कांग्रेस सत्ताको संगठन

सुभाष न्यौपाने

सत्ता हो कि संगठन, अब मुलुक रोजौ न कांग्रेस जन
सत्ताले सुख, भेग मिल्छ जनसंगठन बनाउँछ कृपाशील जन ।।
मीठो खानु, कमाउनु सब कुरा खुब गर्नु सुख सयल ।
तातो पानी, सिटामोल छैन भने लोकतन्त्र भो मयल ।।

सत्ताको कराण हो कि कांग्रेस, सांगठनिक अलमलमा छ । सत्ताकै कारण कांग्रेस संगठनको दलदलमा छ । सत्ताले संगठनको आँखा छोपिदिएको छ, कांग्रेसको । जनता र कार्यकर्तालाई भुलेका छन् कांग्रेस नेताहरुले । सीसाको महलमा बसेका कांग्रेस नेताहरुले अध्यादेशमार्फत् अन्य दल अर्थात् नेकपा कांग्रेस नेताहरुले अध्यादेश मार्फत् अन्य दल अर्थात् नेकपा एमाले तथा जसपा महन्थ ठाकुर पषलाई सजिलो बनाउन २० प्रतिशत ढुङ्गा हान्ने देउवा सरकराले आफ्नो हविगतबारे बुझेका छन् कि छैनन् ?

नेपाली कांग्रेसमाथि पनि धमिरो लागाउन नेकपा एमाले र त्यसका सहयोगी संस्थाहरु लागिरहेका छन् । आफ्नो संगठनको बारेमा ध्यान नदिने, थाहा नपाउने अर्कामाथि आक्रमण गर्ने ? यदि नेपाली कांग्रेसले कुनै पनि वहानामा पार्टीको अधिवेशन महाधिवेशन अब पनि ताकिएको समयमा सम्पन्न गर्न सक्तैन भने नेपाली कांग्रेसको राजनैतिक हैसियत स्वयम् नेतृत्वकर्ताहरुले नै धरातलमा पार्दै छन् ।

मुलुकको राजनीति र आन्दोलनको केन्द्रविन्दुमा रहेको नेपाली कांग्रेस आज किन इतिहासमा मात्रै सीमित हुन खोज्दै छ ? सारा नेपालीले आँखा र कान लगाइरहेको नेपाली कांग्रेसको अधिवेशन यदि जनचाहना अनुरुप सम्पन्न हुन सक्तै भने नेपाली कांग्रेसका वर्तमानका नेतृत्वकर्ताहरुलाई इतिहासले धिक्कार्ने छ । यिनले जति नै वीपीको समाजवादको नेतृत्व, गणेशमान, सुवर्ण र भट्टराईहरुको इतिहास फलाकेर आफ्नो प्रसिद्धि हासिल गर्न जति नै खोजे पनि प्रसिद्धि प्राप्त गर्न सक्ने छैनन् । उनीहरुले इतिहास र जनताबाट धिक्कारी माग्ने छन् ।

वर्तमान परिस्तिि मुलुक दुईतिहाइको कम्युनिस्ट सत्ताबाट पिल्सिरहेको बेलामा नेपाली का.ग्रेस नेतृत्वको सरकारले जनताको आशा, अपेक्षा पूरा गर्न नसके पनि सम्बोधन गरिदिए मात्र पनि पुग्छ । तर नेपाली कांग्रेस नेतृत्वको सरकार त्यही सम्बोधन गर्न नसकेर अलमलमा परिरहेको छ । यदि यस्तै हो भने नेपाली कांग्रेसको साखको प्रश्न जनतामा उठ्दैन भन्ने छैन । यसको पहिलो जवाफ त शेरबहादुर देउवाले दिने नै छन् तर त्यतिले मात्र पुग्ने छैन । शेरबहादुरपछि रामचन्द्र, शेखर, सशांक, प्रकाशमान, बिमलेन्द्र, कृष्ण सिटौलालगायत पनि कारण दिनुपर्ने हुन्छ । जनताले त्यसै छोड्नेवाला छैनन् । जनताको इच्छा र आवाजलाई लुकाएर राख्ने दुस्साहस गर्ने जोसुकैलाई पनि नेपाली जनताले बाँकी राख्नेवाला छैनन् ।

