पूर्वमन्त्री गिरीद्धारा तुलसीपुर डान्स स्कुलको उदघाटन

कृष्ण अधिकारी
दाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिपक गिरीले तुलसीपुर डान्स स्कुलको उदघाटन गरेका छन् । शनिवार एक कार्यक्रमकाविच नेता गिरीले तुलसीपुर डान्स स्कुलको उदघाटन गरेका हुन ।

तुलसीपुर डान्स स्कुलको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता गिरीले मानिसभित्र रहेको कलालाई बाहिर ल्याउन डास्न स्कुलले सहयोग पु¥याउने बताएका थिए ।
कला माध्यमबाट आफूलाई मात्र नभएर देशको गौरभ हुने काम समेत गर्न सकिने नेता गिरीको भनाई थियो ।

तुलसीपुरमा डान्समा चासो राख्ने युवाहरुका लागि डान्स प्रशिक्षणको रुपमा तुलसीपुर डान्स स्कुल सञ्चालन ल्याएको हो । तुलसीपुर डान्स स्कुलको सञ्चालक समिति पनि चयन गरिएको छ । जसको अध्यक्षमा जागेश्वर वली, उपाध्यक्ष नविन वली, कोषाध्यक्षमा एस.वि. वली रहेका छन् । सदस्यहरुमा प्रकाश केसी, मदन मुस्कान, एचआर मगर, अर्जुन रोका मगर, सुरेश केसी, विष्णु सुनार रहेका छन् ।

यसैगरी सल्लाहकारहरुमा सनोद थापा, दिपेश गुप्ता रहेका छन् भने प्रेस सल्लाहकारमा कृष्ण अधिकारी चयन भएका छन् । सो अवसरमा तुलसीपुर डान्स स्कुलको कोरोना अवधिभरको भाडा घरवेटी महालक्ष्मी अफसेट प्रेसका प्रोपाइटर समेत रहेका सालिकराम बस्नेतले करिब ३० हजार छुट गरेको घोषणा गरेका थिए ।