दासी बन्नेहरुको लहर

भूपेन्द्र सुवेदी

नेपालमा राजनीतिको निकै खडेरी परिसकेको छ । अब नेपालको राष्ट्रिय राजनीतिमा सल्किएको डढेलो नियन्त्रण गर्न सक्ने आँटीलो आफ्नो घर परिवार मिलाएर राख्ने र आफ्नो राष्ट्रियताको संरक्षण र जनता सम्पन्न राष्ट्रिय अखण्डता सार्बभौमसत्ताको रक्षाको लागि नेपाल आमाको तथा मातृभूमिको रक्षाको लागि यो देशमा आज कसैले आफ्नो दायित्व बहन गरेको अबस्था छैन । आफ्नो देशको धर्म संस्कृति, संस्कार र शिक्षामा संस्कारिताको संस्कार नै हराएको छ ।

किनभने हाम्रा नेताहरुको आफ्नै घरको आफै मालिक बनेर राष्ट्र, देशको अस्तित्व जोगाउनुपर्नेमा आ–आफै मिल्न नसकेर र एकले अर्काको नेतृत्व सहनै नसकेर आफ्नै पार्टीलाई जनताले बहुमतमा पुराएर अब राष्ट्र र जनताको पक्षमा काम गर भनेर बामपन्थीहरुलाई बहुमतको अधिकारमा पुराएर पठाएका नेताहरुले जनताको भोटको अपमान गर्दै छँदा–छँदाको बहुमतको सरकार पटक–पटक, बिघटन गर्दै हुँदा हुँदाको आफ्नो अधिकार न्यायालयमा सुम्पिएर परमादेशको सरकारको पुच्छर हल्लाउँदै एकअर्काको बिरुद्धमा बादी प्रतिबादीको रुपमा उत्रिनु भनेको बिदेसीलाई भित्र्याएर उसको ईसारामा चल्नु भनेको बिदेसीको दासी हुनु हो ।

हाम्रा नेताहरुको चरित्र हेर्दा ठ्याक्कै बाँदरको चरित्रसँग मेल खान्छ । किनभने बाँदरको जमातले हरेक ठाउँ कब्जा गर्छ तर कब्जा गरे पनि सञ्चालन वा चलाउन सकेको हुँदैन । जस्तै हजारौँ बाँदरको हुलले सडकका गुड्दा–गुड्दै रोकिएको सवारी साधनलाई कब्जा गरेको मिडियाहरुले देखाएको हुन्छ तर सवारी साधन चलाउन सकेको हुँदैन । यो सबै बिषयको बिज्ञ नहुनु र शिक्षाको कमी कमजोडीका कारण हो आजको नेपालको रानीतिमा आएको बिखण्डन र अन्योल ।

आपसमा मेलमिलापको आदर्श र सद्भाब नहुनु, बिगतदेखिको राजनीतिक सैैद्धान्तिक पक्षमा जसरी अग्रज पूर्खाहरुले निर्माण गरेको नीति सिद्धान्तलाई ख्याल ख्यालैमा परिवर्तनको नाममा पार्टीको गरिमा र नैतिकताप्रति खेलवाड गर्दा–गर्दै नेपालका राजनीतिक दलहरु सबैले आ–आफ्नो राजनीति प्रणालीको हत्या गर्दै आफूखुसी अध्यादेश ल्याएर राजनीति पार्टीमा ठूलो गल्ती गर्दै आएका छन् ।

अब त अलि नीति र सिद्धान्त मान्नुपर्छ, धर्म–संस्कार मान्नुपर्छ, सबैसँग सद्भाब र मान–मर्यादा राख्नुपर्छ, स्वच्छ मनले समाजमा निस्वार्थरुपमा सामाजिक काममा लाग्नुपर्छ भन्ने जमातले नै आजका नेपालका छिन्न–भिन्न लथालिंग भएका दलहरुको पछि अब लाग्न हुन्न भन्ने गुनासो र जिज्ञासा राख्दै आएको पाइन्छ ।

आज नेपालमा राजनीति गर्ने नेताहरु एमसीसी पक्षधरहरुले नेपाललाई पनि अफगानिस्तानको हालतमा हेरेर पनि बुझेनन् भने जनताले राम्ररी बुझाउनेछन् । अब नेताहरुको बेलैमा बुद्धि पलाओस्, २ खर्बौ डलर खर्चगर्दा अफगानिस्थानको हालत यस्तो देखियो । जाबो ५५ करोड डलरले देश कायपलट हुन्छ भन्ने जो–कोही पागलहरुले जेजे भने तापनि देशप्रेमी नेपाली नागरिक सबै भ्रममा नपरौ । देशको धर्म र संस्कृति बेच्नैको लागि लागेका नेपालमा खाओबादी देश र धर्म सांस्कृतिक स्वाधिनता बचाउनको लागि लडेका तालिवानहरु, राष्ट्र प्रमुखहरु घरभित्रै बसेर बिदाई भए ।

