स्वाधीनता र पराधीनता

गुरुप्रसाद शर्मा रेग्मी

सामान्यतया यो संसारमा जन्म लिएका अधिकांश मानिसहरु के सोच्दछन् ? धन, सम्पत्ति प्रशस्त भएका मानिस स्वाधीन हुन्छन् । धन सम्पत्ति नभएर विपन्न भएका मानिस पराधीन हुन्छन् । पैसा भए ऐस हुन्छ भन्ने मान्यताका अनुयायीहरुले के बुझ्न सकेका हुँदैनन् भने ुन कुरा मानिससँग जति बढी हुन्छ त्यो कुराको अभावले खट्किरहनुपरेको हुन्छ । सयले हजार, हजारले लाख पु¥याउने तृष्णाले पिरोलिरहेको हुन्छ ।

यस्तरी अकूत रुपमा जम्मा भएको धन सम्पत्तिले आसुरी प्रवृत्तिलाई बढाइदिने गर्दछ । साधु, सन्त, गृहस्त, पण्डित, ब्राह्मण, मूर्ख, क्षत्री, वैश्य, सूद्र सबका सब हाँ पैसा हाँ पैसा भनेर पागल भइरहेका छन् । मानिसभन्दा पैसा ठूलो होइन । के आजसम्म पैसाले कसैलाई अजम्बरी बनाउन सकेको छ ? यदि मानिससँग धन सम्पत्ति पर्याप्त भयो भने ऊ स्वाधीन हुन्छ भन्ने गरिन्छ । तर, स्वाधीन कहाँ हुन्छ ? ऊ त पूर्णरुपले पैसाको अधीन हुन्छ । तर, सम्पन्नताले उसलाई स्वाधीनताको अनुभूति गराइदिएको हुन्छ ।

तर, वास्तवमा ऊ पनि एउटा धनसम्पत्ति नभएको गरिब मानिस पराधीन भएझैँ पराधीन हुन्छ । यदि सम्पन्न भएर पनि पराधीनताको अनुभव गर्दछ भने त्यो वास्तवमा स्वाधीनता हो । जबसम्म प्रकृतिबाट उत्पन्न भएका पदार्थहरु पैसा धन शरीर आदि आउने र जाने कुरा हुन् । यदि मानिसलाई यसको चाहना भइरहन्छ भने त्यो पराधीन हुन्छ ।

शरीर इन्द्रीयहरुको अधीन हुँदैन भने अवश्य पनि त्यो मानिस स्वाधीन हुन्छ । मानिसले यही पैसा र धनसम्पत्तिको लागि झुट, कपट, बेइमानी, जालसाजी, हत्या, हिंसा, अपराध गर्ने गर्दछ । नष्ट हुने शरीरलाई तेरो र मेरो भनेर झगडा गर्दछ । यो शरीरमा मनिसको अधिपत्य हुँदैन । हुने भए बूढो नहुने, बिरामी नहुने, मर्न नदिने गराउन सक्दैनौा भने मेरो भन्नुको के अर्थ भयो ?

अतः यो शरीरबाट जेजति लाभ लिन सकिन्छ लिने र आफ्नो उद्धार र कल्याण गर्ने गर्न सकिन्छ । शरीरको उद्धार हुन्छ अहमता र ममताको त्यागले । किनभने संसारमा उत्पन्न भएका सबै वस्तु केवल त्यागको लागि हो । अरुको सेवा गर्नको लागि प्राप्त भएको हो । आफ्नो लागि होइन भन्ने कुरालाई जसले आत्मसात गर्दछ उसको लागि नमर्ने डर हुन्छ न मुक्तिको चाहना नै हुन्छ । मानिस तृष्णा तथा कामनारहित भएमा उसको लागि दरिद्रताको अंश पनि रहँदैन । यदि यसो नभएमा दरिद्रता झन बढेर जान्छ ।

