लमहीमा मानवअधिकार संरक्षणका सवालमा छलफल
दाङ,२४ फागुन । एमनेस्टी इन्टरनेशनल लमही युथ नेटवर्कको आयोजनामा मानवअधिकार संरक्षणमा युवाको भुमिका विषयक अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम शनिवार लमहीमा सम्मपन्न भएको छ ।
लमही युथ नेटवर्कका संयोजक सुदीप भण्डारीको अध्यक्षता तथा एमनेस्टी इन्टरनेशनल नेपालका केन्द्रीय उपमहासचिव विपिन वुढाथोकीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमम बोल्दै प्रमुख अतिथि बुढाथोकीले मानवअधिकारको संरक्षणको सवालमा युवाहरुको महत्वपुर्ण भुमिका रहेने बताए ।
बक्ताहरुले मानवअधिकारको विश्वव्यापी घोषणा पत्रमा उल्लेखित सम्पूर्ण अधिकार आफुले उपभोग गदै अरुको अधिकार संरक्षणमा समेत चासो दिनु पर्ने उनको भनाइ रहेको थियो ।
त्यस अवसरमा सहभागिहरुलाई युवा र मानव अधिकारका सवाल, संक्रमणकालिन न्याय विषय, आप्रवासी श्रमिकको अधिकार, जलवायु परिवर्तनका कारणले मानव अधिकारमा हुने असर, अभिव्यक्ति स्वतन्त्रता राज्यले लगाउन खोजेको अङकुस लगायतका विषयमा जानकारी गराइएको थियो ।
कार्यक्रममा नागरिक समाज दाङका उपसंयोजक निमवहादुर थापा, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष लिला शाह, सामुदायिक रेडियो प्रसारक संघका प्रदेश नं ५ का अध्यक्ष केपी घिमिरे, एमनेस्टी इन्टरनेशनल नेपाल गु्रप ६६ दाङका संयोजक मोहनसिंह सुनार, ग्रुपका सहसचिव पुर्णविक्रम डाँगी, महिला मानवअधिकार रक्षक सञ्चालका जिल्ला कोषाध्यक्ष चुमा आचार्य, प्रिथु टेकनिकल कलेजका उप प्राध्यापक लालवहादुर क्षेत्री, कृषि क्याम्पस युथ नेटवर्क लमजुङका संयोजक धनश्याम केसी, एनवाइसिएन दाङ संयोजक आरती अर्याल, टिमनेपोका उपसंयोजक प्रकास पण्डितलगायतकाले बोलेका थिए ।
शिव न्यौपानेको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण कृपा अधिकारीले गरेकी थिइन ।
