Goraksha

National Daily

ज्येष्ठ नागरिकलाई हर्लिक्स दिएर सम्मान

दाङ । घोराही उपमहानगरपालिकाले जेष्ठ नागरिकलाई सम्मान गरेको छ। ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा घोराही उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाले घोराहीका २० जना ज्येष्ठ नागरिकलाई हर्लिक्स दिएर सम्मान गरेको हो।

ज्येष्ठ नागरिकलाई पौष्टिक आहारका रूपमा हर्लिक्स, एकहजार रुपैयाँ नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो। घोराही उपमहानगरपालिकाका १९ वडाका एक जना र घोराही उपमहानगरपालिका वडा नं. १५ मा रहेको दिवा सेवा केन्द्रबाट एक जना गरी २० जना ज्येष्ठ नागरिकलाई घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरी र उपप्रमुख सीता न्यौपाने सिग्देलले सम्मान गरेका थिए।

सम्मान कार्यक्रममा बोल्दै घोराही उप महानगरपालिका नगर प्रमुख चौधरीले ज्येष्ठले पुर्‍याएको योगदानको सम्मानस्वरुप उपमहानगरपालिकाले सम्मान गरेको बताए। ‘समाज र देशका लागि ज्येष्ठ नागरिकको ठूलो योगदान छ’, उनले भने, ‘घर, समाज र देशका लागि योगदान पुर्‍याउने नागरिकलाई सम्मान आवश्यक छ।’ उनले ज्येष्ठ नागरिकलाई घरपरिवारसँगै बस्ने वातावरणको विकास लागि सबैले लाग्नुपर्ने बताएका थिए।