खेमराज रिजाल
विजौरी, २४ साउन । केही समय अघि सन्चालनमा आएको विजौरी—सुगुरखोला—दहवन सडक बर्षातको मौसममा अवरुद्ध भएपछि त्यस सडकलाइ सुचारु गर्न सर्वपक्षिय चासो देखिएको छ । विजौरी उद्योग वाणिज्यसंघले आयोजना गरेको सर्वदलिय÷सर्वपक्षिय छलफलका सहभागीहरुले सो सडक तत्काल सन्चालनमा ल्याउन रोल्पाको रुम्टिगढि गाउपालिका र तुलसीपुर उपमहानगरपालिकाले सामुहिक रुपमा पहल गर्नुपर्ने बताएका छन् ।
विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा शनीवार उद्योग वाणिज्यसंघकै सभाहलमा आयोजित छलफल कार्यक्रममा प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिका—१९ का अध्यक्ष राम वहादुर योगीले विजौरी दहवन सडक सन्चालनमा आफुले अर्थपुर्ण पहल गर्ने अभिव्यक्ति दिए । ‘हामीलेनै यो सडक खुलाउनुपर्छ भनेर विसं २०५४ शालमै पहल सुरु गरेका थियौं, त्यसकैलागी विजौरीबाट कुटिचौर सम्म सडकको ट्र¥याक खोलिएको थियो’, अध्यक्ष योगीले भने, त्यसकै कारण अहिले विजौरीदेखि दहवन सम्म कामचलाउ सडक निर्माण भएको हो ।
यो सडकमा तत्कालकालागी सन्चालन गर्नेगरी एउटा योजना बनाउने र दिर्घकालिन रुपमा सडकको स्तरबृद्धिकालागी दाङ जिल्ला र रोल्पा जिल्लाले सामुहिक पहल गर्नुपर्ने पनि उनको अभिव्यक्ति थियो । दहवनबाट विजौरी हुंदै जलकुण्डि जोडिएपछि सो सडकले सतवरीयामा पुर्वपश्चिम राजमार्गलाइ समेत जोड्ने छ । यो पुर्वपश्चिम राजमार्ग र सहिद मार्गलाइ जोड्ने सवैभन्दा छोटो सडक पनि हुने छ । दहवनबाट विजौरीको दुरी करीव २८ किमि मात्र छ । सुगुरखोला भन्दा माथि ग्वारखोलाका दुइ स्थानमा पुल वा अस्थाइ रुपमा हाललाइ कल्भर्ट मात्रै बनाउन सकेपनि सो सडक वाह्रै महिना सन्चालनमा आउन सक्ने छ । जुन सडक वाह्रै महिना सन्चालनमा आएको अवस्थामा रोल्पाको रुम्टीगढिका दुइवटा वडा संगै होलेरी र स्वर्गद्धारी पनि यहि सडकबाट आवागमन गर्न सहज हुने बताइएको छ ।
छलफल कार्यक्रममा ती स्थानमा तत्कालकालागी कल्भर्ट निर्माण गरेरै पनि सडक यातायात सन्चालनकालागी प्राविधिकबाट सर्वे गराउने र सानो बजेटमा काम हुन सक्ने भएमा तुलसीपुर र रुम्टिगढि गाउपालिकाबाटै निर्माण गर्ने अन्यथा थप सहयोगकालागी केन्द्र र प्रदेश सरकारलाइ सहयोगकालागी अनुरोध गर्ने पनि सहमती भएको विजौरी उद्योग वाणिज्यसंघका अध्यक्ष प्रेमनाथ योगीले बताएका छन् । उनले यो सडकलाइ सुचारु गर्न सके रोल्पाको दक्षिणि क्षेत्र तथा दाङ जिल्लाको विजौरी र मानपुर समेतको व्यापार व्यवसायमा चहलपहल बढ्ने अपेक्षा गरे ।
विजौरी उद्योग वाणिज्यसंघका सदस्य प्रेम विकको स्वागत मन्तव्यबाट सुरु भएको छलफल कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका स्टोर प्रमुख मस्त वहादुर थापा, नेपाली कांग्रेसका हिम वहादुर डांगी, नेकपा एमालेका टोपेन्द्र केसी, माओवादी केन्द्रका राम वहादुर दहित(अन्जान), अधिकारकर्मि केशव कुमार शर्मा, डिल्ली वहादुर रावत, स्थानियबासीहरु अमरराज बस्नेत, भरत केसी, एमालेका डिल्ली पुन, स्थानिय सुरेन्द्र रोका, नन्दराम रोका, विजौरी उवासंघका पुर्व अध्यक्ष कमानसिंह खड्का लगायतले अआफ्नो धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण विजौरी उद्योग वाणिज्यसंघका महासचिव विदुर गौतमले गरेका थिए ।