृंगार्ने, सहज बनाउने र उत्प्रेरित गर्ने तत्व हो भन्न पनि मन लाग्छ । मैले आफैलाई राम्रो मानेको कला मबाट निर्माण प्रदर्शन हुनसक्दैन । सायद यही कलाको विशेषता हो । निरपेक्ष अथवा पूर्ण अन्जानलाई पनि सजिलरी आकर्षित गर्न सक्नु कलाको परिचय र सफलता हो । मैले कति निर्माण कला उभिएर वा बसेर हेरेको छु । अरुको त्यो कला हेर्दा सजिलो जस्तो पनि लाग्छ ।

कलाप्रतिको आकर्षण ममा प्रशस्त छ भन्ने सोच मैले थाहा पाएको एउटा घटना छ । पढ्ने क्रममा बनारसमा बस्दा एक दिन गंगाको किनारमा डुल्दै थियौँ । एक ताउ भनौँ कागजमा त्यो अडाउनलाई अलि कडा कागज र एउटा पेन्सिल झिके । मेरो आँखा कस्तरी हो उनमा प¥यो । उनले त्यहाँबाट देखिने गंगा नदी, नदी पारिको केही दृश्य, नदी किनारमा आफ्नै तरिकाले बसेका केही मानिसको चित्र पेन्सिलले कोरेँ । उनले एक पल्ट पनि मेटाउन वा सच्याउन परेन । केही कुरा त उनले बनाएपछि हामीले थाहा पायौँ केको चित्र हो भनेर ।

उनी करिब आधा घण्टाजति त्यहाँ बसेर र दुईवटा पन्नामा अलिकति फरक चित्रहरु बनाएर उठे । हामी उनको पछि उभिएर हेरिरह्यौँ । मेले मनमनै उनको कलाको प्रशंसा गरिरहेँ । त्यहाँ कल्पना मात्रै पनि थिएन । अझ भनौा कल्पना थिएन । जे र जस्तो देखिन्थ्यो त्यही उनले बनाए । त्यहाँबाट उठेर उनी अलि पर जाँदासम्म हामी उनको पछि लाग्यौँ । उनलाई थाहा भएन । अरु केही बनाउँछन् कि भन्ने आशामा उनीसँग हिडेका थियौँ । तर उनी चित्र नबनाएर यताउता डुल्न लागे र हामी आफ्नो बाटो लाग्यौँ ।

अनी कलाबारे कुरा ग¥यौँ । मेरा साथीले पेन्सिल आर्ट भनेको यही हो भनेर मलाई बुझाउने प्रयास गरे । के कला हो त्यो मलाई अहिले पनि थाहा छैन । तर त्यो कलाले गजबले आकर्षित गरेको हो । त्यस्तै कसै–कसैको गाउने कलाले पनि मलाई अलि बढी आकर्षित गर्ने गर्छ । मेले केही जान्दैन । केही बुझ्दैन तर पनि केही कलाले धेरै समयसम्म प्रभाव पारिरहन्छन् । कलाको व्याकरण हुन्छ कि हुँदैन त्यो पनि मलाई थाहा छैन । तर पनि कलाको मूल्यांकन गर्न मन लाग्छ ।

मूल्यांकनको आधार भनेको मेरो मानसिकतामा र मेरो भावनामा कति प्रभाव पार्न सक्यो त्इही नै हुने गर्छ । कुनै बेला त अझ यति भएको भए भन्ने पनि लाग्छ । आफूले नजानेर वा चाख नभएर पनि मानिस आकर्षित हुने विषय हो कला । कसैलाई कुन कला मन पर्ला कसैलाई अरु केही तर कलाबाट आकर्षित नहुने मानिस सायद कमै होलान् । अरु विषयमा नजान्ने भएकोले चाख पनि जाग्दैन । तर कलाले नजान्दा नजान्दै पनि चाख जगाउन सक्छ र आकर्षण गर्न सक्छ ।

२०७७ साउन १३ गते

हिजो अलि असहज खबर सुनेँ । लिपुलेक आदि क्षेत्रको भारतीय जिल्ला प्रशासनले नेपालको जिल्ला प्रशासन दार्चुलालाई पत्र नै लेखेर विवादित क्षेत्रमा नेपालीहरुलााई आउन स्वीकृति नदिनको लागि भन्यो । मेरो मात्रै कुरा गर्ने हो भने यो सोच्दै नसोचेको कुरो होइन । जिमनमा आफ्नो हक स्थापित गर्न भारतले जे पनि गर्नसक्छ । तर कागजी रुपमै कुरा अघि बढ्नु भनेको विवाद एक कदम अघि बढाउनु हो ।

