दाङ,१६ साउन । ग्रिष्मा गिरीले लिटिल मिस दाङ २०२१ को उपाधी जितेकी छन् । शनिवार घोराहीमा सम्पन्न भएको लिटिल मिस एण्ड मिस्टर दाङको फाइनलमा गिरीले उपाधी जितेकी हुन ।
प्रतियोगितामा सुप्रीया पोख्रेल फस्ट रनर अप र आकृति बुढा मगर सेकेन्ड रनर अप भइन् । जुनियर लिटिल मिसको ताज खुशी आचार्यले जितिन् । चाइल्ड आइकन अवार्ड मोनिता देवकोटाले जितिन् । त्यसैगरी लिटिल मिस्टर दाङ २०२१को उपाधी दिप्सन गिरीले जितेका छन् ।
प्रतियोगितामा सुशान्त पुन मगर फस्ट रनर अप र अयुब बुढाथोकी सेकेन्ड रनर अप भएका छन् । बालबालिकाहरुको सिर्जनात्मक विकासमा टेवा पुर्याउने उद्देश्यले पहल नेपाल र उत्सर्ग फिल्मस् नेपालले आयोजना गरेको लिटिल मिस एण्ड मिस्टर दाङको कोरियोग्राफर रिचा बुढाथोकीले गरेकी थिइन् ।
कार्यक्रम निर्देशक केएल बुढाथोकीको अध्यक्षतामा सम्पन्न फाइनल कार्यक्रममा प्रमुख अतिथि निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बलिभद्र रानाले यस कार्यक्रमले बालबालिकाहरुको क्षमता विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरेका थिए ।
त्यसैगरी विशिष्ट अतिथी दाङ जिल्ला बाणिज्य संघका सहकोषाध्यक्ष राज रानाले लिटिल मिस एण्ड मिस्टर दाङले बालबालिकाहरुलाई मंच प्रदान गरेर उनीहरुलाई प्रतिभा उजागर गर्ने अवसर दिएको चर्चा गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य केशरमान बुढाथोकी, उज्यालो बिहानी फाउन्डेसनका अध्यक्ष डा रोदन महरालगायतका वक्ताहरुले मन्त्यव्य व्यक्त गरेका थिए । कार्यक्रम उपनिर्देशक पाण्डवप्रसाद शर्माले सहजीकरण गरेको प्रतियोगितामा संचारकर्मीद्वय नरेन्द्र केसी र रोशनी मल्ल निर्णायकमा रहेका थिए ।