दाङमा डिसहोम सिम टिभी फाइबर नेट

दाङ, १२ भदौ । दाङमा डिस होम सिम टिभी फाइवर नेट सुरु भएको छ । घोराहीमा नमुना स्टेलाइट सर्भिस प्रालिले नेट सेवा सुरु गरेको हो । प्रालिले केही दिन अघिबाट डिस होम सिम टिभी फाइवर नेट सुरु गरेको जनाएको छ । अहिले घोराही क्षेत्रमा यस प्रकारको सेवा सुरु गरिएको नमुना स्याटलाइट सर्भिस प्रालिका प्रवन्ध निर्देशक राजभक्त रानाले बताए ।

‘घोराहीका शहरी तथा ग्रामीणस्तरसम्म दाङमा डिसहोम सिम टिभी फाइवर नेट सुरु गरिएको छ’, उनले भने– ‘पछि बिस्तारै जिल्लाका अन्य स्थानसम्म पु¥याउने काम हुनेछ ।’ सेवा सुरु भएसँगै अहिले ग्राहकले नेट जडान गर्न समेत सुरु गरिसकेका छन् । ग्राहकलाई सस्तोमा नेट सेवा प्रदान गरिने प्रवन्ध निर्देशक रानाले बताए ।

‘डिसहोम सिम टिभी फाइवर नेट अरुभन्दा फरक पाउनुहुनेछ’, रानाले भने । डिसहोम सिम टिभी फाइवर नेट न्यूनतम ८ सय रुपैयाँदेखि सुरु रहेको उनको भनाइ छ । १० एमबिपिएस देखि १ सय एमवि पिएससम्मको प्याकेज रहेको छ । ‘सस्तोे मूल्यमा तीव्र गतिमा इन्टरनेट सेवा प्रदान गर्नेछौँ’ उनले भने । डिसहोम सिम टिभी फाइवर नेट जडान गर्ने ग्राहकले टिभी हेर्न निःशुल्क पाउने प्रबन्ध निर्देशक राना बताउँछन् ।

ग्राहकलाई नेटमा आउने समस्या समाधान गर्नका लागि विशेष ध्यान दिइएको छ । ‘हामीले सर्भिस सेवालाई छिटो–छरितो प्रदान गर्नेछौँ’, उनले भने– ‘त्यसका लागि दक्ष जनशक्ति तथा प्रविधिको समेत प्रयोग गरिने छ ।’ सेवाका लागि १६ जनाको टिम रहेको उनले बताए । सेवाका लागि पछिल्ला प्रविधिको प्रयोग गरिएको प्रालिले दाबी गरेको छ ।

नमुना स्टेलाइट सर्भिस प्रालिले विगत १२ वर्षदेखि डिसहोमको सेवा साविक राप्ती अञ्चल भरी सेवा दिँदै आएको छ । केही वर्ष अघिदेखि सिम टिभीको सेवा दिँदै आएको थियो । अहिले नेट सेवा सुरु गरेको हो । राप्ती अञ्चलभर १ लाख बढी डिसहोमका ग्राहक तथा २ हजार बढी सिम टिभीका ग्राहकहरु रहेको प्रबन्ध निर्देशक रानाको भनाइ छ ।