युवराज शर्मा
नेपाली युवाहरु रोजगारीका लागि भारत जान्छन् । त्यहाँ जाउआउ गर्न खुला सीमा छ । धेरै युवाहरु भारतको दिल्ली जाने गर्दछन् । यो ठाउँ भारतको राजधानी हो । युवाहरुले भारतका सहरबजारहरुमा चौकिदार बन्छन् । दिल्लीका होटलहरुमा कुक, वेटर, भाँडाहरु माझ्ने, घरमा झाडु, बढारुजस्ता काम गर्दछन् । यस्तै काममा भुल्छन् । कतै–कतै बाटो खन्ने काम पनि गर्दछन् । भारतीय रुपैयाँको ज्यालालाई नेपाली रुपैयाँमा रुपान्तरण गर्दा धेरै हुने भएकोले भारतमा काम गर्न धेरै रुचि गर्दछन् ।
यस्तैमा भुलेको युवाहरु अहिलेको अवस्थामा छन् । कतिपय युवाहरु आफ्नो जीवन नै दिल्लीमा बिताएको कथा र व्यथा सुनिन्छ । उनीहरुले दिल्लीमा धेरै उद्योग र व्यवसायहरु भएको हुँदा रोजगार सहज रुपमा पाउँछन् । काम गरेर खानेवर्गका लागि दिल्ली उपयुक्त गन्तव्य बनेको छ । भारतको लोकतन्त्रात्मक शासन व्यवस्थाले काम गर्ने नेपाली युवाहरुका लागि व्यवसाय गर्न समस्या छैन ।
नेपालीले पनि दिल्लीमा होटल व्यवसाय गर्दछन् । गोविन्द पोखरेल अदूवाबारी दाङले दिल्लीमा होटल गरेर ७ जना युवाहरुलाई रोजगार दिनसकेका थिए । उनको होटल पालम एयरपोर्ट नजिक रहेको उनी बताउँछन् । कोरोना भाइरस बढेपछि भारत सरकारले लकडाउन गरेको कारण उनी घरमा छन् । होटल बन्द छ । उनको होटलमा काम गर्ने युवाहरु पनि नेपालमा रोजगारविहीन थिए ।
नेपाली युवाहरु घरको आर्थिक अवस्था सुधार्न परदेश लाग्छन् । स्वदेशमा रोजगारी बन्न नसकेपछि दिल्ली गएका गोविन्द पोखरेल पनि एक हुन् । उनले कोरोनाको कारण बन्दाबन्दी भएपछि घरमा बस्दा धेरै आर्थिक समस्यामा थिए । के व्यवसाय नेपालमा गर्दा स्वदेशमा व्यवसायी बन्न सकिने थियो – सोचाईमा भए पनि कतैबाट सल्लाह पाएनन् । गाउँघरमा गर्ने व्यवसाय खेतीपाती र पशुपालन हो । खेतीपाती गरेर अन्न उत्पादन गर्ने हो ।
त्यसका लागि विक्री बजार छैन, विचौलियाको चक्करमा फस्नुपर्छ । नाफा बिचौलियालाई हुन्छ । कृषि व्यवसायीहरुका लािग केही हुँदैन । त्यो पनि कोरोनाका कारण बारीमा उत्पादित वस्तुहरुलाई बजार पु¥याउन सकिन्न । बारीमा कुहिएर गयो । खेती गरेर पाइदाभन्दा लागत पनि उठाउन नसकेको अवस्था भयो । यसतर्फ सरकारको सहयोगात्मक भावना देखिएन । कोरोनाको अवस्थालाई हेरेर घरमा बस्दा रोगलेभन्दा भोकले मरिने डरका कारण युवाहरु झोला बोकेर दिल्ली जाँदै छन् । गइरहेको पनि छन् ।
