सुर्खेत,७ भदौ । भेरीगंगा जेसीजको आयोजना तथा रेरी बाँकेको र रोटरी नेपाल साक्षरता अभियानको सहयोगमा नमूुना जेसीज गाँउ धनुबासमा ५६ घर परिवारलाई सौर्य बत्ती र अतिबिपन्न ३२ घर परिवारलाई खाद्यन्न सामाग्री सहयोग गरिएको छ ।
‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मुल नाराको साथ रेरी बाँकेको र रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ नेपाल–भुटानको सहयोगमा भेरीगंगा जेसीज २०२१ को समन्वयमा उक्त सामाग्री वितरण गरेको रेरी बाँकेका कार्यक्रम संयोजक मनोज पौडेलले जानकारी दिएका छन् । उनका अनुसार रेरी बाँकले कोरोना भाइरसका समस्यामा परेका विभिन्न परिवारलगायत अतिविपन्न परिवारलाई खाद्यान्न तथा अस्पतालहरुमा स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ ।

भेरीगंगा जेसीज वर्ष २०२१का अध्यक्ष रामु सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ नेपाल–भुटानका डिस्ट्रिक गभर्नरका सन्तोष रिजालको प्रमुख अतिथि र रेरी बाँकेका अध्यक्ष पुनितविक्रम शाहको विशिष्ट अतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रमको संयोजन नेपाल जेसीजका पूर्व कार्यकारी उपाध्यक्ष तथा रोटरी दाङका पूर्व अध्यक्ष तीर्थ पौडेलले गरेका थिए । कार्यक्रममा भेरीगंगा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष तथा भेरीगंगा जेसीजका महासचिव नवराज कार्की, रेरी बाँके, रोटरी डिस्ट्रिक ३२९२ तथा भेरीगंगा जेसीजका पदाधिकारीलगायतको उपस्थीति रहेको थियो ।