एमसीसी पास गर्ने नेताहरु अफगानिस्थानको राष्ट्रपतिको जस्तै देश छाडेर भाग्नुपर्नै अबस्था हुन्छ । यो आम नागरिकहरुले सबै बुझिसकेको अवस्था छ । अब हामी हाम्रो देशका मिडिया, नेपाली जनता, अफगानिस्थानको समाचार लेखिराखेका छम तर आफ्नै देशका आँखाले दिमागले, हातखुट्टाले, आफैलाई सञ्चालन गर्न असमर्थ भएका बुढा नेताले बिदेसीको ईसारामा बिभिन्न बहाना गर्दै नेपालको ढुकुटी मात्र होइन नेपालनको स्वाधिनता नै खाईसके, अझै तैचुप मैचुप छन् ।

आज यदि एमसीसीको कारण अबगानिस्थानको यो हालत भएको छ तर हाम्रा नेता भने २४ घण्टा एमसीसी, एमसीसीभन्दै अझ एमसीसीको चाबी मेरो हातमा छ भन्दै पो हिन्दैछन् । ए नेपालका होनहार राष्ट्रका कर्णधार युवा जमात ! उठौँ अनी जगो किन यस्तो मतिको लागि मौन बसेका छौ ? अबको राजनीति नेतृत्व नयाँ युवा शक्तिको जिम्मा लगाउन आतुर छन् नेपाली जनता हारथाक भएका छन् ।

नेपालका बामपन्थी शक्तिमध्यका तत्कालको एमाले, माओबदी दुबै पार्टी एक भयौँ भनेर नेपालका सोझा सिधा जनताको अगाडि उभिएर अब नेपालको कयापलट गर्छौ, स्वीजरल्याण्डको अबस्थामा पुराएर बिकास गर्नेछौ भन्ने बिभिन्न झुठो आश्वासन दिँदै दुई पार्टी एक भएर नेकपा बनेको नाटक गरेर बामपन्थीको बहुमतको सरकारमा जनताले भोट दिएर सरकार चलाउने आदेश दिय ।

५ बर्षको लागि भनेर पठाएको सरकार आपसमा मिल्नै नसकेर ३ बर्षमै बहुमतको सरकारको संसद बिघटन गरी जनताको भोटको अपहेलना गर्ने नेतृत्वलाई अब जनताले पाखा लगाउनैपर्छ । पाँचै बर्ष प्रतिपक्षमा बसेर सरकाको गतिविधिमाथि निगरानी गर, सचेत बनाउ र यो सरकारभन्दा प्रतिपक्षको भूमिका राम्रो रह्यो भन्ने गर भनेर प्रतिपक्षमा रहने आदेश जनताले दिइसकेको प्रतिपक्ष पार्टी जनताको आदेशलाई अपहेलना गर्दै किन सर्बाेच्चको परमादेशमा धोकेबाज पार्टीहरुको बुई चढेर सरकारमा किन जानुपरेको होला ? प्रतिपक्षले पनि जनताको भोटको अपहेलना गरेको नेतृत्वलाई किन सधै यस्ता धोकेबाजको झोले बनेको हौला ?

अब त ए नेपाली युवा ! बिज्ञ जमात हो कति देशको आर्थिक ब्यबस्था चुसेर खोक्रो बनाएको टुलुटुलु हेर्छौ ? देश गैसक्यो इतिहास बनिसकेका बुढा नेताहरुलाई आजीबन घरैमा नजरबन्द गर र युवाशक्तिले राष्ट्रको जिम्मा दिनुपर्दछ । र यी सधै बिदेसीको अटन खटनमा चल्ने नेताहलाई बरु देश लुटेको पैसा छ भने जाऊ अब बुढाबुढी भएर तिम्रा हितैसी मित्र अमेरीकन पादरीहरुका हनिमुन मनाउन पठाउ र दोस्रो पुस्ताले नेपालको बिग्रियको राजनीति संस्कार सुधार र देशको बिकासको लागि नयाँ युवा बिज्ञहरुलाई साथ लिएर स्वदेशमै बनेका छन् हेलीकोप्टर, मोटरगाडी, कलकारखाना चलाउन सक्ने मिसिन ।

स्वदेशमै उत्पादन भएको जडिबुटीबाट घरेलु उपचारको माध्यमले स्वदेशमै स्वस्थ्य उपचारको बिधि अपनाउँदै नेपालको दैनिकरुपमा औषधि उपचारमा बाहिरिने रकम स्वदेशमै स्थापित गरौँ । गरे के हुँदैन ? को शिक्षाअघि सारौँ र बिगतदेखि रहेको नेपाल सरकारलाई बुझाउनुपर्ने कर को–को संस्था कम्पनीसँग रहेको छ ? यो तुरुन्त असुल गरौ र अनियमितता गरेको सरकारमा रहेका नेता तथा अन्य पक्षसँग पनि बक्यौता रकम असुल गर्ने हो भने कुनै माइकलाल एमसीसी चाहिँदैन ।

नेपाल आफै सक्षम छ अब युवा जमातले देशको जिम्मा लिनुको बिकल्पै छैन । युवाहरु अब बिदेशमा होइन स्वदेशमै काम गर्ने बाताबरण तयार पारौँ हैन भने युवाभरी बाहिर जाने हो भने यो देशको हालत देखिहालियो भोली कसको हातमा पर्ने हो ? मातृभूमिको रक्षाका लागि सबै युवा एक हौँ, पार्टी–पार्टीहरुको उदांगो नाच देखिहालियो अब आफै सचेत रहनुको बिकल्प छैन ।