‘म पनि पढ्न जान्छु’ बालकविता सङ्ग्रहको समीक्षा

दाङ,३० साउन । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १७९ औं श्रृङखलामा साहित्यकार एवं पत्रकार शरद अधिकारीद्वारा लिखित ‘म पनि पढ्न जान्छु’ बालकविता सङ्ग्रहको समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार एवं समालोचक डा अमर गिरीको प्रमुख आतिथ्यता तथा परिषद्का केन्द्रीय अध्यक्ष पुरूषोत्तम खनालको विशिष्ट आतिथ्यमा भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीले ‘म पनि पढ्न जान्छुू’ बालकविता सङ्ग्रहको समीक्षा गरेका थिए । सो पुस्तकका लेखक शरद अधिकारीले पुस्तक लेखनका बारेमा आफना धारणा राखेका थिए ।

कार्यक्रममा सल्लाहकार डा लोकराज पराजुली, प्रगतिशील लेखक संघ दाङका अध्यक्ष भुवन देवकोटा शरद साहित्यकाररू डा हिमलाल पन्थी, देवेन्द्र रिजाल, कमलमणि देवकोटा, गिरीराज पन्थी, शुभाष न्योपाने, गोपाल भुषाल अभिलाषी, स्वर्णशिखा, बसन्त वली बसन्ती लगाएतको उपस्थिति रहेको थियो ।

उक्त समीक्षा कार्यक्रममा ूम पनि पढ्न जान्छुू बालकविता सङ्ग्रहको समीक्षा गर्ने अवसर परिषद् जिल्ला शाखा दाङलाई प्रदान गरेकोमा साहित्यकार शरद अधिकारीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण परिषद् जिल्ला शाखा दाङका सचिव प्रकाश केसीले गरेका थिए ।