चौधौँ महाधिवेशनको सन्दर्भलाई लिएर क्रियाशील सदस्यता विवाद्सम्बन्धी गतिविधि समाधानका निमित्त गठन गरिएको समिति रमेश लेखक संयोजक हुँदै कृष्ण सिटौलाको संयोजक सेम पुग्नुको कारण के ? यदि स्थानीय तहमा क्रियाशील सदस्यता सम्बन्धमा मात्र विवाद थियो भने यत्रो उच्चस्तरी आयोग गठन गर्नुपर्ने थिएन । त्यसैले सिटौला संयोजक रहेको जुन छानविन समिति गठन गरियो त्यो समयमा अधिवेशन, महाधिवेशन सम्पन्न गर्नको लागि नभई कार्यकर्ताको आँखामा छारो हाल्ने उद्देश्इले गठन गरिएको जस्तो देखिन्छ ।

समितिको तर्फबाट प्रतिवेदन बुझाउने क्रममा दिएका केही अभिव्यक्तिले पनि नेपाली कांग्रेस अझै पनि संगठनभन्दा बढ्ता सत्तामोहमै रहेको देखियो । प्रतिवेदन समितिले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुझाउने क्रममा नेता रमेश लेखकले स्वास्थ्य मापदण्डसँग जोडेर लकाउनको सम्भावनालाई पनि नकार्न नसकिने खालको अभिव्यक्तिले कांग्रेस अझ पनि अधिवेशन सम्पन्न गर्न आलेटालेमै छ भन्ने बुझाउँछ । समितिले प्रतिवेदन बुझाइसकेपछि पनि किन क्रियाशील सदस्यतासम्बन्धी विवाद पारदर्शी रुपमा नटुङ्गिएको भन्दै थप अनसन यथावत रहेको छ । यसको कारण के ? पार्टीका जिल्ला सभापतिहरु समेत थप रिले अनसनमा बसेका छन् ।

यदि यही तरिकाले पार्टी लथालिङ्ग बनाउँदै अगाडि बढ्ने हो भने र समयमा अधिवेशन सम्पन्न गर्ने उद्देश्य होयन भने किन अधिवेशनको मिति तोक्नु ? पार्टीको छानविन समितिले क्रियाशील सदस्यता छानविनसम्बन्धी प्रतिवेदन बुझाउँदै गर्दा सहत्तरमध्ये बयालिस जिल्ला सभापतिहरु विरोध अर्थात् रिले अनसनमा सहभागी हुनु भनेको छानविन समितिले उपयुक्त प्रतिवेदन पेश गर्न नसकेको भन्ने बुझाउँछ । उक्त प्रतिवेदन पश्चात पार्टीभित्रका मतान्तरहरु केही हदसम्म मत्थर भएर जानुपर्नेमा पुनः अन्तरविरोधको चरण उत्कर्षमा जानु भनेको पार्टीको सबैखाले गतिविधिहरुमा शंका उत्पन्न हुने परिस्थिति सिर्जना भएको छ ।

क्रियाशील सदस्यता विवादमा छानविन रसमाधान समिति भन्छ समस्या समाधान भयो तर आम कार्यकर्तालाई थाहा छैन कि क्रियाशील सदस्यता वितरणमा भएको कस्तो किसिमको अनियमितता र पक्षपातपूर्ण व्यवहारको कसरी समाधान गरियो ? त्यसको तथ्याड्ढ आएन भन्ने आम कार्यकर्ताको माग र गुनासो हो । समस्या समाधान भयो र भएन मात्र होइन । कुन समस्याको कसरी समाधान भयो ? त्यसको पुष्टि चाहिएको छ । त्यस्तो मनगढन्ते प्रतिवेदन जो ढाँट्न र ठग्नको निमित्त मात्र तयार पारिएको हो । यसको आम कार्यकर्ताको विरोध छ ।

मुलुकभरि वडाबाट सिफारिस साथ तहगत रुपमा आएका बाहेक मकेलाबाट छिराइएका कति सदस्यको सदस्यता खारेज गरियो ? ती सबै कुराको नियम अनुसार रुजु गर्नको लागि त सम्पूर्ण क्रियाशील सदस्यता केन्द्रीय कार्यालयमा पुगेको हुनुपर्छ तर दाङ जिल्लाका सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणसम्बन्धी कागजातहरु जिल्ला पार्टी कार्यालय दाङमै छन् भने अन्य जिल्लाको पनि त हविगत त्यै होला ?