सम्पन्नताले मानिसलाई अभिमानी बनाउँदछ । आफूभन्दा कमजोर विपन्न गरिब माथि दया, माया, सहानुभूति हुँदैन । त्यसैले गरिबको धनीप्रति आस्था र निष्ठामा औपचारिकता मात्र प्रदर्शन हुने गर्दछ । धनीलाई पैसाले सुख, शन्ति दिन सक्दैन । यदि दिने भए विकसित देशका इसाई धर्मावलम्बीहरु सुख, शान्ति र आनन्दको लागि आफ्नो धर्म छाडेर लाखौँ मानिस सनातन धर्म स्वीकारेर त्यही अनुसार आफ्नो जीवन चलाएर सन्तुष्ट र अनन्दित हुनसकेका छन् ।

मानिसले आफूले कमाएको पैसाले म ठूलो मान्छे भए भन्दछन् तर उसलाई पैसाले ठूलो मान्छे बनाएको स्वीकार्न चाहँदैन । यो देशमा राजनीतिक दलका नेताहरुलाई जनप्रतिनिधि भन्नु उपहास गर्नु हो । अवश्य पनि विगतका नेता जनप्रतिनिधि थिए, जनतामा आस्था र निष्ठा पनि थियो । तर परिवर्तनका नेताहरु जनप्रतिनिधि नभएर पैसा प्रतिनिधि बन्न गएका छन् ।

त्यसैले उनीहरुप्रति जनताको आस्था र निष्ठा नभएकाले नेताको सभामा मानिस जुटाउन लाखौँ खर्च गरेर यातायातको व्यवस्था गर्नुपरेको छ । यसैले पैसाको नेता भएको पुष्टि हुन्छ । वर्तमान समयमा कोही देशको जननेता बन्न सकेनन्, केवल झोलेको खोले बनेका छन् ।

अहमता र ममता बढाएर स्वयम् मानिसले अशान्ति र दुःख उत्पन्न गराएका हुन्छन्, जति अहमता र ममता बढी हुन्छ । यो शरीर र संसारका आफूलाई प्राप्त भएका वस्तुहरुलाई अरुको सेवामा लगाउने हो भने सदुपयोग हुन्छ । यदि आफ्नो लागि आवश्यकताभन्दा बढी उपयोग गर्ने हो भने त्यो दुरुपयोग हुन्छ । त्यही दुरुपयोगको दण्ड भोग्नुपर्दा दुःख, कष्ट र अशान्ति हुन्छ । जे कुरा पनि जीवनमा जान्नुपर्ने र मान्नुपर्ने हुन्छ ।

मानेर मात्र हुँदैन, त्यसको सत्य तथ्य पनि जान्नु पर्दछ । अनि मात्र तत्व ज्ञान हुन्छ । मानिसको स्वभाव कस्तो हुन्छ भने जुन कुरामा पनि पैसा खर्च गरेको छ भने त्यसको बी मान्यता राख्ने गर्दछ । जस्तो पैसा खर्च गरेर बद्री केदार जगन्नाथ गंगासागर गयो भने त्यसको मुक्ति र स्वर्ग प्राप्तिको लागि बढी महत्व हुने तर पैसा खर्च नगरेर आफ्नै घरआँगनको वरिपरिका ऐतिहासिक र प्रतिष्ठित मठमन्दिरको महत्व नहुने भएकाले टाढाको सिद्ध नजिकको गिद्ध भनेको हुनु पर्दछ । यी सबै वस्तुगत र मनोगत कुराले स्वाधीनता र पराधीनताको बीचको अन्तरसम्बन्ध देखाएर भौतिकतामा लिप्त मानिस पराधीन हुन्छ ।

आध्यात्मिकतामा लिप्त मानिस स्वाधीन हुन्छ भन्ने कुराको यथार्थतालाई उल्लेख गरेको हो । म मेरो परिवार, इष्टमित्र भनेर प्रभूत्व देखाउनेको लागि कोरोनाले यथार्थता देखाइदिएको छ । छोरा, छोरी, श्रीमती, बन्धुबान्धवको लागि कोरोनाले अछूतजस्तो बनाइदिर्एको छ । न नजिक पर्न सक्ने न दागबत्ती दिन पाउने स्थितिले ईश्वर बाहेक आफ्नो कोही रहेनछ, तेरो र मेरो भनेर ताण्डवज नृत्य गर्नु व्यर्थ रहेछ ।