त्यस्तै भोलिको लागि प्रमाण बनाउन पनि हो । अरु अब केही कारबाही नै गरे पनि हामीले पहिले नै जानकारी दिएका थियौा भन्ने वातावरण तयार पार्नु पनि हो । हुन त त्यस जिल्लाको प्रमुख जिल्ला अधिकारीले हामीले त्यहाँका स्थानीयहरुलाई सोध्दा केही समस्या नभएको, पहिलेजस्तै निर्वाद आवतजावत भइरहेको स्थिति छ भनेका छन् भन्ने भने । अहिले यो समस्याको रुपमा नआएको होला तर कागजी गतिविधिले सीमा विवादलाई सजिलोसँग वार्ताबाट हल गर्नतर्फ भारत इच्छुक नभएको बरु यसलाई एउटा सीमा समस्याको रुपमा विश्व सामू स्थापित गर्ने प्रयास गरेको हो भने बुझ्न सकिन्छ ।

यस बारे नेपाल सरकारको प्रतिक्रिया के आउँछ र कसरी आउँछ त्यो हेर्न बाँकी छ । तर भारतबाट जसरी आयो त्यो सहज पटक्कै मान्न सकिँदैन । आपसी सम्बन्ध बिगार्ने वा असहज बनाउने काम यो पत्रले गरेको छ । नेतृत्व महत्वाकांक्षी भयो भने यस्ता कुराहरु गरिन्छन् । त्यो पनि छिमेकीको कमजोरीको फाइदा उठाएर यस्ता गतिविधिहरु गर्न सजिलो हुन्छ । हाम्रा आर्थिक, राजनैतिक अप्ठेरालगायत धेरै अप्ठेराहरु भारतले राम्रोसँग बुझेको छ ।

त्यस्तै नेपालको उत्तरी सीमासम्म चाहे पेन्सन खाने सिपाहीको रुप होस् चाहे अन्य प्रत्यक्ष देखिने वा अप्रत्यक्ष तरिकाले होस् नेपालका गतिविधिहरु बुझ्ने उसका स्रोतहरु प्रशस्त छन् । मेरो मात्रै शंका भन्ने हो भने त परिआएमा सके भारतकै पक्ष लिने नभए पनि निरपेक्ष बस्ने समूह पनि यहाँ प्रशस्त छ । सामरिक रुपमा हामीले भारतको बराबरी गर्न सक्छौँ जस्तो लाग्दैन । सके ठिक छ तर यो विश्वास नेपालीमा जगाउन सकिएको छैन । मेले नेतृत्वको महत्वाकांक्षाको कुरा गरेको छु ।

भारतीय गृहमन्त्रीका गतिविधि र भाषण सुन्दा उनी अलि महत्वाकांक्षी छन् भन्ने थाहा हुन्छ । उनी सरदार बल्लभ भाइ पटेलको लाइनका हुन् जस्तो लाग्छ । उनले ग्रेट र इण्डियाको सपना देखेको पनि हुन्सक्छ । जति सीमा मिचेको छ त्यो बारे नबोल्ने गरी लिपुलेकको समस्या समाधान हुन पनिसक्छ । यस्तै बेला नेतृत्वको क्षमताको जाँच हुने हो । सवल र सक्षम नेतृत्व त्यस्तै सक्षम कूटनीति अनि बलियो इच्छाशक्ति र वस्तुगत निर्णय क्षमता आजको नेपालको आवश्यकता हो ।

गतिविधिहरु नहुँदै आmूलाई कमजोर सम्झेर निराश हुने पक्षमा मपटक्कै छैन । अब नेपाली नेतृत्वले के गर्छ भनेर कुराहरु मनमा भने खेलेका छन् । हामीले हाम्रा छिमेकीहरु तिब्बत र सिक्किमलाई दखेकै छौँ । हाम्रो पिढीको लागि यो वर्तमान नै हो, इतिहास समेत होयन । एक देश एक संविधानको नाममा जम्मुकश्मिरलाई पनि देखेकै छौँ । त्यसैले उचित कूटनीतिक पहल गर्ने गबेला भएको नै हो । अब पनि केही नबोल्नु वा केही नगर्नु भनेको मैदान छोड्नुजस्तै हो ।

अहिले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय अदालतलगायत धेरै अन्तर्राष्ट्रिय संस्थाहरु छन् । त्यस बोहेक नेपालको मित्र भनिने टाढा वा नजिकका अरु राष्ट्रहरु पनि छन् । ती सबैको उचित प्रयोग गर्नसक्नुपर्छ । सहयोग अप्ठेरो परेको बेलामा चाहिने हो । यस्तो बेलामा सहयोग नगर्नेहरु हम्रा मित्र हुन् भनेर किन भन्ने ? बरु के कस्तो, कति र कुन प्रकारले सहयोग गर्ने वा लिने हो त्यो लिने दिनेको छलफल लिने कि अवश्यकता र दिनेको क्षमतामा भर पर्ने कुरा हो । समस्या जतिसके चाँडो समाधान गर्नु बुद्धिमानी हुनेछ ।