यस्तो अवस्थामा कसरी सदस्यता वितरणसम्बन्धी घोटाला भएको कार्यको छानविन समितिले कसरी अनुगमन गर्न सक्छ ? त्यसैले पुष्टि के हुन्छ भने कि त नियमन कार्यले पूर्णता पाएको छैन । यदि छैन भने छानविन समिति पनि अनियमितताको मतियार हो । उता पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो सत्ता जोगाएर सरकार विस्तार गर्ने र पार्टी हत्याउने ध्याउन्नमा मात्र छन् । आफ्ना हजुरिया रमेश लेखकलाई क्रियाशील सदस्यता वितरणसम्बन्धी विवादको छानविन गर्ने जिम्मा दिएकाले पनि उनी ढुक्क छन् ।

किनभने रमेश लेखक शब्दजाल बुन्न माहिर नेता हुन्, त्यसभन्दा माथि फेरि कृष्ण सिटोला कुमई बाजेलाई राखेका छन् । जसले सरकार र पार्टीको महाधिवेशनको सन्दर्भमा शेरबहादुरसँग बार्गेनिङ गरिसकेका होलान् ।उता पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालााई आफ्नो पार्टी नेपाली कांग्रेसको महाधिवेशन कसरी निष्पक्षतापूर्वक सम्पन्न गर्न सकिन्छ ? भन्नेभन्दा कतिबेला माधव नेपालको पार्टी निर्वाचन आयोगमा दर्ता हुन्छ र सरकारमा सहभागी गराउन सकिन्छ भन्नेमा मात्र ध्यान छ ।

कोरोना महामारीको संक्रमणसँग लड्दै संगठनलाई पुनर्जागरण गराउँदै राष्ट्रलाई आर्थिक उत्थानको बाटोमा अगाडि बढाउनेतर्फ ध्यान केन्द्रित गरेर सबै गतिविधि सञ्चालन गर्ने अवस्थामा पार्टी कब्जा रणनीतिका साथ सरकार सञ्चालन गर्ने उद्देश्य पार्टी सभापति शेरबहादुर देउवाको देखिएकोले पनि महाधिवेशनसँग सम्बन्ध र आवश्यक सबै गतिविधि निष्पक्षरुपमा सञ्चालन हुनसक्छन् भन्ने विषयमा त्यति विश्वास गर्न सकिँदैन ।

अब त झन माधव नेपालको पार्टी दर्ता भइसक्यो । अब त शेरबहादुरजीको ध्यान पार्टीमा बल्छी हालेर भोकाएका लोभी, पापीहरुलई आफूतिर तानेर सत्ता र संगठन कब्जा गर्ने बलियो नीति बनाएका छन् । हर्दै जानुस्, सरकार अब कसरी विस्तार हुन्छ ! विभिन्न संवैधानिक निकायहरुको कसरी नियुक्ति गरिन्छ ? यस्तै प्रवृत्ति र परिपाटी सञ्चालन हुँदै गए आगामी निर्वाचनमा नेपाली कांग्रेसले आफ्नो साख जोगाउला त ? ओलीको विरुद्धमा गठबन्धनको सहयोगमा सत्ता नेतृत्वमा पुगेका शेरबहादुर पनि ओलीपथमै अग्रसर देखिएका छन् । तर पनि उनी लोकतन्त्रवादी नेता र लोकतन्त्रका रक्षकको रुपमा चिनिन खोज्छन् ।

