भालुवाङमा निशुल्क निःशुल्क आँखा उपचार सुरु

तिर्थराज ज्ञवाली
भालुवाङ,२९ साउन । राप्ती गाउँपालिका वडा नं १ को कार्यालमा हरेक महिनाको अन्तिम शनिवार निःशुल्क आँखा उपचार सुरु भएको छ ।

लमही स्थीत नेपाल नेत्रजोती संघ लमही आँखा अस्पताल र राप्ती गाउँपालिकाको सहकार्यमा निःशुल्क आँखा उपचार सुरु गर्ने सहमति भए अनुसार बिशेषज्ञसहितको आँखा उपचार गरिने ब्यवस्था मिलाईएको वडा नं १ का वडा अध्यक्ष तारा बहादुर डिसीले जानकारी दिएका छन् ।

हरेक महिनाको अन्तिम शनिबार निःशुल्क आँखा उपचार सेवा सञ्चालन हुन गइरहेको लेबेलैमा आँखा का बिरामी हरुले सम्पर्क गरी उपचार गराउन वडा अध्यक्ष तारा बहादुर डिसीले सबैमा अनुरोध गरेका छन् ।

महिनाको अन्तिम शनिवार उपलध हुने सेवाहरुमा आँखा जाँच, चस्मा जाँच, चस्मा तथा औषधि, माइनर अप्रेसन तथा अन्य सेवा हरुरहेको बताईएको छ ।
यो सावन महिनाको अन्तिम शनिवार यहि ३० गते परेकोले आँखा का बिरामी हरुले वडा नं १ का कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।