सुशील बस्नेत
तुलसीपुर,९ साउन । उच्च अदालत बार एशोसियशन तुलसीपुरको अधिबेशन सम्पन्न भएको छ । २ बर्षे कार्यकालका लागि शनिबार सम्पन्न अधिबेशनले पुष्कर बहादुर भण्डारीको अध्यक्षतामा ११ सदस्यीय नँया कार्यसमिति चयन गरेको छ ।
निर्वाचन समितिका संयोजक अधिबक्ता मोहनप्रसाद धितालका अनुशार उपाध्यक्षमा सुनिल धिताल,सचिवमा मधुसुदन गौतम,कोषाध्यक्षमा प्रकाश रेग्मी र्निबिरोध निर्वाचित भएका छन् ।
सदस्यमा बिष्णुमणि धिताल, प्रबिण लम्साल, बिनु श्रेष्ठ, गोर्कण खत्री, श्रीराम चौधरी, भागवत रेग्मी सदस्यमा र्निविरोध निर्वाचित भएका छन् । एक जना सदस्य पछि थप गरिने निर्वाचन कमिटिका संयोजक धितालले बताएका छन् । १ जना महिला सहित ३१ जना मतदाता रहेको उच्च अदालत बार एशोसियसन तुलसीपुरले जनाएको छ ।