गोविन्द पोखरेलका साथमा उनका कान्छाबुबाका छोरा विष्णु पोखरेल पनि दिल्ली जाने भएका छन् । यसले समाजमा के देखाएको छ भने नेपाली राजनीतिले युवाहरुलाई नेपालमा रोजगार बनाउन सकेन । राजनीतिक रुपमा प्रतिस्पर्धात्मक कार्यशैली बन्यो । स.घीय लोकतन्त्रात्मक गणतन्त्र नागरिकका लागि फलदायी देखिएन । नेताहरुमा अर्थलाभको वातावरण मात्र बन्यो ।
दिल्लीको एउटा होटेलले २५ प्रतिशत विक्रीको आम्दानीबाट आफूले बुझ्छन् । गोविन्दलाई ७५ प्रतिशत विक्रीको आम्दानी त्यसबाट नाफा कमाएर ल्याएको रकमले उनको चुलाु बलेको छ । तर कोरोना भाइरसको कारण उनलाई चुलो बाल्न समस्या छ । उनको आम्दानीको स्रोत नै दिल्लीको होटल थियो । कोभिड्–१९ ले काम गर्ने वर्गलाई हतोत्साहित बनायो भने सरकारमा बसेका जनप्रतिनिधिहरु नागरिकप्रति जिमेवार बन्न सकेनन् ।
कोरोना भाइरसको बढ्दो अवस्थामा धेरै युवाहरु झोला बोकेर दिल्ली गइरहेका छन् । उनीहरुले घरमा बालबालिकाको भविष्य उज्यालो पार्न चाहन्छन् । तर सरकारले बालबालिकाको भविष्य उज्यालो पर्ने काम गर्न सकेको पाइन्न । उनीहरुले पढ्ने स्कूल सामुदायिक हो, जसलाई स्थानीय तहको सरकारले ४ वर्ष बित्दा पनि कतै सुधार भएको छैन । राजनीतिक चक्रव्यूह मात्र बढ्यो । गोविन्द पोखरेल भन्छन् – नेपालमा गणतन्त्र भनेको नेतातन्त्र बन्यो । कमिशन र तस्करी बढ्यो ।
शिक्षा, कृषि, स्वास्थ्यमा विकास भएन । धेरै मानिसहरु कोरोनाले मरे । मानिसमा चेतना भएन । उनीहरुलाई चेतनाकरण स्थानीय, प्रदेश र संघीय सरकारले गराएनन् । जता हेरे पनि जनता दुब्लाउँदै गए । करको भार पनि थेग्न समस्या भोग्दै छन् । तर जनप्रतिनिधिहरुले करबाट तलव, भत्ता खाएर मोटाए । नातागोतालाई अर्थ लाभ गराए । गणतन्त्रमा पुँजीवाद देखाए । समाजवाद हरायो ।
२००७ सालदेखि राजनीति गर्ने राजनीतिज्ञहरु पाखा लागाइए । उनीहरुलाई राजनीतिज्ञ भन्न नरुचाउने वर्गको जमात बढ्यो । जनताले शासन गर्ने समय आयो भन्दै २०६५ जेठ १५ गते दीपावली गरेका नागरिकले अन्त्यमा कोरोना महामारी बढेर विछौनामा मर्नु प¥यो । अक्सिजन नपाएर धेरैले ज्यान गुमाए । तर नेपाली राजनीतिले बुझेनन् । सरकारले सुनेन । जनप्रतिनिधिहरु कता हराए, नागरिकले पत्तै पाएनन् ।
राजनीतिज्ञहरुले सभा, जुलुस, सम्मेलन, आन्दोलन गरेर सडक तताइरहेका थिए । कोरोना रोगलाई फैलाइरहेका थिए । गाउँ–गाउँबाट युवाहरु रोजगारीका लागि झोला बाकेर दिल्ली जाने गर्थे । आउने जानेको कमी भएन । उनीहरुलाई सोध्ने कुनै तहको जनप्रतिनिधि देखिएनन् । नेपाली नेताहरुमा आत्मबल पाइन्न । उनीहरु गुट र उपगुटमा विभाजित भए । युवायुवतीहरुको ठूलो जमात झोला बाकेर भारततर्फ रोजगारीमा गइरहेका छन् ।
