Goraksha

National Daily

कविता : हरियाली श्रावण

पौराणिक ग्रन्थ महिमा श्रावण
हरियाली, खुशी ,मङ्गलमय
देवका पनि देव महादेव
शङ्करको अर्चना
पुजा , पाठ , उपवास ध्यान उस्तै
रङ्गिनताको माहोल रङ्गमय त्यस्तै ।।

रातो साडीमा लरक्क फुलबुट्टे
हरियो चुराले छिङ्छिङ धुनमय
वर्षायाम कै वर्षा महत्वपूर्ण
दही चिउरा र खीर कै महत्व पहिलो सूचीमा
मौनताको मौन खुल्छ हिलाम्मय परिवेशमा
धान रोप्दा त्यी सशक्त आनन्दमा ।।

महिमामा रम्ने छन् महिला उत्कृष्ट
जगमगाउने छन् फुल फुल्ने बोटविरूवा
चाडपर्वको सुरुवाती सात्विक महिना
नाग पञ्चमी सङ्गै छाउने छन्
हर्ष र उमङ्गाका नयाँ खुड्किला
श्रावणदेखि नयाँ कार्यको सुनौलो क्षणमा।

लुकामारी गर्ने त्यी बादलका दृश्य
घामपानीमा मग्न त्यी यौवने तृष्णा
व्याख्या नै कमि रहला कताकता
साडी,नारी ,हराभरा र उपवास माझ
मौलिकतामा रमेको समाजको कथा
उच्च शिर र गौरवमय इतिहास सच्चा ।।

टुक्रिने छैन यो आस्था र भरोसा
लोप हुनबाट बच्ने छ
सां स्कृ तिक परम्परा
लुकिछुपि गर्ने त्यी झुल्के घाम
बादलुसँग मग्न हुने छन् सूर्यका किरण
छावस् हरियाली श्रावण सबै माझ
जपी बोल बम र हर हर महादेव
हर हर महादेव मन्त्र ।।

समिप आचार्य
✍यात्री