कोरोना संक्रमणको उपचारमा मुख्य उपचारको रुपमा रहेको अक्सिजनको अझैसम्म मुलुकका सतहत्तरै जिल्लामा पूर्ण रुपमा उपलब्ध हुन सकेको छैन । भ्याक्सिन अझै सर्वसुलभ बन्न र सामान्य नागरिकको पहुँचमा पुग्नुको साटो सीमा पारितर्फ कालोबजारी भइरहेको छ । यस मामलामा सरकार र त्यस सम्बद्ध स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको ठूलो हात छ । कोरोना महामारीका कारण उत्पादन क्षमता न्यून हुनुका साथै आपूर्तिमा अनियमितताका कारण मुलुकमा भ्रष्टाचार बढ्नुको साथै साना उद्योगी व्यवसायीहरु भर पर्नुको साथै टाँट पल्टने अवस्थामा पुगेका छन् ।

उनीहरुको व्यवस्थापन सम्बन्धमा सरकार अझै पनि देखे पनि नदेखेझैँ गर्छ । तर पार्टी कब्जा गर्न उनै प्रधानमन्त्री र उनका आसेपासे क्रियाशील सदस्यता मकेलाबाट छिराएर चोरी गर्न उद्धत छन् । यस्ताबाट सरकार (जनता) र संगठनको भलो हुन्छ ? बहुमतभन्दा बढी जिल्लाका पार्टी सभापतिहरुले नयाँ क्रियाशील सदस्यता छानविन सम्बन्धमा अनियमितता भयो भनेर अन्सन गर्ने अवस्थाको सिज्ृना गर्नु भनेको कुन हदसम्म पेलिएको र अनियमितता भएको रहेछ भन्ने पुष्टि गर्नु हो ।

अर्काको बुइँ चढेर घरभित्रकालाई लाठी हानेर बाहिर निकाल्न खोज्नु भनेको निकृष्टता त्यहँभन्दा तल जाँदैन । शान्तिपूर्ण आन्दोलन र क्रान्तिबाट मुलुक कब्जा गर्न सक्ने क्षमता भएको कांग्रेस आज आफ्नो संगठनको नेतृत्व गर्न अर्कालाई गुहार्नुपर्ने भयो ? समान हेसियत भएका समान कार्यकर्ताहरुलाई काखा र पाखा गर्ने परिपाटीले तेरो र मेरो भन्ने परम्पराको विकास गर्छ । जसले गर्दा संगठनभित्र सधैँ द्वन्द्वात्मक परिस्थिति रहन्छ । यस्ता गतिविधि निरन्तर रहिरहे अब भन्नुस् संगठन बलियो हुन्छ कि कमजोर ? आज ओली र नेपाललाई फुटाएर स्वार्थ सिद्ध गर्नेहरुले पनि बुझ्नु कि भोलि देउवा, पौडेल, कोइरालाहरु पनि विभाजित हुँदैनन् भन्न सकिँदैन ।

त्यसैले संगठनको नेतृत्व आफ्नो हातमा लिन स्वस्थ प्रतिस्पर्धा गर, संगठन निर्माणमा रचनात्मक भूमिका निर्वाह गर, कार्यकर्ता र जनताको समस्या समाधान हुने गरी मुलुकको विकास निर्माणको साख तयार गरेर अगाडि बढ । तिमीले भोट चोर्नै पर्दैन, कार्यकर्ता तिमीलाई नेतृत्व सुम्पन्न आफै आतुर छन् । गर्नुपर्ने रचनात्मक र सुधारात्मक कार्यहरुलाई छोडेर उद्दण्ड र झुण्डलाार्य अगाडि बढाएर मकेलाबाट नाम छिराएर संगठन कब्जा गर्न खोज्नु भनेको आजको युगको उत्सर्गिक सर्मनाक कार्य हो । जसलाई कार्यकर्ताका आँखाले टुलुटुलु हेरिरहेका हुन्छन् । उनीहरुको आत्माले भनिरहेको हुन्छ कि कार्यकर्तालाई दोष दिएर कार्यकर्तालाइृ कब्जामा लिने नीति त अराजकताको पराकाष्ठा हो ।