त्यस्तै हवाइजहाज चढेर विदेशी मुलुकमा गएकाहरुबाट पाइने रेमिट्यान्सले नेपालको आर्थिक बजेट थामेको छ । यस्तो आयस्रोत भएको अवस्थामा बेरोजगारहरुलाई रोजगारको वातावरण बनाउन सक्ने देखिन्न । फिरन्ते जीवन बनाएर परदेश हिडेका युवाहरु झोला बाकेर दिल्ली गइरहेका छन् । नेपाली नेताहरुले चिल्ला गाडी चढेर हिड्छन् । हिजो खुट्टामा चप्पल लगाउने नेताले खुट्टामा जुत्ता लगाएर हिडेको देख्दा नेपालीहरु भन्छन् – परवर्तन भनेको यस्तै रहेछ ।
त्यस्तै ४ वर्षको कार्यकालमा सहरबजारमा पाँचतले भवन बनाउन सफल भएका जनप्रतिनिधिको पूर्व हैसियत देखिन्न । यति ठूलो आर्थिक र भौतिक प्रगति गर्नेहरुले भन्छन् – मेरो क्षमता थियो, सफल भएँ । कसको तागत मलाई छानविन गर्ने ? नाङ्गो शैलीमा भन्छन् । कस्ता नेता गणतन्त्रमा ? तयसैले नागरिक भन्छन् – गणतन्त्र आएको छैन । मनपरीतन्त्र अएको हेर्नुहोस् । त्यसकारण गणतन्त्रको अनुभूति नागरिकलाई भएको छैन । जनप्रतिनिधिहरुले राम्रो अनुभूति गरेका छन् ।
गोविन्द पोखरेल र विष्णु पोखरेल दिल्ली पुगे पनि कोरोना हट्न सकेन । अन्त्यमा फेरि होटल बन्द गर्नुप¥यो । विष्णुलाई दिल्ली छोडेर आफू मात्र घर आए । वास्तवमा यस्तो व्यवहार किन गरे भन्ने विषयमा बुझ्दा फर्कने भाडा नपुगेको भनेका थिए । आपसमा दाइभाइबीच गोविन्द पोखरेलले विश्वासघात गरेको बताउँछन्, विष्णु पोखरेलले । नेताहरुले जनतालाई विश्वासघात गर्छन् भने दाजुले भाइलाई विश्वासघात गरेर इमानदारी त्यागेको देखिन्छ ।
वर्तमान समयमा विश्वासघाती वातावरण छ । आपसी ममता, श्रद्धा र आदरभाव हराउँदै गउको छ । यस्तो अवस्थामा युवायुवतीहरुको मानसिक र सामाजिक अवस्था कस्तो बन्ला ? समाज कता गइसक्यो । अब कसरी परिवर्तन हुने हो ? बुझ्न समस्या छ । युवायुवतीहरुलाई दिल्ली पठाएर समाज परिवर्तनको दिवास्वप्न देख्ने नेताहरुको राजनीतिक क्रियाकलाप विकासोन्मुख देखिन्न । त्यसैले युवाहरु झोला बोकेर दिल्ली रोजगारीका लागि गइरहेका छन् । यसले के देखाएको छ भने सरकार चलाउनेहरुले आफ्नो भलो हुने काम गर्छन् ।
नागरिकबीचमा आपसी द्वन्द्व गराउँछन् । गाउँघरमा आपसी चिसोपन बढाइरहेका छन् । यो प्रवृत्ति राजनीति गर्नेहरुका लागि फलदायी हँुदोरहेछ । त्यसकारण नेपाली राजनीतिज्ञहरु ७० वर्ष पार गरेका मात्र छन् । कार्यकर्ताहरु पुच्छर मात्र हुन् भन्छन् भारत जाने मजदुर युवाहरु । युवाहरुलाई बेरोजगार बनाएर झोला बाकेर दिल्ली रोजगारीका लागि जानु गरिब देशका भिकारी नेता, विश्वासघाती, बेइमान र अपराधी भएको सुनाउँछन् झोला बोकेर दिल्ली जाने युवाहरुले ।