गुरुप्रसाद शर्मा रेग्मी
विशुद्ध व्यवहरा भएको मानिसको विचारमा शुद्धता हुन्छ । त्यही व्यवहार र विचारको शुद्धताले मानिसलाई उच्चता र अमरता प्रदान गर्दछ । यो कुरा प्रचीन इतिहासको पाना–पानामा देख्न सकिन्छ । उच्चता र अमरता पाएर हाम्रो मनमस्तिष्कमा अहिलेसम्म पनि जीवित रहेका छन् । जीवनलाई सार्थक बनाउन विचार र व्यवहारमा शुद्धता बनाउनै पर्दछ । जब कुनै मानिस कुनै व्यक्तिको सम्पर्कमा आउँछ त्यतिबेला प्भाव पार्ने मानिसको व्यवहार नै हुन्छ ।
व्यक्रिको भेषभुषा, आकृति, उसको बोलीचालीको तरिकाले नै सम्पर्कमा आएको व्यक्तिलाई प्रभाव पार्दछ । खानपानको स्वभाव, रहनसहनको तौरतरिका, स्वभाव, आचार, विचार यी सबै कुरा पछिमात्र जानकारीमा आउँछ । मानिसको व्यक्तित्वको पहिलो परिचय नै उसको व्यवहार हो । त्यसैले भनिएको हुनुपर्छ – व्यवहार नै मानिसको आन्तरिक स्थितिको विज्ञापन हो । देख्दा सभ्य, सौम्य देखिन आकृति बढी शान्त र सरल देखिने तर कसैले उनीसँग सम्पर्क ग¥यो भने उसको बोली वचनले सबै कुरा ज्ञात हुन्छ । उसको व्यवहारमा सगुणता सामेल नभएर दुर्गुणस्तर सामेल भएकोले उसको असहज मन, अशिष्ठ र दुव्र्यवहार देखापर्दछ ।
यसरी मानिसको कुसंस्कारी मनले आफ्नो व्यवहारबाट उसको परिचय दिइरहेको हुन्छ । त्यो प्रभाव अन्त्यसम्म रहिरहन्छ । त्यसका राम्रा प्रभावकारी कुरालाई पनि भूमिगत गरिदिएको हुन्छ । यसतो कुसंस्कारी व्यवहार भएका मानिस खोज्न कहीँ जानुपर्दैन । यही देशका विभिन्न दलका नेताहरुलाई हेरे पुग्छ । वास्तवमा मानिसले आफ्नो जीवन सफल र सार्थक बनाउन आफ्नो व्यवहार आदर्श रुपमा प्रकट गराउन सक्नु पर्दछ । शिष्टता र शालीनतालाई सत्व्यवहारको प्राण भन्ने गरिन्छ । व्यक्तिको व्यवहारमा शिष्टता र शालीनता जस्ता कुरा भए भने मात्र व्यक्ति कति सुसंस्कारी रहेछ भन्ने जानकारी हुन्छ । तर मानिसले आत्मीयता देखाउने र आफूलाई अरुभन्दा सभ्य र भव्य भएको देखाउनको लागि आफ्नो बडप्पन देखाउने विद्वत्ता र धनाढ्य भएको देखाउने, अरुलाई आmूभन्दा तलको भएको देखाउने दम्भी र अहंकारीको आचरण गर्दछन् ।
त्यस्ता मानिसमा र शालीनता हुन्छ न तिनीहरुबाट सम्मानपूर्ण व्यवहार नै हुन्छ । शिष्टताको अर्थ हुन्छ हरेक मानिस साथ सम्मानपूर्ण व्यवहार गर्नु र शालीनताको अर्थ हुन्छ, प्रत्येक मानिसका साथ स्नेह र आत्मीयता देखाउनु हो । हुन त स्नेह र आत्मीयता जसले पनि देखान खोजेको हुन्छ तर त्यो अभिव्यक्तिको स्तर असहज हुन्छ । यदि मानिस सिद्धान्त र ठोस दृढताले गर्दा कठोर या असहज हुन्छ भने त्यसलाई असहज भन्न मिल्दैन । यदि निहित स्वार्थपूर्तिको लागि कठोरता र असहजता प्रदर्शन गर्दछ भने त्यो वास्तवमा असहज हो ।
