ज्ञानु गौतम
रुकुम,१६ साउन । चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले भौतिक पूर्वाधारले अबको शैक्षिक विकासमा टेवा पुग्ने बताएका छन् । चौरजहारी नगरपालिका वडा नं. ८ मा रहेको नवनिर्मित श्री कालिका आभारभुत विद्यालयको ४ कोठे भवनको एक कार्यक्रमकाबीच उद्घाटन गर्दै नगर प्रमुख शर्माले यस्तो बताएका हुन ।
शिक्षा, स्वास्थ्य तथा जनताका आधारभूत आवश्यकतासंग जोडिएका विषयलाई नगरले उच्च प्राथमिकतामा राखेको समेत बताए । आधारभूत विद्यालय नै भविष्यका देशका कर्णधार जन्माउने स्थान भएकाले शैक्षिक गुणस्तर सुधार गर्न लगानी हुनुपर्नेमा उनको जोड थियो । विद्यालयको शैक्षिक तथा भौतिक विकासमा नगरपालिका सधै तत्पर रहेको नगर प्रमुख शर्माको भनाई थियो ।
नगरले प्रविधिमा आधारित शिक्षालाई प्राथमिकता दिएको बताउदै, शिक्षक, ब्यवस्थापन समिति, अभिभावकले शैक्षिक तथा भौतिक गुणस्तरमा ध्यान दिन जरुरी भएको नगर प्रमुख शर्माले बताए । शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समिति सबैको सहकार्य र ऐक्यवद्धता हुनु आवश्यक रहेको नगर प्रमुख शर्माको भनाई थियो ।
यस्तै कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले यो ऐतिहासिक दिनले यस क्षेत्रका वालवालिकाको भविष्य सुदृढ हुनेमा विश्वस्त हुन सकिने अवस्था आएको बताए । नगरपालिकाले थालेको टिनका छानामुक्त विधालय बनाउने अभियानमा हातेमलो गर्ने सबैलाई धन्यबाद दिदै प्रमुख प्रशासकीय अधिकृत केसीले विद्यालयलाई सबै पक्षको सहयोगले मात्रै परिणाममुखी काम गर्न सकिने बताएका थिए ।
कार्यक्रकमा बोल्ले अधिकांस बक्ताहरुले नगरपालिकाले गरेका कामको उच्च प्रशंसा गरेका थिए । शिक्षा प्रेमि एवम् नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का केन्द्रिय सल्लाकार सदस्य कर्णबहादुर घर्तिले नगरपालिकालेकाले नसोचेका काम गरेको भन्दै जनताका पक्षमा धेरै राम्रो काम गरेको भन्दै प्रशंसा गरे । यस्तै नेकपा एमालेकि नेतृ कल्याणी खडकाले सबै सहि निति र कानुनलाई मान्दै अगाडि बढ्नुपर्ने उल्लेख गरिन ।
नगरपालिका जनताको हितहुने, जनताको पक्षमा ऐन, कानुन बनाएर अगाडि बढेको र सफल भएको भन्दै खडकाले नेतृत्वलाई धन्यबाद दिएकी थिइन । ‘नगरपालिकाले सबै क्षेत्रमा राम्रोकाम गरेको छ अझै राम्रो गर्दै जाहोस म खुलेर प्रशंसा गर्दछु’–उनले भनिन् । उपभोक्ता समिति मार्फत निर्माण गरिएको ४ कोठे भवन २३ लाख रुपैयाँमा निर्माण गरिएको हो । कार्यक्रममा नरपालिकाका जनप्रतिनिधि, बिभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजसेवी, बुद्धिजिवि, वडावासिको उल्लेख्य सहभागिता रहेको थियो ।