ज्योतिपुञ्ज विद्यालयमा मोवाइल एप्स
दाङ,२४ फागुन । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले आफ्नो सम्पूर्ण गतिविधिहरु सार्वजनिक गर्नका लागि मोवाइल एप्स सेवा सुरु गरेको छ ।
विद्यालयले आज शनिबार एक कार्यव्रmमको आयोजना गरी आफ्नो अभिभावकहरुको माझ एप्सको सुरुवात गरेको हो । एप्स बारे जानकारी दिन आयोजीत कार्यव्रmममा अभिभावकहरुलाई समूह समूहमा विभाजन गरी उनीहरुलाई विद्यालयको मोबाइल एप्स संचालन गर्ने तरिका बारे अभिमूखिकरण गरिएको थियो ।
विद्यालयले संचालनमा ल्याएको मोबाइल एप्सबाट अव अभिभावकहरुले आफ्ना छोराछोरीहरुको तिर्नुपर्ने र तिरेको शूल्क थाहा पाउन,भुक्तानी गर्न,गृहकार्य तथा कक्षाकार्यको बारेमा थाहा पाउन,विभिन्न परीक्षाहरुको समय तालिका र नतिजा थाहा पाउन,विद्यालयले जारी गरेका विभिन्न सूचनाहरुको बारेमा जानकार हुन,विद्यालयमा संचालन हुने विभिन्न कार्यव्रmमहरुको फोटो तथा भिडियोहरु हेर्न,विद्यार्थीहरुको दैनिक हाजिरी विवरण थाहा पाउन,विद्यालयको बसको लोकेसनको विषयमा थाहा पाउन,विद्यार्थीलाई दिइएको व्यक्तिगत पृष्ठपोषण र अभिभावकहरुले आफ्ना छोराछोरीहरुको बारेमा विद्यालय प्रशासनलाई दिने सुझावहरु समेत आफ्नो मोबाइलबाट जानकारी पाउनेछन् । आयोजीत कार्यव्रmममा विद्यालयले अभिभावकलाई उनीहरुहरुको युजर नेम र पासवर्ड समेत उपलव्ध गराएको थियो ।
तिन वर्ष अघिदेखि नयाँ व्यवस्थापनका साथ संचालनमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय भरतपुर दाङले पठनपाठनका लागि शूल्क फिर्ता कार्यव्रmम,पठन पाठनमा मल्टिमिडियाको प्रयोग,मासिक परीक्षा संचालन,नियमित योग,संस्कार,मेडिटेसन कार्यव्रmम संचालन,मासिक अभिभावक शिक्षा र अन्तरकृया संचालन,पिएचआर कार्यव्रmमको संचालन,सबै कक्षाहरुको पठन पानठनलाई सि।सि। क्यामेराबाट अबलोकन,विद्यालयको गुणस्तर मापन र वृद्धिका लागि वाह्य परीक्षाहरुको संचालन,तोकिएको संख्यामा सिमित संख्या मात्र कक्षाकोठामा राखिने,आकर्षक छात्रवृत्तिका कार्यव्रmमहरु,विद्यार्थी संख्यामा भन्दा भर्ना भएका विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा केन्द्रित रहेर कार्यव्रmमहरु संचालन गर्दै आइरहेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युबराज थपलियाको अध्यक्षतामा भएको कार्यव्रmममा विद्यालयले आगामी शैक्षिक वर्षदेखि संचालन गर्न थालेका विशेष कार्ययोजनाहरुको बारेमा संस्थाका प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी गराउनुभएको थियो । कार्यव्रmममा ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय प्रा।लि।का अध्यक्ष हेमराज शर्मा,संचालकहरु माधब खनाल र शालिकराम खनाल,विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारी,सहायक प्रिन्सिपल पूर्णचन्द्र पाण्डेय,अभिभावकहरु गणेश पौडेल,गिरिराज शर्मा,टिका वली,जनार्दन पौडेल लगाएतकाले बोल्नुभएको थियो ।
कार्यव्रmममा बोल्ने वक्ताहरुले अभिभावक,विद्यार्थी र विद्यालय बिचको त्रिकोणात्मक सम्बन्धले मात्र शिक्षामा गुणस्तरीयता आउनेमा जोड दिएका थिए । कार्यव्रmमको सहजिकरण विद्यालयका कोर्डिनेटर तुल्सी शर्माले गर्नुभएको थियो ।