आफ्नो लागि या अरुको लागि कसको लागि कठोरता र असहजता देखाइरहेको छ ? त्यसैले उसको व्यवहारको निरुपण गर्दछ । शिष्टताको साथ शान्तिपूर्वक बोल्ने र आवेशग्रस्त नहुने स्वभाव पनि व्यावहारिक सुन्दरताको आभूषण हो । त्यसकारण सिद्धान्तमा दृढ रहने मानिसको पनि स्वभावमा कठोरता र कटुता हुनुहुँदैन । कटुता र दृढता अलग–अलग कित्ताका विषयवस्तु हुन् । यदि कसैले यिनमा सन्तुलन गराउन खोज्नु नै अनुदार हुनजान्छ ।
दृढताको अर्थ हुन्छ । आफ्नो सिद्धान्त र मर्यादामा अडिक रहने निष्ठा हो । महात्मा गान्धीको एउटा घटनाको उल्लेख सान्दर्भिक हुने देखर उल्लेख गर्ने प्रयास गरेको छु । अध्ययनको क्रममा लन्डनमा रहेको बेला गान्धीको सहपाठी साथीहरुले एउटो भोजको आयोजना गरे । त्यसमा गान्धीलाई पनि आमन्त्रण गरेका थिए । त्यो भोजमा गान्धी गए तर त्यस भोजमा रक्सी र गोमांश पनि थियो । त्यो खानलाई प्रमाणहरु दिएर साथीहरुले निकै आग्रह गरे । प्रारम्भमा यी कुरा खाँदैन भने प्रश्नमाथि प्रश्न थनि लागेपछि हाँसी–हाँसी भने – हेर्नुस यी दुई कुरा खाने छैन भनेर मैले मेरी आमालाई वचन दिएको छु ।
त्यही वचन पालना गर्न मैले खाँदैन भनेको हुँ भनेपछि साथीहरुले अग्रह गर्न सकेनन् । उनको लागि अन्य खाद्यवस्तुको व्यवस्था गरिएको थियो । यसरी गान्धीले आफ्नो सिद्धान्त र मर्यादाको सुरक्षाको लागि आफ्नो व्यवहारको उत्कृष्टतालाई कसरी प्रदर्शन गरे । मानिसको व्यवहार आन्तरिक भावनासँग संयुक्त हुनु पर्दछ । यदि आफ्नो अन्तस्करणमा सद्भावना, विनम्रभाव, स्नेह, प्रेह सौजन्य उत्पन्न भयो भने स्वतः राम्रो व्यवहार बन्दछ । वर्तमानको समय र परिवत्र्य परिस्थितिमा शुद्ध व्यवहार खोज्न टर्च नै बाल्नु पर्दछ ।
किन यस्तो दूरावस्था हुन गयो भने आजको मानिस पूर्ण रुपमा व्यावसायिक र व्यापारिक हुन गएको छ । त्यसमा मूल्य, मान्यता, आदर्श र नैतिकता भन्ने कुरा लोप भएजस्तो छ । दुष्ट मित्रका कुरा छाडौँ घरकै श्रीमती र छोराछोरीको माया पाउन पनि भुक्तानी गर्नुपर्ने वर्तमानको अवस्था छ । जीवनलाई सफल र सार्थक बनाउनको लागि व्यावहारिक शुद्धता बनाउन पहिले आत्मिक शुद्धता भयो र व्यापारिक जोड–घटाउको दलदलबाट बच्न सकियो भने नै जन्म सार्थक हुनु हो ।